Logo

७० वर्षको उमेरमा यी महिलाले जन्माइन् पहिलो सन्तान



 

एजेन्सी । भारतको गुजरातकी एक महिलाले ७० वर्षको उमेरमा पहिलो सन्तानलाई जन्म दिएकी छिन् । गुजरातको कुच जिल्लाकी ती महिलाले इन भिट्रो फर्टिलाइजेसन(आइभीएफ)  विधिबाट बच्चालाई जन्म दिएकी हुन् ।

रापर तालुका भन्ने ठाउँँको मोरा गाउँ निवासी जिबुबेन बलाभाइ रबारी र उनका पति ७५ वर्षीय बल्जीभाइ रबारीले ४५ वर्षअघि बिहे गरेका थिए । बिहेपछि सन्तान नभएपछि उनीहरुले अनेकौँ उपचार गरे । कसै गरेपनि उनीहरुको सन्तान भएन ।

वृद्ध उमेरमा आएर उनीहरुले आइभीएफ विधिबाट सन्तान जन्माउने योजना डाक्टरलाई सुनाए । यो उमेरमा गर्भवती भएर जोखिम नमोल्न डाक्टरहरुले जिबुबेनलाई सम्झाए । तर रबारी दम्पती सन्तानका लागि निकै लालायित थिए । उनीहरुले डाक्टरको सल्लाह मानेनन् ।

त्यसपछि चिकित्सकहरूले औषधि दिएर जिबुबेनको रोकिएको महिनावारी नियमित बनाए । रबारी दम्पतीको बच्चा जन्माउने कार्यमा संलग्न स्त्री रोग विशेषज्ञ डा।नरेश भानुशालीले भने–वृद्ध उमेरका कारण साँघुरिएको गर्भाशयलाई हामीले फराकिलो बनाउने काम गर्‍यौँ । अनि अण्ड निशेचन गराइ ब्लास्टोसिस्ट तयार गरी गर्भाशयमा राख्यौँ ।’

२ हप्तापछि सोनोग्राफी गरेर हेर्दा ७० वर्षीय जिबुबेनको गर्भाशयमा भ्रुण विकसित भएको पाइएको डा।भानुशालीले बताए । त्यसपछि डाक्टरहरुले नियमति निगरानी गरिरहे । उनमा कुनै समस्या देखिएन । वृद्ध अवस्थामा देखिएको उच्च रक्तचापको समस्याका कारण चिकित्सकहरुले ८ महिनामै शल्यक्रिया गरी बच्चालाई जन्म दिए । जिबुबेनले गत महिना पहिलो सन्तान जन्म दिएकी हुन् । बच्चा जन्मिएपछि आमा र बच्चा दुवैको स्वास्थ्य सामान्य रहेको चिकित्सकले बताएका छन् ।

टाइम्स अफ इन्डियाबाट

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता