Logo

यस्ता ब्यक्तिहरु दशैं तिहारमा सरासर घर जान पाउने छैनन्, हेर्नुस् के हो नियम  ?



 

काठमाडौ । अब हिन्दुहरुको चाड पर्व सुरु भएको छ । दसैँ–तिहार तथा छठजस्ता ठुला चाडपर्व सुरु हुन लाग्दा बसपार्क र विमास्थलहरुमा यात्रुको भिड हुने गर्छ । यातायातका साधनहरुले दर्शै बुकिगं टिकट पनि सुरु गरिसकेका छन् । गत वर्ष चाडपत्र मान्न नपाएकाहरु पनि यो वर्ष कोभिडको अवस्था घटेसंगै चाड मनाउन पाउने भएका छन् । चाडपर्व नजिकिएसँगै विदेशबाट नेपालीहरू धमाधम स्वदेश फर्किन थालेका छन् ।

असोज लागेसँगै विदेशबाट आउने नेपालीहरूको सङ्ख्या निकै बढेको त्रिभुवन विमानस्थल, अध्यागमन विभागले जनाएको छ । अध्यागमनका अनुसार ४ दिनमै १० हजार नेपाली घर फर्केका छन् ।

नेपाल आउने यात्रुहरूका लागि अध्यागमन विभागले ७२ घण्टाभित्र गरेको पीसीआर रिपोर्ट र पूर्ण डोज खोप लगाएको प्रमाणपत्र अनिर्वाय गरेको छ । अन्यथा नेपाल आएर पनि सरासर घर जान पाउने छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो व्यवस्था अनुसार स्वदेशी तथा विदेशी जोकोही आगन्तुकले नेपाल प्रवेश गर्न ७२ घण्टा भित्रको पीसीआर रिर्पोट र पूर्ण डोजको खोप लगाएको प्रमाण ल्याउनुपर्ने ब्यवस्था छ ।

अन्यथा आगन्तुकले १० दिनसम्म होटल क्वारेन्टिन अनिवार्य बस्नुपर्ने छ । त्यसका लागि विमानस्थलमै हेल्थ डेक्स बनाइएको छ । जो नेपाल आउन चाहन्छ ः उसले ७२ घण्टाभित्र गरेको पीसीआर रिपोर्टका साथमा पूर्ण भ्याक्सिनेटको प्रमाण पेस गर्नुपर्छ । त्यसो नगरेकाहरुलाई विमानस्थलवाटै क्वारेन्टिनमा पठाउने ब्यवस्था पनि गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता