Logo

पुरुषका लागि औधी माया गर्ने र मनकारी श्रीमती पाउने भाग्यमानी राशि



काठमाण्डौं । हरेक व्यक्तिका आ-आफ्नै चाहना हुन्छन्। त्यस्ता चाहनाहरु समय–समयमा प्रकट पनि हुन्छन् । प्राय: हरेक पुरुषको एउटा समान चाहना हुन्छ, सुन्दर श्रीमती पाउनु।

तर यो त जरुरी छैन कि सबैको यो चाहना पूरा होस्। यसमा केही हदसम्म हाम्रो भाग्यले पनि प्रभाव पार्छ। अर्थात राशिअनुसार पनि पुरुषले सुन्दर महिला पाउने विषय ज्योतिषशास्त्रमा उल्लेख गरेको पाइन्छ।

तुला राशि
सुन्दर श्रीमती पाउनुलाई भाग्यसँग जोडिन्छ। र त्यसआधारमा तुला राशि भएका व्यक्ति सबैभन्दा भाग्यमानी मानिन्छन्।
तुला राशि भएका व्यक्ति धेरै इमोशनल र समझदार हुन्छन्। यस्ता राशि भएका व्यक्तिको प्रमुख विशेषता हो कि यीनिहरु आफ्नो पार्टनरसँग गहिरो सम्बन्ध स्थापित गर्न सफल हुन्छन्।

कन्या राशि
कन्या राशि भएका पुरुष धेरै सुन्दर हुने विश्वास छ। यस्तो राशि भएका व्यक्ति कुरा गर्नमा पनि सिपालु हुन्छन् । कन्या राशि भएका व्यक्तिमा खास गरेर केटीलाई पट्याउने अनौठो कला पनि हुन्छ। जसकारण उनीहरु सुन्दर केटीलाई आफ्नो जीवनसाथी बनाउन सफल हुन्छन्।

कर्कट राशि
शास्त्रमा वर्णन गरिए अनुसार कर्कट राशि भएका व्यक्ति पनि भाग्यशाली मानिन्छन्। यो राशि भएका व्यक्ति धेरै दूरदर्शी हुन्छन् । यसको अतिरिक्त यो राशि भएका व्यक्ति भविश्यका लागि सजग पनि हुन्छन् ।

यस्तो राशि भएका व्यक्ति केटीको चाहना बुझ्न माहिर मानिन्छन्। कुनै महिलालाई के चाहिएको छ भन्ने कुरा कर्कट राशि भएका पुरुषले सजिलै बुझ्न सक्छन् ।

साथै केटीलाई कसरी आफूप्रति आकर्षित गर्ने भन्ने विषयमा पनि कर्कट राशि भएका पुरुषहरु धेरै सजक हुन्छन्। यो राशि भएका धेरै व्यक्ति प्रेम विवाह ९लभ म्यारिज० गर्छन्।

मकर राशि
मकर राशि भएका व्यक्ति धेरै रोमान्टिक मानिन्छन्। आफ्नो पार्टनरलाई सरप्राइज दिन उनीहरुलाई विशेष ज्ञान हुन्छ। उनीहरु अचानक खुसी बनाउन पनि माहिर हुन्छन्।

मकर राशि भएका व्यक्ति धेरै ‘क्यूट’ र रोमान्टिक व्यक्तित्वको हुन्छन्। जसकारण पनि केटीले यस्ता राशि भएका पुरुषलाई मन पराउँछन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता