Logo

तेस्रो साउथ एशियन योग स्पोर्टस च्याम्पियनशिमा भारत प्रथम



काठमाण्डौं,जेठ २९ । तेस्रो दक्षिण एशियाली योग स्पोर्टस च्याम्पियनशिपमा ६ स्वर्ण, ८ रजत र ४ काश्य पदक जित्दै भारत पहिलो प्रथम भएको छ । त्यसै गरी समान ६ स्वर्ण ३ रजत र ४ काश्य जित्दै नेपालले दोस्रो स्थान हासिल गरोको छ भने १ स्वर्ण ३ रजत जित्दै बंगलादेशले तेस्रो स्थानमा रहेको छ । त्यसै गरी दोस्रो माउण्ट एभरेष्ट योग महोत्सव प्रतियोगितामा पनि भारतले ११ स्वर्ण, ५ रजत र ५ काश्य जित्दै प्रथम स्थान हासिल गरेको छ भने १ स्वर्ण, २ रतज र २ काश्य जित्दै साउदी अरव दोस्रो तथा ४ काश्य र ५ रजत जित्दै आयोजक नेपालले तेस्रो स्थानमा चित्त बुझाएको छ ।

नेपालमा राष्ट्रिय खेलकुद परिषद अन्तर्गत थुप्रै खेलहरु खेलाईएता पनि योग खेल नेपालको मौलिक खेल हो । कैलाशपर्वत हिम श्रृङ्खलाबाट शुभारम्भ हुखै शिव सभ्यता हुदै संसारभरी फैलिएका योग नेपालबाट आरम्भ भएको हो । यस खेलप्रति नेपालले गौरव गर्नु पर्दछ । आप्mनो कार्यकालमा यस खेलसंघलाई प्रक्रियागत रुपमा अघि बढाउन र यस खेलको विकास विस्तारमा आफुले सक्दो सहयोग पुर्याएको स्मरण गराउदै यस खेललाई सहयोग पुरयाउने सम्पुर्णमा आभार समेत व्यक्त गर्नु भएको थियो । साउथ एशियन योग स्पोर्टस एशोसिएनको संरक्षकको भूमिकामा समेत विष्ट रहेका छन् ।

कार्यक्रमका विशिष्ट अतिथिको रुपमा बोल्दै वल्र्ड योगासनका सचिव तथा भारतीय योग खेल संघका महासचिव एवम् आयुस मन्त्रालयका सदस्य डाक्टर जय दीप आर्यले भारतमा योग खेलका लाखौ खेलाडीहरु नियमित यस खेलको अभ्यास गर्दै आईरहेकोमा निकट भविष्यमा बृहत अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गर्न गईरहेकोले बढि भन्दा बढि खेलाडीहरुलाई सहभागिताका लािग समेत अनुरोध गर्नु भएको थियो । नेपाल खेलकुद योग संघका अध्यक्ष प्राध्यापक डाक्टर सूर्य बहादुर कार्की लगायत उहाको समर्पित समितिले योग खेलको विकासमा पुरयाएको योगदानका प्रसंसा गर्दै प्रतियोगिता आयोजना गरेकोमा धन्यबाद दिदै सहभागी सम्पुर्ण राष्ट्रका प्रतिनिधीहरु तथा खेलाडीहरुलाई समेत बधाई तथा धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

नेपाल, भारत, बंगलादेश, साउदी अरब लगायतका देशहरुको उपस्थितिमा तेस्रो साउथ एशियन योग स्पोर्टस च्याम्पियनशिम तथा दोस्रँे एभरेष्ट योग फेष्टेभल भव्यताका साथ सम्पन्न भएको छ । मिति २०८० जेष्ठ २५ गते राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव श्री टंकलाल घिसिङ्गज्यूबाट समुदघाटित उक्त कार्यक्रम आज तेस्रो दिन मिति २०८० जेष्ठ २७ गते राखेपका पुर्व सदस्य सचिव श्री केशब कुमार विष्टज्यूबाट विजेता खेलाडीहरुहरुलाई प्रमाणपत्र तथा पदक वितरण गदैै सम्पन्न भएको छ ।
नेपालबाट साउथ एशियनमा महिला तथा पुरुष गरी ७२ जना खेलाडी २२ जना अफिसियल, भारतबाट ७९ खेलाडी १२ अफिसियल साउदी अरबबाट ९ जना खेलाडी ११ जना अफिसियल, र बंगलादेशबाट ५ जना खेलाडी तथा ४ जना अफिययिल र ईरान योग फेडरेसनका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
नेपाल योग खेलकुद संघका अध्यक्ष प्रा.डा. सूर्य बहादुर कार्कीको सभापतित्वमा भएको समापन समारोहमा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव श्री केशब कुमार विष्टज्यू, वल्र्ड योग फेडरेशनका सचिव एवम् भारतीय योग संघका महासचिव डाक्टर जयदीप आर्यज्यूको विशेष उपस्थित रहेको थियो । योग स्पोर्टस फेडरेशनका वरिष्ठ उपाध्याक्ष श्री उमंग दवन, ईरान योग फेडरेसनका अध्यक्ष मेहरान्गी नाजारिन्कोनी Mehrangiz Nazarinokani साउदी अरब योग फेडरेशनका अध्यक्ष Nouf Al Marwaai नउफ अल मरवाई, लगायत विशिष्ट अतिथिले उक्त प्रतियोगितामा विजेता खेलाडीहरुलाई पदक तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता