Logo

मंगलबारदेखि सोह्र श्राद्ध सुरु, के गर्न हुन्छ, के गर्न हुँदैन ?



मंगलबारदेखि सोह्र श्राद्ध सुरु भएको छ । यो प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन कृष्ण अमावश्यासम्म गरिन्छ । सोह्र श्राद्ध लाई पितृ पक्ष पनि भनिन्छ । पितृ पक्षको पहिलो दिन मंगलबार यसपटक प्रतिपदा तिथिको श्राद्ध गरिन्छ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन कृष्ण अमावश्यासम्मका तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । सक्नेले यस पक्षका सबै तिथिमा श्राद्ध गर्नुपर्छ । नसक्नेले पञ्चमीदेखि औँशीसम्म, यति पनि नसक्नेले पिताका तिथिमा श्राद्ध गर्नुपर्ने शास्त्रीय वचन छ ।

कुनै कारणवश पिताको तिथिमा श्राद्ध रोकिएमा अष्टमी, द्वादशी वा औँशीमा श्राद्ध गर्नुपर्छ । औँशीमा पनि रोकिए आश्विन शुक्ल पञ्चमीसम्म गर्नु पर्दछ । त्यसबीचमा पनि गर्न नपाए कार्तिक कृष्ण औशीमा गर्नु पर्दछ । यस दिन पनि गर्न नमिल्ने भयो भने सूर्य वृश्चिक राशि मङ्सिर १ गते मा जानुअघि जुराएर गर्नुपर्ने शास्त्रीय वचन छ । तिथिका दिन रोकिएपछि गरिने श्राद्ध नन्दा तिथि अर्थात् प्रतिपदा, षष्ठी र एकादशीमा पारिनुहुन्न ।

सूर्य वृश्चिक राशिमा जानु अघिसम्म दिवङ्गत पितृ पितृलोकबाट मर्त्र्यलोकमा झरेर पिण्डदानको आशाले सन्तानको घर वरपर घुमेर बस्ने शास्त्रीय मान्यता छ । यस समयमा श्राद्ध नगरे पितृले स रा प्दै फेरि पितृलोकमा फर्कन्छन् । यो समयमा श्राद्ध नगरे दो ष लाग्ने मान्यता छ । आश्विन कृष्ण पक्षलाई महालय, अपर, पितृ र प्रे त पक्ष पनि भनिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता