Logo

पाथिभरा माताले सबैको रक्षा गरुन् जेठ २२ गते आइतबार, यस्तो छ तपाईको राशिफल



 

 

मेष (चु।चे।चो।ला।लि।लु।ले।लो।अ)
खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइनेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ । स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । मुद्दा मामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् ।

वृष (इ।उ।ए।ओ।वा।वि।वु।वे।वो)
समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ । मान सम्मानमा चोट पुग्ने सम्भावना छ, सचेत रहनुहोला । आज रोकिएका काम बनी नयाँ काम सुरु हुनेछन् । व्यापारमा पनि फाइदा हुनेछ । दिन सामान्य नै छ । बहुमूल्य धातु संग्रह गरिएला । सामाजिक प्रतिष्ठा पाइनेछ । शत्रु परास्त हुनेछन् ।

मिथुन (क।कि।कु।घ।ङ।छ।के।को।ह)
अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइनेछ । धार्मिक काममा बाधा सृजना हुन सक्छ सजक रहनुहोला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । तर परिवारजनमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनु होला । राजनीतिक पहुँच बढ्नेछ । तर पनि भूमि लगायत स्थायी सम्पत्तिको विषयमा भने केही विवाद निस्कन सक्छ, सावधान रहनु होला ।

कर्कट (हि।हू।हे।हो।डा।डि।डु।डे।डो)
राष्ट्रियस्तरको मान सम्मान प्राप्त हुन सक्छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनेछ । मंगलमय काम सम्पादन हुनेछ । काममा आफन्तको सहयोग जुट्न सक्छ । ढाड वा जोर्नीको समस्याले सताउन सक्छ । आम्दानी बढ्नाले उत्साह थपिनेछ । आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्छ ।

सिंह (मा।मि।मु।मे।मो।टा।टि।टु।टे)
परिवारजनको सहयोगले उत्साह बढाउनेछ । स्वास्थ्यका लागि भारी खानपानमा सजग रहनुहोला । सुखद समाचारले काममा उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । आत्मीय जनसँग भेटघाट हुनेछ । व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ ।

कन्या (टो।प।पी।पू।ष।ण।ठ पे।पो)
अनुसन्धानात्मक अध्ययन गर्नेहरूलाई फाइदाको दिन रहेको छ । टाढाको यात्राबाट धन लाभ हुन सक्छ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । व्यापार व्यवसायमा राम्रै फाइदा हुनेछ । इष्टमित्र वा बन्धुबान्धवको सहयोग प्राप्त होला । भूमिबाट प्रशस्त फाइदा मिल्नेछ । साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन् ।

तुला (रा।री।रु।रे।रो।ता।ती।तु।ते)
सरकारी निकायबाट हुने कडि कडाउको सिकार भइएला । दण्ड जरिवानाको पनि सम्भावना छ । पति पत्नीबीच असमझदारी बढ्ने सम्भावना छ । शिर तथा पेटको समस्याले सताउन सक्छ । चिताएको काममा ढिला सुस्ती हुनेछ । अस्वस्थताले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । आमाको स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति पनि चिन्ता बढ्न सक्छ ।

वृश्चिक (तो।ना।नि।नु।ने।नो।या।यि।यु)
व्यापार व्यवसायमा लगानी बढाउने समय छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ । जीवन साथीलाई केही पीडा हुने ग्रहयोग छ । स्वास्थ्यमा बाधा र रोगको पहिचान हुन कठिन हुने समस्या देखिन्छ । दाजुभाइ तथा दिदिबहिनीमा केही असमझदारी बढ्ने सम्भावना छ । समाजले बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुपर्ला ।

धनु(ये।यो।भा।भी।भु।ध।फा।ढ।भे)
आज ब्यापारबाट प्रशस्त धन लाभ हुनेछ । भौतिक साधनहरू जुट्नेछन् । कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ । लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । नयाँ उद्योग वा विशेष काम सुरु गर्ने मौका छ । राजनीतिक पहुँच बढ्नेछ । कुनै नयाँ काम प्रारम्भ हुन सक्छ । आर्थिक समस्या पनि समाधान हुनेछ । शत्रुहरूलाई परास्त गर्न सकिनेछ ।

मकर (भो।जा।जी।जू।जे।जो।ख।खि।खु।खे।खो।गा।गी)
रमाइलो भ्रमण गर्ने अवसर प्राप्त होला । तर घर जग्गा तथा बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ । पठन पाठनमा राम्रो उन्नति हुनेछ । सन्तान वा अनुयायीले पनि प्रसन्नता दिलाउनेछन् । टाढाको यात्राको सम्भावना पनि रहेको छ ।

कुम्भ (गु।गे।गो।सा।सी।सु।से।सो।द)
काममा बाधा हुन सक्छ । प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन् । साथै पुरानो रोगले पुनः दुःख दिन सक्छ । घर खर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ । घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ । घर जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । तापनि, प्रतिष्ठित व्यक्तितवसँग मित्रता बढ्नेछ ।

मीन (दी।दु।थ।झ।ञ।दे।दो।च।ची)
चोट पटक वा हाड जोर्नीमा समस्या आउने देखिएकाले सवारी साधन वा हात हतियार उपयोग गर्दा सावधानी अपनाउनुहोला । आर्थिक समस्या समाधान हुनेछ । पारिवारिक सम्बन्ध अलि कमजोर बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता