Logo

पाथिभरा माताले सबैको कल्याण गरुन् वैशाख २४ गते शनिबार, यस्तो छ तपाईको राशिफल



 

 

मेष
कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधन समेत जुट्नाले प्रसन्नता मिल्नेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोत समेत बढ्नेछन् । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ ।

वृष
खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिनेछ । आटेको काममा सफलता मिल्नेछ । अरुबाट आलोचना हुने, काममा बाधा आउने, धनमाल हराउने, सम्भावना पनि रहेको छ । तपाइको प्रतिभाको उच्च मूल्यांकन हुनेछ ।

मिथुन
स्वादिष्ट भोजनमा मन रमाउनेछ । अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । जिम्मेवारी भने बढिरहनेछन् । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । जीवनसाथीको समस्याले चिन्ता बढाउन सक्छ ।

कर्कट
भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । मान सम्मानका साथमा प्रशस्तै आम्दानी बढ्ने समय छ ।

सिंह
रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । नयाँ प्रेम गर्ने अवसरका साथै प्रेम विवाहमा परिणत हुने योग छ । पेटमा गडबड भई रहने भएकोले खानपानमा ध्यान दिनु जरुरी छ । उत्साहवर्द्धक समाचार सुन्न पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ ।

कन्या
गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषि चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । स्थायी सम्पत्ति बढाउन सकिनेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् ।

तुला
बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । विलासितामा खर्च बढ्नेछ । उच्च महत्वाकांक्षाले केही नोक्सानी समेत निम्त्याउन सक्छ ।

वृश्चिक
समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । आफन्तबाट टाढिनुपर्ने समय छ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ । आज तपाइलाइ परिवार तथा साथीभाइको सहयोग प्राप्त होला साथै धनलाभको पनि योग रहेको छ ।

धनु
लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । समय लागे पनि काम सम्पादन हुनेछन् । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । नसोचेको ठाँउबाट धन प्राप्त भइ मन प्रसन्न हुनेछ ।

मकर
कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । विवेकले काम लिने प्रयत्न गर्नुहोला । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । काममा स्थानान्तरण हुन सक्छ । लामो यात्रा सम्भावना छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ ।

कुम्भ
नयाँ काम पाइनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । आलस्यले गर्दा अवसर गुम्न सक्छ। आर्थिक कारोवार अति आवश्यक अवस्थाबाहेक नगर्नु नै उचित हुनेछ । नोकरीमा पदोन्नति र स्थानान्तरण हुने सम्भावना छ ।

मीन
बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । अरूको भरपर्दा काम रोकिन सक्छ । हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । तत्काललाई ठूलो फाइदा नउठेपनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता