Logo

गठबन्धनका उम्मेदवार दुर्लभ थापाको वडामा एमाले उम्मेदवार महेश बस्नेतलाई भव्य स्वागत



भक्तपुर,मंगसिर १ ।  सत्ता गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार दुर्लभ थापाको वडामा नेकपा एमालेको उम्मेदवार महेश बस्नेत र किरण थापालाई स्थानीयवासीले घर घरमा भव्य स्वागत गरेका छन् ।
नेकपा एमाले निर्वाचन परिचालन कमिटीको आयोजनामा आज क्षेत्र नं. २ ‘क’ प्रदेशसभा अन्तरगत सूर्यविनायक नगरपालिका वडा नं. ५ मा घरदैलो सम्पन्न गरेको छ । यो वडा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा दुर्लभ थापाको गृह वडा समेत हो । उक्त वडामा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री तथा एमालेका प्रतिनिधिसभाका उम्मेदवार बस्नेत र प्रदेशसभाका उम्मेदवारको पक्षमा स्थानीयवासीद्वारा घरघरमा स्वागत गर्दै विजयको शुभकामना दिएका छन् । भक्तपुरको विकासलाई अझ बढी परिस्कृत ढंगले राष्ट्रिय व्यक्तित्व बस्नेत रहेको उल्लेख गर्दै स्थानीयवासीले पार्टी भन्दा माथि उठेर राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको पक्षधर एमालेलाई मतदान गर्नेमा विश्वास दिलाएका छन् । विजय शुनिश्चित भइसकेता पनि औपचारिकताको लागि मंसिर ४ गते लाई पर्खनुपरेको उल्लेख गर्दै स्थानीयवासीले ‘एमाले आउँ, देश बचाउ’ भन्दै बस्नेत र थापाको पक्षमा नारा लगाएका थिए ।
उक्त क्षेत्रमा एमालेले आज हजारौंको संख्यामा जनताको सहभागितामा घरदैलो आयोजना गरेको छ । घरदैलो कार्यक्रममा स्वतस्फुर्त रुपमा स्थानीयवासीको जनसागर नै उर्लिएको छ । जनताको साथ र सहयोगमा एमाले क्षेत्र नं. २ उत्साही भएको छ भने गठबन्धनका दलहरुमा निराशा छाएको छ । एमालेको दैनिक रुपमा भएको घरदैलो कार्यक्रममा सयौं स्थानीयवासीको उपस्थिती रहेको देखिन्छ भने गठबन्धन दलको घरदैलोमा स्थानीयवासीको सहभागिता अत्यन्त न्युन रहेको छ ।
क्षेत्र नं. २ प्रतिनिधिसभाको तर्फबाट एमालेको पोलिटव्युुरो सदस्य, पूर्वमन्त्री बस्नेत, सूर्यविनायक क्षेत्रबाट थापा तथा मध्यपुर क्षेत्रबाट चन्दनकृष्ण श्रेष्ठलाई एमालेले उम्मेदवार उठाएको छ । त्यस्तै गोविन्द प्रसाद दुलाललाई प्रतिनिधिसभाको समानुपातिक तथा सकुन्तला श्रेष्ठलाई प्रदेशसभा समानुपातिक उम्मेदवार उठाएको छ । कांग्रेसका जिल्ला सभापति समेत रहनुभएका गठबन्धनका उम्मेदवार दुर्लभको वडामा एमालेले हजारौंको संख्याका घरदैलो गरी शक्ति प्रदर्शन गरेको छ । आजको हजारौंको उपस्थितीले एमालेमा उत्साह थपिएको मात्र नभई विजयी भएको संकेत गरेको छ भने गठबन्धनलाई ठूलो चुनौति थपिएको छ ।
घरदैलो कार्यक्रममा स्वतस्फुर्त रुपमा नेता, कार्यकर्ता तथा स्थानीयवासीको उल्लेख्य उपस्थिती रहेको थियो । उपस्थिती स्थानीयवासीले ‘महेश, किरण आउ, भक्तपुर समृद्ध बनाउन’, ‘महेश बस्नेत, किरण थापा जिन्दावाद, नेकपा एमाले जिन्दावाद’, ‘महेश–किरण हाई, हाई अरुलाई वाई वाई’, ‘भोट फर महेश–किरण’, सूर्यमा भोट अरुलाई चोट,  सूर्यमा भोट झ्याप झ्याप, आमा बुबा दाजु भाई भोट हालौं सूर्यलाई लगायतका नाराहरु लगाएका थिए ।
कार्यक्रममा स्थानीयवासीले उम्मेदवारहरुलाई टोल टोलमा रहेका समस्या तथा गुनासोहरु व्यक्त गरेका थिए । उक्त क्रममा उम्मेदवारहरुले जन चाहना अनुसारका विकासका कार्यहरु पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य निर्मलकुमार भट्टराई, बागमती प्रदेश सदस्य शशी जंग थापा, राजेन्द्र राजथला, जिल्ला अध्यक्ष बचन देउजालगायतको उपस्थिती रहेको थियो ।
क्षेत्र नं. २ मा सूर्यविनायक र मध्यपुर थिमी नगरपालिका पर्दछन् ।  एमालेले पहिलो चरणमा सूर्यविनायक नगरपालिकाका १० वटा र मध्यपुर थिमी नगरपालिकाका ९ वटा वडाहरुमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । त्यस्तै निर्वाचन परिचालन कमिटीले सूर्यविनायकको वडा नं. ५ कटुञ्जे (चक्रपाणी चोक) र वडा नं. २ बालकोट र मध्यपुर थिमी अन्तरगत वडा नं. ३ कौशलटार र वडा नं. ८ मा प्रदेश स्तरीय चुनावी सभा सम्पन्न गरेको छ । त्यस्तै एमालेले विहिवार ३ बजे दिउँसो मध्यपुर थिमी नगरपालिका वडा नं. ६ चपाचोमा क्षेत्रीय स्तरको बृहत चुनावी सभा आयोजना गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता