Logo

सङ्खुवासभाको घट्नाले लियो नयाँ मोड, ४ जना पक्राउ



सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा छ जनाको घट्नामा सं’लग्न रहेको आरोपमा प्रहरीले लोकबहादुर कार्कीका भाइ नरेश कार्कीसहित अन्य चार जनालाई अनुसन्धानमा तानिएको छ ।

एकै परिवारका छ जनाको घट्ना भएको सो घटनामा सं’लग्न रहेको आरोपमा अनुसन्धानका लागि चार जनालाई तानिएको प्रदेश नं। १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो । घटनामा अन्य व्यक्तिको समेत सं’लग्नता भएको आ’शङकामा अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

उहाँका अनुसार सो घटनामा सं’लग्न रहेको आरोपमा स्थानीयवासी लोकबहादुर कार्कीलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ । नियन्त्रणमा लिएको अन्य चार जनामाथि प्रहरीले अनुसन्धान थालेको प्रवक्ता प्रहरी उपरीक्षक राईले बताउनुभयो । मृतक रञ्जना कार्कीको हराएको मोबाइल प्रहरीले गत शुक्रबार फेला पारेपछि अनुसन्धान टोली पुनः घटनास्थल केन्द्रमा पुगेको प्रवक्ता राईको भनाइ छ ।

घटनाबारे थप प्रमाण फेला परेपछि सङ्घीय एकाइ प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक ९एसपी० भीम दाहालको नेतृत्वमा प्रदेश नं १ प्रहरी कार्यालयका प्रहरीसहित छ जनाको टोली घटनास्थल पुगेर पुनः अनुसन्धान गरिरहेको प्रवक्ता राईले जानकारी दिनुभयो ।

गत भदौ २१ गते बिहान उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर, उहाँकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको ह’ ‘त्या भएको थियो । लोकबहादुरले छ जनाको ह’ ‘त्या गरेको बताइएको छ ।

लोकबहादुरको बयानका आधारमा उनका भाइ नरेशलाई नियन्त्रणमा लिएको थियो । घट्नामा सं’लग्न भएको आ’रो’पमा पक्राउ परेका लोकबहादुर र नरेशको बयानका आधारमा अन्य चार जना माथिसमेत प्रहरीले अनुसन्धान थालेका प्रवक्ता राईले बताउनुभयो ।

सङ्खुवासभा प्रहरीले घटनाको सातौँ दिनपछि अभियुक्त लोकबहादुर कार्कीलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको थियो । रञ्जनाको मोबाइल घटना भएको बिहानदेखि नै हराएको थियो । सो मोबाइल लोकबहादुरको घरमा फेला पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता