डी.ए.भी. विद्यालय परिवार बृहत अन्नदानमा सहभागी बन्यो
काठमाण्डौं,मङ्सिर २ । हरेक दुई वर्षमा आयोजना हुने सुपर बावल फुड डोनेसनमा सम्पूृर्ण विद्यार्थी, शिक्षक र कर्मचारीको विगत वर्षहरुमा जस्तै उल्लेखनिय सहभागीता देखिएको छ ।
डी.ए.भी. विद्यालयमा यहि कार्तिक २८,२९ र ३० गते सुपर बावल फुड डोनेशन आयोजना गरिएको हो ।
बिगतका वर्षहरुमा जस्तै मदर टेरेसा सोेसल सर्भिस कल्बले विद्यार्थीहरुमा मानवियताको भावना जागृत होस र समाजमा रहेका विभिन्न असहाय र अपाङ्ग व्यक्तिहरु समेत खुशी, स्वस्थ र सुरक्षित बनाउने मानविय जिम्मेवारी सबैले लिनुपर्ने मान्यता राख्दै आएको छ ।
यस वर्ष अर्थात शैक्षिक शत्र २०२२÷२३ को लागि विद्यालयको नारा ‘प्रत्येक बालबालिका खुशी, स्वस्थ र सुरक्षित रहने नैसर्गिक अधिकार’ रहेको छ ।
अन्नदानमा सहभागीहरुले बिभिन्न प्रकारका खाद्यान्नहरु जस्तै चिउरा, दाल, गेडागुडी, पिठो, मैदा, सुजी, तेल, चिनि, बिस्कुट, कुकिज, चाउचाउ, भुजिया, दालमोठ, चियापत्ति, मसला र सुकाइएका फलफुलहरु दान गरेका थिए ।
फुड डोनेसनमा संकलित खाद्यान्नहरुलाई सोहि दिन बेलुका, मेरी वार्ड स्कुल झम्सिखेल ललितपुर र मेरी वार्ड स्कुल लुभु ललितपुरलाई हस्तान्तरण गरिएको थियो ।
त्यसैगरि दोस्रो दिनमा संकलित सम्पूृर्ण खाद्यान्न हो र्र्याक नेपाल किर्तिपुर काठमाण्डौं, मञ्जुश्री वृद्धाश्रम,डोलाहीटि ललितपुर र आश्रय नेपाल बागडोल, ललितपुर नेपालका संचालकहरुलाई हस्तान्तरण गरिएको थियो ।
सोहि अनुरुप तेस्रो दिन संकलित खाद्य सामाग्रीहरु मुदीता सेवागृह महालक्ष्मिस्थान ललितपुर, दी अर्फन होम्स् टिखीदेवल ललितपुर र आमाघर रवीभवन काठमाडौंलाई हस्तान्तरण गरिएको थियो ।
यसैबिच, आश्रयस्थलमा जीबनयापन गर्दै आउनुभएका आमाहरु लगायत संचालकहरु समेत विद्यालयमा सहभागि भई विद्यालय परिवार प्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
यसका अलवा मदर टेरेसा सोसल सर्भिस क्लबले विभिन्न समयमा लेबर डोनेसन, शैक्षिक सामग्री र चिसोको मौसममा लत्ताकपडा संकलन गरि असाह्य र सिमान्तकृत समुदायलाई हस्तान्तरण गर्र्दै आएको छ ।