Logo

आइतवारको दिन सूर्य देवको यि १२ मन्त्रको उच्चारण सहित उपासना गर्नाले मिल्नेछ चमत्कारीक लाभ



 

काठमाडौं । हिन्दु धर्ममा हरेक दिनको उत्तीकै महत्व हुन्छ । हरेक दिन कुनै न कुनै देवताका विशेष दिनका रुपमा पुजाआराधना गरिन्छ । आइतवार सुर्य भगवानका लागि विशेष दिन हो । हिन्दु धर्ममा सुर्य सबै देवताहरू मध्य एक हुन्– सूर्य देव । धार्मिक मान्यता अनुसार आइतबार सूर्य देवको लागि महत्वपूर्ण दिन मानिन्छ । यस दिन सूर्य देवको उपासना गरे लाभ मिल्ने धार्मिक विश्वास गरिन्छ ।

सूर्य देवको विशेष दिन भएकाले धार्मिक मान्यता अनुसार आइतबार विशेष मानिएको हो । मनोकामना पूर्ण गर्न मनुष्यले सूर्यको उपासना गर्नुपर्ने सूर्य पुराणमा उल्लेख छ ।

सुर्य पुराणमा सुर्यदेवको महत्वका बारेमा उल्लेख गरेको छ । धार्मिक ग्रन्थका अनुसार सूर्यको उपासना विशिष्ट देवता समान गर्नुपर्दछ । अथर्ववेद र सूर्योपनिषदमा पनि सूर्य देवलाई परब्रह्मा समान मानिएको छ । शास्त्र अनुसार सूर्य देवको वर्ण रक्त समान भएको उल्लेख छ ।

कसरी गर्ने सूर्य देवको उपासना

धार्मिक मान्यता अनुसार सूर्यलाई हरेक दिन प्रातकालमा नुहाएपछि अर्घ दिनु पर्दछ । सूर्य देवको उपासना गर्दा पवित्र जल अर्पण गर्नुपर्दछ ।

यसरी उपासना गर्दा सूर्य देव प्रसन्न भई आयु, आरोग्य, धनधान्य, पुत्र, मित्र, तेज, यश, विद्या, वैभव र सौभाग्यका दिने गर्दछन् । सन्ध्याकालमा पनि सूर्य देवलाई पवित्र जलको अर्घ दिन सकिन्छ ।

सूर्यको व्रत बस्नेहरुले हरेक साताको प्रथम दिन अर्थात आइतबार व्रत बस्नु पर्दछ । सूर्यलाई तिल र चामल मिसाएर बनाइएको खिचडी भोग लगाउनु पर्दछ । व्रतको दिन पवित्र भोजन मात्र ग्रहण गर्नुपर्दछ ।

व्रतको दिन नुन खान वर्जित गरिएको छ । व्रतालुले भोजनमा दुध तथा फलफुलको मात्र प्रयोग गर्नु पर्दछ । सूर्य देवको उपासना वा सूर्यलाई नमस्कार गर्दा यि १२ मन्त्रको उच्चारण गर्नुपर्दछ ।

ॐ मित्राय नम, ॐ रवये नमः, ॐ सूर्याय नमः, ॐ भानवे नमः, ॐ खगाय नमः, ॐ पुष्णे नमः,ॐ हिरण्यगर्भाय नमः, ॐ मारिचाये नमः, ॐ आदित्याय नमः, ॐ सावित्रे नमः, ॐ अर्काय नमः, ॐ भास्कराय नमः

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता