Logo

के एमसिसीको बिरोध गर्दा पुण्य गौतम पक्राउ परेका हुन्रु किन छन् हिरासतमा ?



पुण्य गौतम हिरासतमा छन् । उनले आफूलाई प्रहरीले एमसिसीको बिरोध गर्दा पक्राउ परेको बताएका छन् । उनले बिभिन्न युट्युव च्यानलमा आवद्ध ब्यक्तिहरु लिएर हिड्ने र जुनसुकै बिषयमा पनि आफ्नो बिचार राख्ने गरेका छन् । उनले पनि आफूलाई सामाजिक अभियन्ता दावी गर्दै आएका छन् ।

पछिल्लो समयमा भने आफूलाई सामाजिक अभियन्ता बताउँदै आएका पुण्य गौतम प्रहरी हिरा(सतमा अनशन बसिरहेको समाचार आएको छ । उनी भदौ २७ मा पक्राउ परेका थिए । गौतमलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको थियो । गौतमले त्यहीँ अनसन थालेका हुन् ।

एमसिसीकी उपाध्यक्षको नेपाल भ्रमण ताका उनी नयाँ बानेश्वरमा भएको बिरोध प्रदर्शनमा भाग लिन गएका थिए । त्यहाँ अभियन्ता भन्दै युट्युवमा अन्तवार्ता दिँदै गरेका थिए । त्यसै समयमा गौतमलाई प्रहरीले अमेरिकी परियोजना एमसिसिको बिरोध गरेको आरोपमा बानेश्वरबाट पक्रेको थियो ।

प्रहरीले उनलाई सार्वजनिक हित विरुद्ध मु द्दामा हिरा(सतमा राखेको हो । गौतमले हिरासतमा अनसन बसेको तथ्य भने प्रहरीद्धारा सार्वजनिक गरिएको छैन । महानगरीय प्रहरी परिसर काठमाडौंले पुण्य गौतम अनसन बसेको समाचारको पुष्टी गर्न भने चाहेन । त्यसैले यो उनका सहयोगीहरुको दावी मात्र पनि हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता