टुँडिखेलमा आजदेखि थारू राष्ट्रिय माघी महोत्सव शुरु
काठमाण्डौं,पुष ३० । थारू समुदायको राष्ट्रिय पर्व माघी महोत्सव टुँडिखेलमा आज भव्य कार्यक्रम हुँदै छ । थारू कल्याण कारिणी सभा केन्द्रीय समितिको अगुवाइमा २४ वटा संस्थाले संयुक्त रूपमा महाेत्सव गर्न लागेका हुन् । आज सुरु हुने महाेत्सव भाेलिसम्म चल्ने छ र
महोत्सवमा थारू सांस्कृतिक झाँकी, र्याली, विभिन्न परिकार, हस्तकला, परम्परागत सामान, पुस्तक प्रदर्शनी एवं बिक्री, मोटरसाइकल र्याली र विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गरिने छ।
महाेत्सवमा एक सय विविध कक्ष राखिए पनि ८० वटा मात्रै ‘बुकिङ’ भएको थारू राष्ट्रिय माघी महोत्सव मूल आयोजक समितिका संयोजक प्रेमीलाल चौधरीले जानकारी दिए ।