Logo

उठाउन सकिएन विस्का जात्राको ल्योसिंद्यो, आज उठाएर आजै ढालिने



काठमाडौं । भक्तपुरको विस्का जात्राको क्रममा बुधबार राति अवेरसम्म प्रयास गर्दा पनि ल्योसिंखेलमा ५५ हात लामो ल्योसिंद्यो ९लिंगो० उभ्याउने प्रयास सफल हुन सकेन । साँंझदेखि राति ११ बजेसम्म निरन्तर उठाउने प्रयास गरे पनि योसिंद्य उठाउन असफल भएको हो ।

बुधबार उठाउन असफल भएको ल्योसिंद्यलाई आज बिहीबार उठाएर आजै साँंझ ढाल्ने परम्परा छ । सयौं युवाहरुले डोरीको सहायताले ल्योसिंद्यो उठाउने प्रयास गरेका थिए । घण्टौको प्रयासपछि पनि ल्योसिंद्यो उठाउन सफल भएन । प्रत्येक वर्ष जस्तै यो वर्ष पनि भक्तपुर नगरपालिका वडा नं ५ ल्योसिंखेलमा ल्यसिंद्यो उभ्याउने प्रयास भएको थियो ।

५५ हात लामो र ठूलो भएका कारण कुनै वर्ष यसरी निर्धारित दिनमा उठाउन नसकेको इतिहास छ । तर ल्योसिंद्य उठाउने नसकेको इतिहास भने छैन । निर्धारित दिनमा उठाउन नसकेको ल्योसिंद्यलाई बैशाख १ गते जसरी पनि उठाएर ढाल्ने गरिन्छ । यसलाई उठाउन आज पनि दिनभर प्रयास हुनेछ । आठ वटा डोरीको सहायताले तानेर उठाउने प्रयास हुन्छ । तर कुनै वर्ष यसरी उठाउन नसकिने हुन्छ ।

चैत मसान्तमा उभ्याउनुपर्ने तर नभ्याउन नसकेको योसिंद्यलाई वैशाख १ गते जसरी पनि उठाइन्छ । उठाइएको लिंगोलाई अनि यही दिन परम्परा अनुसार ढालिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता