Logo

पाथिभरा माताको दर्शन गरी हेर्नुहोस् राशिफल



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): यो साता माध्यम नै रहनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । अध्ययन तथा अध्यापनमा समय बढि नै लगानी गर्नुपर्ने देखिन्छ । प्रेममा मनमुटाव पनि आउला । मध्य सातामा दैनिक कार्यहरूमा प्रगति हुनेछ । शेयर बजार तथा वित्तिय संस्थाबाट लाभ मिल्नेछ । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग गुलाबी वा निलो हो । शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): यो हप्तामा नयाँ नयाँ कार्यको अवसर मिल्नेछ । अनावश्यक खर्चबाट बच्न सकिन्छ । नजिकको मित्रसँग भेटघाट हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन पनि लाग्नेछ । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): यो साता सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । पारिवारिक साथ सहयोग र समर्थन मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । वैदेशिक कार्य र आम्दानी बढाउने काम सुरू गर्न सकिनेछ । यो साताका लागि शुभ अङ्क ६,९ र शुभ रङ्ग हरियो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आराधना गरि कार्य गर्नाले सफलता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): यो साता तीर्थाटनको योग छ । रोकिएका घरायसी तथा अन्य काममा उन्नति र प्रगतिको वातावरण बन्नेछ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ, तर शेयर बजारबाट भने नोक्सानी हुन सक्छ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक राम्रो हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): साताको सुरुका दिनमा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । शत्रुपक्ष हावी हुन सक्नेछन् । सोमबारबाट आफन्तको साथ र सहयोग मिल्नेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । प्राविधिक र वैदेशिक कार्य अघि बढ्नेछ । यो साताका लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग बैजनी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि कुलदेवताको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक राम्रो हुन्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): यो साता विशिष्ट व्यक्तिको साथ पाइनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । अधुरो र आँटेको कार्य पुरा होला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । शेयर बजारमा गरेको लगानीले पनि राम्रै प्रतिफल देला । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग सिन्दुरे हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्मीजीको दर्शन गरे सफलता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): यो सातामा कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ । मनमा हर्ष र उमङ्ग र उत्साह छाउनेछ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । वैदेशिक क्षेत्रबाट राम्रो हुनेछ व्यापार र व्यवसाय पनि फस्टाउनेछ । साताको उत्तरार्धबाट आर्थिक कारोबारमा मन्दी आउनेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग आकाशे नीलो हो । शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): यो साता लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । साताको अन्त्यमा स्वास्थ्यमा समस्या आउन सक्छ । व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ । यो साताका लागि शुभ अङ्क ७,८ र शुभ रङ्ग सेतो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): यो सातामा मनमा चञ्चलता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ने र शेयर बजार तथा व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । मङ्गलबारबाट दैनिकी काम सहजै सम्पन्न हुनेछन् । धार्मिक तथा समाजसेवामा मनलाग्ने छ । शुभ कार्यको योजना पनि बन्नेछ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आराधना गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): यो साता गरेका कामबाट राम्रै लाभ हुनेछ । घरमा अतिथिको आगमन हुनेछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । नयाँ काम वा रोजगार पाइनेछ । मनोरञ्जनमा सहभागिता भइएला । स्वादिष्ट परिकारको अवसर मिल्नेछ । आकस्मिक धनलाभको योग पनि छ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग रातो या पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): यो हप्ता सहयोगी हातहरू अघि बढ्नेछन् । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । सामाजिक क्षेत्र र राजनैतिक कार्यमा सफलता मिल्नेछ । मध्य चुनौतीको सामना गरि गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला, शेयर बजारले पनि राम्रो प्रतिफल नदेला । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको स्मरण गरि कार्य गर्नाले सफलता हात पर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): यो साता शुभ र मङ्गल कार्यको योग छ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । शुभकार्यको चर्चा चल्ने र सरुवा बढुवाको योग छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । साताको मध्यमा अनावश्यक ठाउँमा धन खर्च हुने र शेयर बजारले पनि दिन नसक्ला । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग निलो हो । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्णजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता