Logo

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, जेठ ८ गते आईतबार, तपाईको भाग्य कस्तो छ हेर्नुहोस आजको राशिफल



 

 

मेष (चु।चे।चो।ला।लि।लु।ले।लो।अ) स्वास्थ्यमा समस्या हुनसक्छ ख्याल राख्नुहोला । मनमा अनेक सोच र चिन्ता हुनसक्छ । त्यसैले मेष राशिका जातकले सकारात्मक सोच राख्नुहोला । आज आकस्मिक संकट आउनसक्ने छ । आर्थिक व्यय हुनेछ । आजको दिन नियमित कार्यबाहेक नयाँ काम नगर्दा वेश हुनेछ ।

वृष (इ।उ।ए।ओ।वा।वि।वु।वे।वो) आजको दिन तपाईंलाई अर्थलाभ हुनेछ । व्यापारबाट आर्थिक लाभ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । स्वास्थ्यमा ख्याल राख्नुहोला । तपाईको मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ ।

मिथुन (क।कि।कु।घ।ङ।छ।के।को।ह) धनलाभ र नयाँ सुखद खबरले तपाईंलाई खुसियाली हुनेछ । आजको दिन नयाँ काम गर्दा सफलता प्राप्त हुनेछ । आजको दिन सोचअनुसारको काम हुनेछ । बिहान सूर्यनारायणको दर्शन गरेर आज गरेका तमाम कार्य सफलता हुनेछ । कसैसँग विवाद नगर्नुहोला ।

कर्कट (हि।हू।हे।हो।डा।डि।डु।डे।डो) आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्रामा बाधा आउनसक्छ । तपाईंले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । त्यसैले आजको दिन सोच विचार गरेर मात्र निर्णय गर्नु वेश हुनेछ । नियमित काम बाहेक अन्य नयाँ कामको लागि दिन उपयुक्त छैन ।

सिंह (मा।मि।मु।मे।मो।टा।टि।टु।टे) सिंह राशिका जातकले आइतबारको विहान सूर्योदयको दर्शन अवस्य गर्नुहोला । तपाईंलाई अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन मौन रहेक आफ्नो कार्य गर्नुहोला ।

कन्या (टो।प।पी।पू।ष।ण।ठ पे।पो) आजको दिन छोटो दुरीको यात्रा हुनसक्छ । नयाँ भेटले काममा उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । कुनै कन्यालाई फल र दक्षिण दिनुभयो भने तपाईलाई उनको आशीर्वादले तपाईका लागि सकारात्मक सोच बढ्ने छ ।

तुला रा।री।रु।रे।रो।ता।ती।तु।ते) सोच अनुसारको काम नहुँदा चिन्ता हुनसक्छ । त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई हानीहुनसक्छ । यस्तो अवस्थामा धैर्यको आवश्यकता हुन्छ । आत्तिनु र दुःखी हुन भन्दा पनि सकारात्मक सोच राखेर अघि बढ्नु होला ।

वृश्चिक (तो।ना।नि।नु।ने।नो।या।यि।यु) आजको दिन विहान सूर्योदयको दर्शन गरेर अघि बढ्नु होला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट एक महिनाभित्र सफलता प्राप्त हुनेछ । कसैलाई पनि तपाईबाट हानी हुने काम र मनमा दोष लाग्ने काम नगर्नुहोला।

धनु (ये।यो।भा।भी।भु।ध।फा।ढ।भे) सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । तपाईको सोचअनुसार काम हुनेछ । कसैलाई पनि अपवचन नबोल्नु होला । आजको दिन विहान सूर्योदयको दर्शन गरेर मात्र काम गर्नुहोला । सूर्यनारायणलाई जल अर्पण गर्नुहोला ।

मकर (भो।जा।जी।जू।जे।जो।ख।खि।खु।खे।खो।गा।गी) ब्यापारबाट लाभ हुनेछ । परिवार र आफन्तजनको साथ सहयोगबाट तपाईले नयाँ काम शुरुवात गरौं भन्ने सल्लाह आउनसक्छ । सकारात्मक सोच र मनमा उर्जा थपिने छ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । आफ्नो कर्मयात्रामा हिडिरहेकाहरुलाई नसोचेको सम्मान मिल्नसक्छ । विहान सूर्योदयको दर्शन गर्नुहोला ।

कुम्भ (गु।गे।गो।सा।सी।सु।से।सो।द) कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । तपाईलाई हौसला दिनेछन् । सामाजिक काममा मन जानेछ ।

मीन(दी।दु।थ।झ।ञ।दे।दो।च।ची) बिहानै सूर्योदयको दर्शन गरेर आज दिनको शुरुवात गर्नुहोला । काममा सकारात्मक सोच आउने छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने मीन राशिका जातकले आजको दिन बिहान अध्ययन अध्यापनको काममा लाग्नु भयो भने तपाईको उन्नती, प्रगति हुँदै जानेछ । आजको दिन साताभित्रको योजना बनाएर काम गर्नुहोला ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता