Logo

तपाईंको यो साता कस्तो छ हेर्नुहोस् राशिफल



मेष– यो साता मन खिन्न हुने स्थिति आउनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । कार्य सम्पादनमा पनि समस्या आउला । सोमबारबाट सामाजिक कार्यमा रुचि जाग्नुका साथै सफल यात्राको योग पनि देखिन्छ । शुभ कार्यमा सहभागी भइएला । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग पहेँलो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

वृष– यो साता शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । घरमा अतिथिको आगमन हुनेछ । प्रेम जीवन सबल र सफल हुनुका साथै आम्दानीका स्रोत बढ्नेछन् । वैदेशिक कार्य पनि अघि बढ्नेछ । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग रातो वा हरियो हो । शुभकर्म गर्नु पूर्व बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

मिथुन–यो साता शुभकार्यको चर्चा चल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । यो साताका लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग नीलो वा रातो हो । शुभकर्म गर्नु पूर्व महाकालीजीको स्मरण गरि कार्य गर्दा अधिक सफलता प्राप्त हुनेछ ।

कर्कट– यो साता कुनै कुराले मनमा शान्ति छाउनेछ । पुनर्मिलनको विशेष योग रहेको छ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । प्रेम प्रस्तावपनि आउन सक्छ । मध्य सातबाट आफूलाई कमजोर भएको अनुभूति हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीको ध्यान गरि कार्य आरम्भ गर्दा शुभ फल मिल्नेछ ।

सिंह–साताको मनमा दुबिधा उत्पन्न हुनेछ । सुरुका दिनमा महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सोमबारबाट भने एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आँटेको र ताकेको कार्य पुरा होला । नजिकका व्यक्तिबाट कार्यमा सहयोग मिल्नेछ । वैदेशिक कामहरू पूरा हुनेछन् । यो साताका लागि शुभ अङ्क ५,६ र शुभ रङ्ग गुलाबी वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गरे अधिक सफलता मिल्नेछ ।

कन्या– यो हप्ता नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । प्रेममा सफलता पनि प्राप्त हुनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । भोज भतेरमा सहभागिता हुने अवसर आउनेछ । साताको अन्त्यमा स्वास्थ्यको ख्याल गर्नु पर्नेछ । चुनौतीको सामना गर्नुपर्ला । अनावश्यक ठाउँमा धन खर्च होला । यो साताका लागि शुभ अङ्क ७,९ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको ध्यान गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

तुला– यो साता रोकिएको धन हात पर्ला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । नजिकको मित्रसँग भेटघाट पनि हुनेछ । साताको उत्तरार्धबाट आर्थिक कारोबारमा मन्दी आउनेछ । सामान हराउने योग पनि छ । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग आकाशे वा गुलाबी हो । शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

वृश्चिक– यो शिक्षामा सफलता मिल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनोरञ्जनको क्षेत्रमा सफलता मिल्नेछ । मनमा उत्साह र उमङ्ग छाउनेछ । पुनर्मिलनको योग रहेको छ । लाभदायक यात्रा पनि हुनेछ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग गुलाबी वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरि कार्य आरम्भ गर्दा बढी राम्रो हुनेछ ।

धनु–यो साता अल्छि गर्नाले समस्या आउला । व्यस्तता बढ्नुका साथै सामान हराउन सक्छ । साताको अन्त्यमा दान पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । प्रेमसम्बन्ध बढेर जानेछ । शेयर बजार या पुँजी बजारले पनि साथ दिनेछ । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले अधिक राम्रो हुनेछ ।

मकर–यो साता न्यायिक कार्यमा सफलता मिल्नेछ । अधुरो काम पूरा हुनसक्छ । मित्रसँग भेटघाट हुने योग छ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । साताको मध्यमा सरकारी निकायको भय रहला । नियमित खर्चसमेत बढ्ने योग छ । यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग सिन्दुरे वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको दर्शन गरि कार्य गर्दा अधिक सफलता मिल्नेछ ।

कुम्भ– यो साता शुभ समाचार सुन्न पाइएला । वैदेशिक कार्य अघि बढ्नेछ । सामाजिक र राजनीतिक कार्यमा सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । शेयर बजारको लगानीले साथ दिनेछ र नसोचेको ठाउँबाट धनागम हुनसक्छ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग सुन्तला वा कालो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

मिन–यो हप्ता मन पर्ने व्यक्तिलाई सहयोग गर्न पनि पाइनेछ । नयाँ कार्यको अवसर मिल्नेछ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग बैजनी वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता