संघुवासभा घटनाको खुल्यो बास्तविकता : मुख्य योजनाकार नै अर्कै ब्यक्ति रहेछन्, यि ४ जनालाई गर्यो प्रहरीले सार्वजनिक

काठमाडौ । घटना भएको धेरै दिन पछि संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको शव फेला परेको घटनामा मुख्य ब्यक्ति नै लोकबहादुर नभएर अरु नै भएको खुलेको । घटनामा संलग्न भएको अभियोगमा लोकबहादुर बाहेक अन्य ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । लोकबहादुरले दिएको बयानका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
भदौ २६ मा प्रहरीले २५ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो । अनुसन्धानबाट अरुको पनि संलग्नता खुलेपछि प्रहरीले थप ४ जनालाई पक्रेर सोमबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा लोकबहादुरका बुवा, भाई र अन्य दुई काका पनि छन् ।
पक्राउ पर्नेमा ४७ वर्षीय खड्ग बहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्त बहादुर कार्की, ४९ वर्षीय रण बहादुर कार्की र १७ वर्षीय नरेश कार्की छन् रहेको प्रहरीले जनाएको छ । लोकबहादुर सहित ५ जना मिलेर घटना गराएको अनुसन्धानबाट खुले पछि उनीहरुलाई पक्राउ गरिएको हो ।
लोकबहादुरका काका खड्ग बहादुर घटनाको मुख्य योजनाकार रहेको दावी प्रहरीले गरेको छ । भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको शव फेला परेको थियो ।
लोकबहादुरको घरमा बसेर काका सहित सबै जनाले घटनाको योजना बनाएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । तेजबहादुर खेताला बोलाउन आएको बेलामा घटना गराउने योजना उनीहरुको पहिल्यै देखि थियो अनुसन्धानमा संलग्न प्रहरीले भने ।