आज तराईमा होली मनाइँदै

काठमाण्डौं,फागुन २३ । फागु पूर्णिमा अर्थात होली पर्व आज तराई-मधेशका जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ।
तराई-मधेशका जिल्लामा आज एकआपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर होली मनाइँदै छ। फागुन २३ गते हिमाली एवं पहाडी जिल्ला होली पर्व मनाइएको थियो।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ। त्यस्तै, यसलाई पारिवारिक एवं सामाजिक एकताका रुपमा मनाउने प्रचलन पनि छ।
होलीका लागि आज तराई-मधेशका जिल्लामा सरकारले सार्वजनिक बिदा दिएको छ।