Logo

मंसिर २९ गते बिहिबार, यस्तो छ तपाईँको राशिफल



मेष–
पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । विशेष सभा समारोहमा भाग लिने मौका छ । मान सम्मान पाइनेछ ।धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ ।

वृष–
पढाइ लेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । पढाइमा सुधार हुने दिन छ । सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । व्यापार व्यवसायमा लगानी बढाउन सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । हिम्मतले काम लिने समय छ ।

आत्मीयजनसँग भेटघाट होला । सरसफाइ, बागबगैंचा सम्बन्धी काममा आकर्षित होइएला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । घरमा सुख समृद्धि बढ्नेछ । बुद्धिको उपयोगले शत्रुबाट जोगिन सकिनेछ ।

कर्कट–
केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनुहोला । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । आर्थिक अभावले भने अलि सताउनेछ । व्यवसायमा केही उतार चढाव आउला । प्रेम र मित्रताको बन्धन कसिन सक्छ । अस्थायी पेसाबाट मनग्य फाइदा हुने देखिन्छ ।

सिंह–
मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । धैर्यले काम लिने समय छ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । कुटुम्बको सहयोग प्राप्त होला । नोकरी प्राप्त हुने सम्भावना छ ।

कन्या–
कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ । प्राकृतिक पर्यावरणमा रमाउने दिन छ । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । सन्तानबाट सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन् । दाम, इनाम र प्रतिष्ठा कमाउने मौका छ । मित्रता र प्रेमको बन्धन कसिन सक्छ ।

तुला–
लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ, साथै धनजनको आर्जन होला । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । यात्राको योग छ । पठन पाठनमा प्रगति हुनेछ । प्रतिभा प्रदर्शन गरेर धेरैलाई अचम्मित तुल्याउन सकिनेछ ।

वृश्चिक–
सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । धन तत्काल खर्च गर्नुपर्ला । छर छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि समाधान भने हुनेछ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घर खर्च पनि बढ्नेछ । तपाईंको विचारलाई धेरैले मन पराउनेछन् । नाता गाँस्नेहरूले केही दुःख दिनेछन् ।

धनु–
समझदारी बढ्न सक्छ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । आयआर्जन बढ्ने र उठ्नु पर्ने रकम हात लागी हुने समय छ । पेटको समस्याले सताउन सक्छ, सचेत रहनुपर्नेछ । रोकिएका काममा दोहोर्याएर प्रयास गर्दा फाइदा हुनेछ । धेरैको भलाइ हुने काम गर्न सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।

मकर–
दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ । नयाँ शिप तथा ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । धर्म कर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ । कृषि र पशुपालनबाट फाइदा होला । रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन् ।

कुम्भ–
अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । धन लाभ होला । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । चिताएको काम बन्ने देखिन्छ । आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिनेछ । नयाँ काम बन्नेछ । रमाइला ठाउँको भ्रमण गर्ने मौका जुर्न सक्छ ।

मीन–
पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही नराम्रो होला । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । विद्यार्थीहरूमा पढाइ लेखाइको स्तर खस्कनेछ । पारिवारिक समस्याहरू देखा पर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता