Logo

अस्मितालाई श्रीमती र छोरी भएका गणेशले पारेका थिए झुटो प्रेममा, काठमाडौवाट दैलेख बोलाएर‘…..



 

काठमाडौ । दाहसंस्कार भएपछि पहिचान खुलेकी युवतीको घटना विवाहको विवादका कारण भएको खुलेको छ । गुराँस गाउँपालिका(५ गोगनपानीको भैरीखोलामा भदौ १५ गते फेला परेको युवती २२ वर्षीया अस्मिता बोगटी भएको खुलेको छ । तीजमा घर आउँछु भनेकी छोरी घर नआएपछि उनको खोजी थालिएको थियो ।

नारायण नगरपालिका९१० भवानीकी २२ वर्षीया अस्मिता बोगटी घरेलु कामदारका रुपमा काठमाडौमा बस्थिन । करिब ५ वर्ष देखि काठमाडौमा बस्दै आएकी अस्मिताको प्रेम गाउँकै गणेश विक संग भएको खुलेको छ । उनले आफु विवाहित भएको र छोराछोरी पनि छन् भनेपछि उनीहरुबीच विवाद भएको थियो ।

घटनामा संलग्न भएको अभियोगमा प्रहरीले गुराँस गाउँपालिका(५ गोगनपानीका २१ वर्षीय गणेश विकलाई पक्राउ गरिएको छ ।
गएको भदौ १४ गते राति १० बजेतिर अस्मिताको मृत्यु भएको खुलेको छ । गणेश घटनामा संलग्न भएको अभियोगमा पक्राउ गरी अनुसन्धान थाल्दा अन्य कुरा खुलेका हुन् ।

अस्मिता पाँच वर्षदेखि काठमाण्डौमा घरायसी कामदारका रूपमा काम गर्दै आएकी थिइन् । प्रहरीसमक्ष गणेशले अस्मितालाई आफू विवाहित रहेको र आफ्नो एक छोरी समेत भएको बताएपछि विवाद भएको र अस्मिता खोलामा हा म फा ले को बयान दिँदै आएका थिए ।

अस्मिताको श व घटनाको भोलिपल्ट भदौ १५ गते बिहान बिउराखेत नजिक भैरीखोलामा भेटिएको थियो । त्यसबेला पहिचान नखुलेको कारण भदौ १९ गते पोष्टमार्टम गरी नारायण नगरपालिका–८ झुप्रेसाल जङ्गलमा प्रहरीले श व ब्यवस्थापन गरेको थियो ।

अस्मिताले काम गर्दै आएको घरबाट भदौ २८ गते दैलेखमा फोन गरे पछि उनी घरका लागि हिँडेको थाहा भएको थियो । आमा युवतीको आमा छोरी हराएको भन्दै दैलेख स्थित प्रहरी कार्यालयमा खोजीका लागि जाँदा प्रहरीले आफुहरुले श व ब्यवस्थापन गरिसकेको युवतीको फोटो देखाएका थिए ।

उनले फोटो हेरेर आफ्नो छोरी भएको बताएकी थिइन् । काठमाण्डौबाट दैलेख हिँडेकी अस्मिता घर नपुगेको थाहा पाएपछि प्रहरीले तर्ताङ्मा गा डे को श वको फोटोसँग दाज्दा उनको पहिचान खुलेको हो ।

अस्मिताको मोबाइलको नम्बरमार्फत कल डिटेल जाँच गर्दा गरिएको कल डिटेल्सको आधारमा गणेश विक नै घटनामा संलग्न भएको खुलेको हो । प्रहरीले भदौ १४ गते अस्मिता र गणेशबीच १२ पटक कल भएको फेला पारेको थियो ।

भदौ १४ गते पनि बिहान सुर्खेतबाट बस चढेर माथिल्लो डुङ्गेश्वर बजारमा झरेर गणेशलाई भेटी विवाह गर्ने सल्लाहमै उसको घर जान हिँडेको बेला उनलाई गणेशले साइड लगाएको खुलेको हो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता