Logo

यि ब्यक्तिलाई पर्यो ५ करोडको चिट्ठा, आफ्ना लागि एक रुपैया खर्च नगरी फेरी भए भिखारी



एजेन्सी । अष्ट्रेलियामा एक व्यक्ति रातारात करोडपति बने। उनलाई ५ करोड रुपैयाको भिट्ठा परेको थियो । तर उनले यो पैसाको कुनै उपयोग गरेनन्। बरु, उनले यस्तो काम गरे जसले सबैलाई चकित बनायो। त्यसैले जानौं कि अचानक करोडपति बन्ने यो व्यक्तिले करोडौं रुपैयाँ के गरेरु

ुमिरर युकेु का अनुसार, अष्ट्रेलियाली मानिस पिटर चार्लेटनले ट्याट्स लोट्टो लटरी जिते। उनले लटरीमा ५ करोड रुपैयाँ पुरस्कार पाए। तर यति ठूलो रकम प्राप्त गरेपछि, चार्ल्टनको दिमाग परिवर्तन भयो।

उनले भने कि उनी यति ठूलो रकम कहाँ राख्ने उनलाई यो कुरा सहज महसुुस भएन । चार्ल्टनले ूआर्थिक र भावनात्मक रुपमा संघर्ष गर्नेहरुलाईू दान गरे। लटरी विजेताले लकडाउनको बेला साथी र अपरिचितहरुलाई ५ करोड रुपैयाँ दिए। चार्ल्टनले भने कि उसको उद्देश्य पैसा बाट छुटकारा पाउनु थियो तर मानिसहरुले उनलाई पैसा जितेपछि निकै रमाइलो जिवन बाँचेको होला भन्ने कल्पना गर्थे तर त्यस्तो भएन ।

पिटर चार्ल्टनले न्यूज युट्युब च्यानल ूमाई बिग स्टोरीू मा खुलाए कि उनले आफ्नो दिवंगत काका चार्ली को सम्झनामा तीन टिकट किनेका थिए। लटरी पछि, उनी साथीहरु, परिवारका सदस्यहरु र अपरिचितहरु सम्म पुग्यो। उनले उनीहरुको बैंक खातामा पैसा राख्ने प्रस्ताव राखे। सुरुमा मानिसहरु छक्क परे तर पछि उनीहरु सहमत भए। यस तरीकाले, एक एक गरेर धेरै मानिसहरु को खाता मा सम्पूर्ण रकम राखे र आफैं आफ्नो पुरानो अवस्थामा फिर्ता आए।

चार्ल्टनले भने, ूमैले यो सबै गरे पछि मलाई यो गर्न सहज लाग्यो। मेरो मिशन भनेको पैसाबाट छुटकारा पाउनु थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता