Logo

आज भाद्र महिनाको पहिलो दिन हेर्नुहोस् तपाइँको राशिफल



मेष – आयात निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । साताको अन्तिम दिन शुक्रबार र शनिबार भने समयले त्यति साथ दिने छैन । अन्तिम चरणमा पुगेका काम पनि रोकिन सक्छन् । विभिन्न खालका झन्झट आईलाग्नेछ । खानपान नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । उपलब्धिका सम्भावना क्षीण हुनेछन् ।

वृष – व्यापार व्यवसायबाट उचित प्रतिफल मिल्ने छैन । राज्यसँग सम्बन्धित काममा विलम्ब हुनेछ । बुधवारबाट समयमा क्रमिक सुधार आउनेछ । संघर्षबाट सफलताका सिढि चढ्न पाईनेछ । सफलता असफलता आफ्नै हातमा रहनेछ । रोकिएका कामले गति लिनेछ । शुक्रबार र शनिबार साता कै उत्कृष्ट दिन देखिन्छ । प्रयत्न गर्दा नयाँ काम हात लाग्नेछ । मान्यजनको सहयोग सहानुभूति मिल्नेछ । शिप,ज्ञान र दक्षताको विकाश हुनेछ । यात्राको योग देखिन्छ ।

मिथुन –  आफन्तका कारण विवादमा फसिनेछ । दैनिक काम काजमा अवरोध आउन सक्छ । वोलीको उल्टो अर्थ लगानउे छन् भने मनमा अशान्ति बढ्नेछ । घर डेराको समस्या पर्न सक्छ । बुधबारबाट समयमा सुधार आउनेछ । काम गर्ने उत्साहामा वृद्धि हुनेछ । काममा देखिएका समस्या कम भएर जानेछन् । कार्य क्षमता र दक्षता बढ्नेछ । काममा प्रतिश्पर्धा गर्नु पर्नेछ पछि नहट्नु होला

कर्कट – काम सम्पन्न गर्न थोरै मेहनत गर्नु पर्नेछ । मिलेर भन्दा एक्लै गरेका काम बढि सफल हुनेछन् । आफ्नै बाहुबलबाट आर्थिक उन्नतिका कार्यक्रम अगाडि बढ्नेछन् । अधुरा काम फस्र्योट हुनेछन् । उद्योग, धन्दा बन्द व्यापारबाट आम्दानी बढ्नेछ । आध्यात्मिक एवं भौतिक चिन्तन बढि हुनेछ । आफन्त तथा साथी भाईबाट सामान्य सहयोग मिल्नेछ । बुधबारबाट समयले साथ दिने छैन । काम गर्दा अनेक समस्या झेल्नु पर्नेछ । विश्वास गरेकाले धोका दिनसक्छन् ।

सिंह – उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । सोमबार र मंगलबारका दिन मध्य देखिन्छन् । हेलचक्र्याई गरेर काम नगर्नु होला असफलता हात लाग्नेछ । बुधबार विहिबार साता कै उत्कृष्ट दिन हुनेछन् । उद्योग पराक्रम बढ्नेछ । रोकिएका धेरै काम सम्पन्न हुनेछन् । कला सहित्यमा रुची बढ्नेछ । आफ्नै प्रयासमा आर्थिक उन्नति हुनेछ । ईष्टमित्र,साथी भाईबाट सामान्य सहयोग मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

कन्या –  लगानी नबढाउनु होला डुब्न सक्छ । सोमबारबाट भने समयमा सुधार आउनेछ । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । आर्थिक क्षेत्रमा सुधारका संकेत देखिने छन् । व्यापार व्यवसायबाट सन्तोष जनक आम्दानी हुनेछ । सहयोगी मन भेटिने छन् । पढाई लेखाईमा सामान्य सुधार आउनेछ । काममा वोलीको प्रभाव पर्नेछ । अधुरा अधिकाँश काम सम्पन्न हुनेछन् । सामाजिक उत्तरदायित्व बढ्नेछ । पारिवारिक भेटघाट बढ्नेछ ।

तुला – आम्दानीका दृष्टिले आईतबार राम्रै देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ ।  जोखिम मोलेर कुनै पनि नयाँ काम नगर्नु होला । बुधबारबाट भने समय अनुकुल बन्नेछ । काम गर्ने जोश जागर बढ्नेछ । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ । समाजमा इज्जत प्रतिष्ठा बढ्नेछ,वौद्धिकताको प्रशंसा हुनेछ । उत्तम भोजन र आसन प्राप्तिको योग पनि देखिन्छ । काम गर्ने हौसला मिल्नेछ । मनको अशान्ति कम हुनेछ । अरुको बनावटी कुरा नपत्याउनु होला । गोपनियता भङ्ग नगर्नु होला आफैलाई घाटा हुनेछ ।

वृश्चिक –  नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । नयाँ कार्य भार समाल्न पाईनेछ । नेतृत्व तहबाट उच्च मूल्याङ्क हुनेछ । साहासिक काम हुनेछन् । अध्ययन चिन्तन मन पनि बढि नै हुनेछ । लगनी अनुसारको व्यापार व्यवसायबाट मुनाफ लिन पाईनेछ । वैदेशिक कार्यमा आँशिक सफलता मिल्नेछ । नयाँ कार्य योजना अगाडि बढाउन सजिलो हुनेछ । इष्टमित्र,आफन्तबाट सामान्य सहयोग पाईनेछ ।

धनु – विहिवार सम्म समय अनुकुल रहेकोछ । अधुरा पुराना समस्या समाधान भएर जानेछन् । काम देख्दा असम्भव तर गर्दै जादा सम्भव हुनेछन् । सरल विधिबाट कार्य सम्पादन हुनेछन् । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी गर्नुहोला नत्र पछि पर्नु हुनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । विरोधी कमजोर बन्ने छन् तर सतर्कता भने अप्नाउनु होला । दामपत्य जीवन सुखमय हुनेछ । अध्ययन अध्यापन कार्यमा प्रगति हुनेछ । स्वास्थ्य र लेनदेन कारोवारमा भने हेलचक्र्याई नगर्नु होला आफैलाई घाटा हुनेछ,दुःख पाईनेछ ।

मकर – काम गर्दा विभिन्न समस्या झेल्नुपर्ला । पश्रिमको मुल्य लिन ठूलै चलखेल गर्नु पर्ला । आफ्ना भन्दा अरुका काम बढि हुनेछन् । बुधबारबाट भने समय अनुकुल बन्नेछ । रोकिएका कामले गति लिनेछ । सामाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुहुनेछ । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । घर परिवारमा रमाईलो हुनेछ । सहयोगका प्रस्ताव आउने छन् । स्वतन्त्र प्रकृतिका व्यापारबाट आम्दानी बढ्नेछ ।

कुम्भ –  व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पारिवारिक सुखमा कमि आउनेछ । अन्तिम चरणमा पुगेका काम पनि रोकिने छन् । विश्वास र भरोसा टुट्नेछ । बुधबारबाट समयमा विस्तारै सुधार आउनेछ । लगनशिल भई कार्य क्षेत्रमा लाग्नु होला । शुक्रबार र शनिबार साता कै उत्कृष्ट दिन रहने छन् । रोकिएका काम अगाडि बढ्ने छन् । घर परिवारमा सुख शान्ति मिल्नेछ । नोकरी तथा राजनीतिमा भूमिकाको खाजी गर्नु होला । विरोधीका कारण लाभान्वित हुनुहुनेछ ।

मिन – काम गर्दा गोपनियता अप्नाउनु होला । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । जीवन साथीको सहयोगमा महत्वपूर्ण काम हुनेछन् । विदेश यात्राको योग पनि देखिन्छ । बुधबारबाट समय प्रतिकुल हुनेछ । अन्तिम चरणमा पुगेका काम पनि रोकिन सक्छन् । व्यापार व्यवसायमा गिरावाट आउनेछ । पठन पाठनमा गिरावट आउनेछ । विभिन्न खालका समस्या झेल्नु पर्नेछ । आर्थिक कुराले बढि पिरोल्नेछ । विश्वासको संकट पर्नेछ । आर्थिक क्षय वेहोर्नु पर्ला ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता