Logo

पाथिभरा माताले सबैको रक्षा गरन् जेठ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल



 

 

मेष (चु।चे।चो।ला।लि।लु।ले।लो।अ)
अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला ।

वृष (इ।उ।ए।ओ।वा।वि।वु।वे।वो)
आश मारेको फल पुनः प्राप्त हुन सक्छ । गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । समय लागे पनि काम सम्पादन हुनेछन् । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ ।

मिथुन (क।कि।कु।घ।ङ।छ।के।को।ह)
स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ । केही चुनौती पनि सामना गर्नुपर्ला । व्यापार व्यवसायमा लाभ हुनेछ । व्यवसाय विस्तारका लागि यात्रा पनि हुनेछ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । विवेकले काम लिने प्रयत्न गर्नुहोला । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । काममा स्थानान्तरण हुन सक्छ ।

कर्कट (हि।हू।हे।हो।डा।डि।डु।डे।डो)
सोख पूर्तिका लागि खर्च बढ्ला । दाम्पत्य सम्बन्धमा रमाउने समय छ । प्रेमको बन्धन कसिने बेला छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ काम पाइनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । आलस्यले गर्दा अवसर गुम्न सक्छ । आर्थिक कारोवार अति आवश्यक अवस्थाबाहेक नगर्नु नै उचित हुनेछ ।

सिंह (मा।मि।मु।मे।मो।टा।टि।टु।टे)
नयाँ ज्ञान सिक्ने मौका छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । अरूको भरपर्दा काम रोकिन सक्छ । हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । तत्काललाई ठूलो फाइदा नउठेपनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ ।

कन्या (टो।प।पी।पू।ष।ण।ठ पे।पो)
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् ।

तुला (रा।री।रु।रे।रो।ता।ती।तु।ते)
ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ । खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनु पर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिनेछ । आटेको काममा सफलता मिल्नेछ । अरुबाट आलोचना हुने, काममा बाधा आउने, धनमाल हराउने सम्भावना पनि रहेको छ ।

वृश्चिक (तो।ना।नि।नु।ने।नो।या।यि।यु)
मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना छ । पठन पाठनमा राम्रै प्रगति हुनेछ । व्यापार लगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । स्वादिष्ट भोजनमा मन रमाउनेछ । अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् ।

धनु (ये।यो।भा।भी।भु।ध।फा।ढ।भे)
पहिलेको सम्झौताले अप्ठ्यारो पार्न सक्छ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । व्यवसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ ।

मकर (भो।जा।जी।जू।जे।जो।ख।खि।खु।खे।खो।गा।गी)
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ । कमजोर मानसिकताले पछि परिनेछ भने हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । नयाँ प्रेम गर्ने अवसरका साथै प्रेम विवाहमा परिणत हुने योग छ ।

कुम्भ (गु।गे।गो।सा।सी।सु।से।सो।द)
विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । पुरानो गतिले काम बिग्रन सक्छ । बेसुरमा बचन दिने बानीले दुःख पाइनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषि चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ ।

मीन (दी।दु।थ।झ।ञ।दे।दो।च।ची)
समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता