पाथिभरा माताले तपाइँको कल्याण गरुन् हेर्नुहोस् आजको दैनिक राशिफल
आज साउन महिनाको ३ गते मंगलबार हेर्हुहोस आजको राशिफल ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) आफ्नो काम आफैबाट हुदा बढि सुविधा हुनेछ । अध्ययन अध्यापनमा कम प्रगति हुनेछ । कार्य क्षमतामा कुनै कमि आउने छैन । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । गीत संगितमा अभिरुची बढ्नेछ । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । साथि भाईका लागि समय र धन लगानी हुनसक्छ । ऋण लगानी नगर्नु होला ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) समयमा सामान्य सुधार आउनेछ तर सहज तरिकाले कुनै काम हुने छैनन । उपलब्धि विहिन काममा समय बढि खर्च हुनेछ । व्यापार व्यवसायबाट उचित प्रतिफल मिल्ने छैन । लगनशिल भई गरेका केहि कामले अन्तिम रुप लिनेछ । आत्म विश्वासको कमि हुनेछ । सफल यात्राको सम्भावना देखिन्छ । आफन्तले पराईको व्यवहार गर्नेछन् ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) मिलेर काम नगर्नु होला । विदेश यात्राको योग देखिन्छ । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसरको खोजी हुनेछ । भोग विलासिताका सामाग्री खरीद हुनेछन् । मनमा सुख,शान्ति मिल्नेछ । साथी भाईको सहयोग पाईनेछ । गीत,संगित तथा कला सहित्यमा अभिरुची बढ्नेछ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) ग्रह गोचर सामान्यतया अनुकुल नै देखिन्छ । कार्य लगनशिलता बढाउनु होला । अरुको पूर्ण भरोसामा काम नगर्नुहोला । विरोधीको बक्रदृष्टि पर्नेछ । पढाई लेखाईमा प्रगति कम हुनेछ । श्रृङ्गारिक तथा सौन्दर्य प्रशोधन जस्ता कामबाट लाभ हुनेछ । धार्मिक आस्था र विश्वास बढ्नेछ । नयाँ कार्य योजनाको बारेमा विचार विमर्श हुनेछ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) हेलचक्र्याई गर्दा आएको अवसर पनि फुत्किनेछ । सोच विचार अगाडि बढ्नु होला इज्जत प्रतिष्ठामा आच आउने काम हुनसक्छ । राजनीति औजार भुत्तो बन्नेछ । उपलब्धिका काममा बाह्य तत्व हावी हुने देखिन्छ । व्यापार व्यवसायमा अवनति हुनेछ । देखिएका सम्भावना क्षिण भएर जानेछन् । काम गर्नलार्ई स्वास्थ्यले पनि कम साथ दिनेछ ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) काम गर्ने वातावरण विग्रिनेछ । उपलब्धिका काममा ढिला सुस्ति हुनेछ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । वैदेशिक यात्राको सम्भावना देखिन्छ । विपरित लिङ्गिबाट सहयोग मिल्नेछ । घरका समस्या समाधान गर्न गाह्रो गाह्रो हुनेछ । मालसमान हराउन वा चोरी हुनसक्छ सचेत हुनुहोला ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) सवैलाई विश्वासमा लिएर काम गर्दा राम्रै हुनेछ । काम गर्दा साथी भाईको सहयोग पाईनेछ । संघर्षबाट सफलताको शिखर चढ्न पाईनेछ । परिश्रमको अन्तिम परिणाम सुखद रहनेछ । कार्य क्षमतामा कुनै कमि आउने छैन । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । काममा ढिला सुस्ति भने पटक्कै नगर्नु होला । शैक्षिक जागरण हुनेछ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) दुःख पायो भन्ने कोहि हुनेछैन तर दुःख दिन खोज्ने धेरै हुनेछन् । अरुको भर नपरि आफै अगाडि बढ्नु भयो भने मात्र मिशनमा पुग्न सक्नु हुनेछ । आर्थिक प्रलोभनमा परेर वाह्य व्यक्तिसँग कुनै कारोवार नगर्नु होला,दिएको धन डुब्न सक्छ । स्पष्ट वोल्दा आफैलाई नोक्सना हुनेछ । व्यापारमा उतार चढाव आउनेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) कामको विचमा विचार परिवर्तन नगर्नु होला लक्ष्यमा पुग्न सकिने छैन । पारिवारिक खर्च बृद्धि हुन सक्छ । कामगर्ने जोश जागर घट्ने छैन । जीवन साथीको सहयोग लिएर काम गर्दा सजिलो हुनेछ । आर्थिक लगानीमा धेरै जोड नदिनु होला । इच्छा र आकाँक्षा केहि पुरा हुनेछन् । मिलेर गरेका कामबाट कम उपलब्धि हुनेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) मित्रहरु टाढा हुनेछन् भने दुर्जनहरु नजिक आउने छन् । सहज रुपमा काम हुने छैनन् । धेरै विश्वास गर्दा आशा निराशामा परिणत हुनसक्छ । व्यापार व्यवसायमा देखिएका सम्भावना क्षीण भएर जानेछन् । राजनीति व्यक्तिको धेरै भर नपर्नु होला । आर्थिक कारोवारमा ध्यान दिनुहोला । जोखिम मोलेर काम गर्दा नोक्सान धेरै हुनेछ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) समय आउछ पर्खिदैन विचार पु¥याउनु होला । आफ्नै प्रयास र प्रयत्नबाट धेरै काम बन्ने छन् । अरुको भरमा काम नगर्नु होला उपलब्धि कम हात लाग्नेछ । पढाई लेखाईमा भन्दा आर्थिक कार्यमा बढि दखल हुनेछ । कामको विचमा विचार परिवर्तन गर्दा लक्ष्य प्राप्ति हुने छैन । धन लगानी भन्दा श्रममा जोड दिनुहोला । व्यापारबाट आम्दानी बढ्नेछ ।