काठमाडौको गेष्ट हाउसमा एक पुरुष र एक किशोर मृ त भेटिए

काठमाडौं । काठमाडौं र ताप्लेजुङमा तीनजना मृ त अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका–१६ माछापोखरी बसन्तनगरस्थित गेष्ट हाउसको कोठामा सोही महानगरपालिका–१६ बोहोटार बस्ने नुवाकोट बिदुर नगरपालिका–१० घर भएकी ५५ वर्षीया संतुमाया डंगोल मृ त अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौं महानगरपालिका–१५ स्वयम्भूस्थित कोठामा ललितपुर महाकाल गाउँपालिका–४ स्थित गुम्बामा पढ्न बसेका मकवानपुर राक्सिराङ गाउँपालिका–३ घर भएका १६ वर्षीय पेलसाङ लामा मृ त अवस्थामा फेला परेका प्रहीले जनाएको छ ।
ताप्लेजुङ, मेरिङदेन गाउँपालिका–१ महबुङस्थित मैवाखोलाको बगरमा सोही गाउँपालिका–२ बस्ने ५१ वर्षीय टेकबहादुर लिम्बु मृ त अवस्थामा फेला परेका छन् ।