Logo

बुधबार कुन भगवानको पूजा गर्ने ? विथाल देवको यसरी पूजा गर्दा यस्तो हुनेछ लाभ



अन्य बारमा जस्तो बुधबार कुन भगवानको पूजा हुन्छ भनेर धेरैलाई जानकारी नहुन सक्छ । तर हिन्दु धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ । विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरी व्रत बस्ने गर्दछन् ।

बुध ग्रहको लागि समर्पित बार नै बुधबार हो । यस दिन विशेष गरी विथाल देव ९कृष्णको अवतार० को पूजा गरिन्छ । पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ । कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ । साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ ।

यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ । बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ, जान्नुहोस्ः

हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ । विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी देवताको कृपा हुने गर्छ । बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ । बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न धार्मिक ग्रन्थहरुमा पाईन्छ । यस्तै जसको कुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता