Logo

आज यी राशिका मानिसको चम्कने छ भाग्य हेर्नुहोस् राशिफल



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
चलाखीपूर्ण बोलीले गरेको कार्यसिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । शुभ समाचार सुन्नमा आउला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
महत्वपूर्ण अवसर गुम्न सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ, तर साँझमा धन हात पर्नसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज स्वादिष्ट भोजन पाइनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेम सम्बन्धमा मधुरता छाउने छ । रोकिएको धन हात पर्ला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज कार्यमा अवरोध आउला । मालसामान हराउने वा नोक्सानी हुनसक्छ । दिनको उत्तरार्धमा बढी धन खर्च हुनेछ, तर लामो यात्रा सफल हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । पठनपाठनमा प्रगति हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आफन्तजनसँग मनमुटाब बढ्ने छ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नु पर्नेछ । आफन्त तथा विश्वास गरेकैहरुबाट धोका हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
श्रमको उचित मूल्याङ्कन हुनेछ । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहनेछ र कुनै कुराले मनमा शान्ति छाउला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज धर्म, कर्ममा रुचि बढ्ने छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । रोकिएका अधुरा कार्यको थालनी हुनेछ । नयाँ र शुभ समाचार पनि सुन्न पाइएला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
रोकिएको धन हात पर्ला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैसा खर्च हुने योग छ । अतिथिको सेवा पनि होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्ने छ । कार्य सिद्धिको योग छ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । शुभकार्यको चर्चा चल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज शुभ कार्यमा सरिक भइनेछ । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्ने छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज वित्तीय संस्थाबाट सहयोग पाइनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । विश्वास गरेकाले साथ दिनेछन् । शुभकार्यको चर्चा पनि चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता