Logo

पोखरामा सिमान्त गुरु भन्नेको कार्यक्रममा प्रहरीको छापा ! रोगी निको पार्दीन्छु हेरेरै भन्दै लाखौं ठगी भिडियो सहीत



पोखरा,फागुन २८ । पोखरामा सीमान्त गुरु भन्नेको कार्यक्रममा प्रहरीले छापा मारेको छ । पोखरामा छोएर नै रोगीलाई निको पार्दीन्छु भन्दै लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनलाई पक्राउ गरी हाजिर हुनेगरी छाडेको छ ।

विरामीलाई निको पार्ने भन्दै एक लाख २३ हजार रुपैयाँ उठाएका थिए । प्रहरीले उक्त रकम जफत गर्दै थप अनुसन्धान प्रक्रियालाई अघि बढाएको छ ।

हेरेर वा छोएर विरामी निको पार्ने भन्दै पोखरामा अवैद्य शिविर संचालन गरेका व्यवसायी तथा पोखरा उद्योग वाणिज्य संघका सदस्य भरत केसीलाई हाजिर जवानीमा छाडिएको हो ।

पोखरा महानगरपालिका १७ स्थित पावर हाउस रिसोर्टमा शिविर संचालन गर्दैै विरामीबाट एक हजार रुपैयाँका दरले असुल गर्ने गरेका थिए । झापाका भरत भण्डारी उर्फ सीमान्त गुरुले छोएर र हेरेर नै निको पार्ने भन्दै पोखरामा अस्पताल संचालन गर्दै आएका केसीले पोखरा ल्याएका थिए ।

सहायक जिल्ला अधिकारी गुरुदत्त ढकालले नियन्त्रणमा लिएका केसीलाई बिहिबार कार्यालय समयमा हाजिर हुनेगरी छाडिएको जानकारी दिए ।भिडियो सहीत :-

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता