Logo

यस्ता छन् हिन्दूधर्म शास्त्रनुसार राशीअनुसारको इष्टदेव र उनलाई प्रसन्न गर्ने मन्त्र



काठमाण्डौ,जेठ २३ ।  हरेक व्यक्तिले सुखी जीवनका लागि धन प्राप्ति गर्न मेहनत गरिरहेको हुन्छ । अहिलेको समयमा त धन अर्थात पैसा एक आधारभूत आवश्यकता नै बनिसकेको छ । त्यसैले हिन्दी भाषामा एक भनाइ पनि छ – ‘बाप बडा ना भैया, सबसे बडा रुपैयाँ !’
तपाईंको गोजीमा पैसा नहोस्, बैंक खातामा पनि रकम नहोस्, सोच्नुस् त ! तपाईंको हालत के हुन्छ ? पैसा बिनाको जीवन कुनै पनि मानिसले कल्पना गर्न चाहँदैन । त्यसैले यसलाई प्राप्त गर्नका लागि केही मानिसहरुले थुप्रै प्रकारका जादु–टुनासमेत सिक्ने गरेका छन् । तर तपाईंलाई थाहा छ ? हिन्दूधर्म शास्त्रमा पनि धन प्राप्तिका लागि उपायहरु उल्लेख गरिएका छन् ।

हरेक मान्छेको एक चन्द्र राशी हुन्छ । र, हरेक चन्द्र राशीको एक स्वामी ग्रह हुन्छ । त्यस्तै हरेक ग्रहको एक इष्टदेव पनि हुन्छ । यदि हामीले आफ्नो इष्टदेवलाई प्रसन्न गर्‍यौँ भने व्यापारिक तथा वित्तिय समस्या अन्त्य हुन सक्छ ।
आउनुहोस्, आफ्नो राशीअनुसारको इष्टदेव र उनलाई प्रसन्न गर्ने मन्त्रबारे जानकारी राखौँ । जसले तपाईंको जीवनमा धन सम्बन्धी समस्याको अन्त्य होस् ।

मेष
मेष राशीको स्वामी मंगल ग्रह हो । जीवनमा आउने हरेक समस्या समाधानका लागि भगवान हनुमान जीको आराधना गर्ने हो भने तपाईंको लागि सहयोगी हुनेछ ।
मन्त्रः ‘ऊँ हनुमते नमः’ यो मन्त्र दैनिक गरेको खण्डमा आर्थिक तथा वित्तिय क्षेत्रमा तपाईंले लाभ प्राप्त गर्नु सक्नु हुनेछ ।

वृष

वृष राशीको स्वामी शुक्र ग्रहलाई मानिन्छ । वृष जातको धन सम्बन्धी सबै समस्या समाधानका लागि माता दुर्गाको पूजा गरेमा लाभदायक हुनेछ ।

मन्त्रः ‘ऊँ दुर्गादेव्ये नमः’ यो मन्त्र जाप गरेमा वित्तिय समस्या अन्त्य भएर जानेछ ।

मिथुन
मिथुन राशीको स्वामी ग्रह बुध हो । मिथुन राशी भएकाहरुले भगवान गणेशको पूजाआराधना गरेमा प्रसिद्धी प्राप्त गर्ने छन् ।
मन्त्रः ‘ऊँ गं गणपते नमः’ यो मन्त्र जाप गरेमा नोकरी तथा व्यवसायमा आएका समस्या दूर भएर जानेछन् ।

कर्कट
चन्द्र ग्रह कर्कट राशीको स्वामी हो । ज्योतिषअनुसार चन्द्रमामा भगवान शिवको राज रहेको हुन्छ । त्यसैले कर्कट राशी भएकाले धन सम्बन्धी लाभ प्राप्त गर्न भगवान शिवको पूजा गर्नुपर्दछ ।
मन्त्रः ‘ऊँ नमः शिवायः’ यो मन्त्र दैनिक जाप गरे फल प्राप्त हुनेछ ।

सिंह
सिंह राशीको स्वामी ग्रह सूर्य हो । सिंह राशी भएकाले भगवान सूर्यको पूजा गर्ने तथा हरेक बिहान सूर्यलाई अर्ग चढाएमा उर्जा प्राप्त हुनेछ ।
मन्त्रः ‘ऊँ सूर्याय नमः’ यो मन्त्र जाप गरे लाभ मिल्नेछ ।

कन्या
कन्या राशीको स्वामी बुध ग्रहलाई मानिन्छ । यस राशी भएकाले भगवान गणेशको पूजा गरेमा शीघ्र धन लाभ प्राप्त गर्नेछन् ।
मन्त्रः ‘ऊँ गं गणपते नमः’ यो मन्त्र दैनिक बिहान बेलुका जाप गरेमा लाभ प्राप्त हुनेछ ।

तुला
तुला राशीको स्वामी शुक्र ग्रह हो । तुला राशी भएकाले देवी लक्ष्मीको पूजा गर्नुपर्दछ । लक्ष्मी त्यसै पनि धनकी देवी भएकाले देवी लक्ष्मीलाई प्रसन्न गरेको खण्डमा धन सम्बन्धी समस्याको समाधान हुनेछ ।
मन्त्रः ‘ऊँ महा लक्ष्म्यै नमः’ यो मन्त्रको जाप गरेमा लक्ष्मीको वृद्धि हुने विश्वास छ ।

वृक्षिक
वृक्षिक राशीको स्वामी ग्रह मंगललाई मानिन्छ । वृक्षिक राशी भएकाले भगवान हनुमानको पूजा गरे लाभ प्राप्त गर्नेछन् ।
मन्त्रः ‘ऊँ हं हनुमते नमः’ यो मन्त्र जाप गरे शारीरिक पीडा तथा धन सम्बन्धीको पीडा अन्त्य भएर जाने मानिन्छ ।

धनु
धनु राशीले बृहस्पति ग्रहसँग सम्बन्ध राख्छ । धनु राशी भएकाहरुका लागि भगवान विष्णुको पूजाआजा शुभ हुनेछ ।
मन्त्रः ‘ऊँ श्री विष्णवे नमः’ यो मन्त्रको दैनिक जाप गरेमा व्यवसायमा लाभ प्राप्त हुनेछ ।

मकर
मकर राशीको स्वामी शनि ग्रहलाई मानिन्छ । शनि वा हनुमानको पूजा गरेमा मकर राशी भएकाले लाभ प्राप्त गर्नेछन् ।
मन्त्रः ‘ऊँ शम् शनिश्चराये नमः’ यो मन्त्र जाप गरेमा बाधाअड्चन हट्ने र सुख–शान्ति मिल्नेछ ।

कुम्भ
कुम्भ राशीको स्वामी ग्रह पनि शनि नै हो । शनिको गुरु भगवान शंकरलाई मानिन्छ । त्यसैले यस राशी भएकाले शनिका साथै भगवान शंकरको पनि पूजा गर्न आवश्यक छ ।
मन्त्रः ‘ऊँ महामृत्यंजय नमः’ यो मन्त्र हरेक दिन बिहान र बेलुका १०८ पटक जाप गरेमा सबै प्रकारको दुःख हट्ने छ ।

मीन
मीन राशीको स्वामी बृहस्पतिलाई मानिन्छ । यो राशी भएकाले भगवान नारायणको ध्यान तथा मन्त्र जप गरेमा धनसम्बन्धी समस्या हटेर जानेछ ।
मन्त्रः ‘ऊँ नारायण नमः एवं ऊँ गुरुवे नमः’ यी दुई मन्त्रको जाप गरेमा शुभ फल मिल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता