Logo

भक्तपुरको विस्का जात्रामा झगडा, २० जना बढी घाइते



भक्तपुर । भक्तपुरको विस्का जात्राका क्रममा २० जना भन्दा वढी घाइते भएका छन् । सोमबार राति भैरबनाथको रथ तान्ने क्रममा झै(झगडा हुँदा घाइते भएका हुन् । जात्राको क्रममा राति पौनो नौ बजेबाट ढुंगामुढासमेत भएको थियो ।

ढुंगामुढापछि २० जना भन्दा बढी घाइते अस्पतालमा उपचारमा आएको, सामान्यदेखि टाँंका लगाउनु पर्ने सम्मका घाइते भएको अस्पतालले जनाएको छ । ६ जना टाँंका लगाउनुपर्ने विरामी आएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार एक जनाको भने हड्डी नै भाँचिएको छ । जात्राका क्रममा सयौ युवाहरु डोरीको सहायताले जोडतोडका साथ तान्ने गर्दछ । यो क्रममा राति झै(झगडा हुने गर्दछ । भक्तपुरको विस्का जात्रा बैशाख ५ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता