Logo

ललितपुरमा ढल खन्दा फेला पर्यो यस्तो अंशु वर्माको शिलालेख, त्यसमा लेखेको लेखवाट अनुसन्धानकर्ता अचम्म



 

काठमाडौ । ललितपुरमा ढल खन्ने क्रममा अंशु वर्माको पालाको शिलालेख फेला परेको छ । पुरातत्व विभागले यसवाट केही नयाँ तथ्य खुल्न सक्ने जनाएको छ । दुई दिन अघि पुष ५ गते ललितपुरको पाटन दरबार, भीमसेन मन्दिर अगाडि ढल खन्ने क्रममा लिच्छविकालीन शिलालेख भेटिएको हो ।

१५ पङ्क्तिको अभिलेख राजा अंशुवर्माकालीन भएको हुनसक्ने पुरातत्व विभागले प्रारम्भिक अनुसन्धानवाट बताएको छ । शिलालेख लिच्छवि लिपि र प्रौढ संस्कृत भाषामा लेखिएको छ। यसको शिरोभागमा दायाँबायाँ श्रावक मृग र बीचमा गुडेको धर्मचक्र चिह्न देख्न सकिन्छ । सो शिलालेख अहिले पुरातत्व विभागले आफ्नो संरक्षणमा राखेको छ ।

शिलालेखको लम्बाइ झण्डै ६ फिट भएको पुरातत्त्व विभागले पठाएको अनुसन्धान टोलीका लिपिविज्ञ तथा विभागका पूर्व उपसचिव श्यामसुन्दर राजवंशीले जानकारी दिए। तर त्यसमा के लेखिएको हो भन्ने पुरा अध्ययन गर्न बाँकी रहेको पनि उनले बताएका छन् । त्यहाँ अंशुवर्माको नाम देखिन्छ। यसमा राजा वृषदेवले बनाएको विहारको उल्लेख अहिलेसम्म पाइएको रोचक तथ्य हो।”

शिलालेखको अन्तिम पङ्क्तिमा भने दूतक कुमारामात्य चन्द्रजीवको नाम छ। ३२ वर्षअघि गोकर्णको बालुवा गाउँमा पनि संवत् ५३६ द्वितीय पुसको अभिलेख भेटिएको थियो। यस शिलालेखमा भने संवत् ५३६ जेष्ठ उल्लेख छ। यी दुई शिलालेखलाई दाँजेर त्यस वेलाका धेरै ऐतिहासिक कुरा पत्ता लगाउन सकिने लिपिविद् राजवंशीले बताए।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता