Logo

पाथिभरा माताले सबैका रक्षा गरुन् जेठ ६ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल



 

मेष (चु।चे।चो।ला।लि।लु।ले।लो।अ)
आर्थिक क्रियाकलापमा राम्रै फाइदा उठ्न सक्छ । बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बोलीको भरमा काम सम्पादन हुन सक्छ । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ । बेसुरमा अरूलाई दिएको बचनले अप्ठ्यारोमा पार्न सक्छ । पढाइ लेखाइमा प्रगति गर्न नसकिने र व्यापारमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला ।

वृष (इ।उ।ए।ओ।वा।वि।वु।वे।वो)
गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ । सहयोगीहरूले काममा साथ दिनेछन् । व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा मनग्य फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुनेछन् । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । भौतिक साधन जुट्नाले आयआर्जन पनि राम्रै हुनेछ ।

मिथुन (क।कि।कु।घ।ङ।छ।के।को।ह)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ । अनावश्यक भ्रमण हुन सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ । मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ । सहयोगीहरूले काममा उत्साह जगाउनेछन् ।

कर्कट (हि।हू।हे।हो।डा।डि।डु।डे।डो)
ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । परिवारजनबाट टाढिनुपर्ला । आफ्नै कमजोरीले विवादमा परिनेछ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । उद्योग र व्यापारमा फाइदा हुनेछ । प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिनेछ ।

सिंह (मा।मि।मु।मे।मो।टा।टि।टु।टे)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउनेछ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्या देखापर्ला । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ ।

कन्या (टो।प।पी।पू।ष।ण।ठ पे।पो)
लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधन समेत जुट्नेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । समयमा चिताएको काम सम्पादन नहुन सक्छ ।

तुला (रा।री।रु।रे।रो।ता।ती।तु।ते)
कृषिमा कामको चाप र चौपायामा केहि समस्या देखिनेछ, तर पनि मेहनत गर्दा प्रशस्त धन आर्जन हुने समय छ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन् ।

वृश्चिक (तो।ना।नि।नु।ने।नो।या।यि।यु)
दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीमा फाइदा हुनेछ । आम्दानी तथा आयआर्जनका स्रोत समेत समय छ । अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न रहनेछ । आफन्त तथा नजिकका साथीभाई टाढिन सक्छन् ।

धनु (ये।यो।भा।भी।भु।ध।फा।ढ।भे)
समयमा होस नपुग्नाले काम रोकिन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । प्रयत्न गर्दा मौकाको फाइदा उठाउन नसकिएला । सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ ।

मकर (भो।जा।जी।जू।जे।जो।ख।खि।खु।खे।खो।गा।गी)
नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । मनग्य धन आर्जन हुनेछ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । व्यापार लगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छ ।

कुम्भ (गु।गे।गो।सा।सी।सु।से।सो।द
(
रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमय बन्नेछ । श्रद्धा र परोपकारमा मन जानेछ । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ ।

मीन (दी।दु।थ।झ।ञ।दे।दो।च।ची)
प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अस्वस्थताले चिन्ता र काममा ढिला सुस्ती हुन सक्छ । अप्रिय समाचारले दुःखी बनाउला, यात्राको पनि समय छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता