Logo

पाथिभरा माताले सबैको कल्याण गरुन् चैत २७ गते आइतबार, यस्तो छ तपाईको राशिफल



मेष
धन कमाउने योग छ तथा फलिफाव हुने दिन छ । पशुधनबाट प्रशस्त फाइदा हुने देखिन्छ । काम बन्नाले सुखको अनुभव हुनेछ । रमाइलो दिन छ । साथै रमाइलो यात्राको पनि योग रहेको छ ।

वृष
काम बन्नाले सुखको अनुभव हुन्छ । नोकरीमा दिन सामान्य रहला । अनेक किसिमका फाइदा हुनेछ । अप्रत्याशित लाभ हुनेछ । आयआर्जन हुने दिन छ, नउठ्ने पैसा उठेर मनमा कता कता हर्ष छाउनेछ ।

मिथुन
काममा समस्या देखिएला । अनेक किसिमका झमेलामा परिएला । काममा समस्या देखिएला । अनावश्यक झमेलामा परिएला । आज केही हानि हुन सक्छ, सावधान रहनु होला ।

कर्कट
तपाइको आफ्नो विचारले धेरैलाई आकर्षण गर्ने समय छ । धन कमाउने योग छ । परोपकारका काममा पनि मन जानेछ । धन आर्जनमा राम्रो दिन छ । स्वास्थ्य कमजोर छ, सोचेको काम समयमै सम्पन्न नहोला ।

सिंह
अनौठो तरिकाले कमाइ भइ मन खुशी बन्ला । टाढाको यात्राको पनि योग रहेको छ । फलिफाब हुने दिन छ । राम्रो कमाइका कारण सुख मिल्नेछ । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ ।

कन्या
टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु बेस हुनेछ । केहि सुख केहि दुख हुनेछ । अचानक कमइ हुनेछ । पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढ्नेछ ।

तुला
गरेका कामबाट ठूलो उपलब्धी लिन सकिंदैन, समयको ब्यर्थ नाश होला । नसोचेको ठाँउमा खर्च हुन सक्छ । पारिवारिक सुख मिल्ने दिन छ भने ब्यापारमा पनि फाइदाकै योग रहेको देखिन्छ ।

वृश्चिक
अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला, अनावश्यक यात्राको योग छ । सुखको अनुभव हुन्छ । आफन्त मिलनले सुख दिनेछ । यात्राको पनि योग रहेको छ । काम बन्नाले मन रमाउने छ ।

धनु
श्रद्धा र परोपकारमा मन जानेछ । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ । खर्च भन्दा कमाई नै बढी हुनेछ । शिक्षामा पनि राम्रो प्रगति हुनेछ । पैसा कमाउने योग छ । आर्थिक लाभ हुनेछ ।

मकर
दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । साथै पैसा कमाइने छ । विपरित लिङ्गिको हौसलाले मन रमाउनेछ । मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला । विश्वास गरेकाले धोका दिनेछन् । व्यर्थको खर्च होला ।

कुम्भ
बिहान काम बन्नेछ, बेलुका सामान्य तनाब होला । इष्टमित्रहरुसँग असमझदारी बढ्न सक्छ । मुद्दा मामिलामा पर्न सकिएला । दिन प्रतिकूल भएकाले काममा बाधाहरुको पनि सामना गर्नुपर्ला । वादविवादको सामना गर्नुपर्ला ।

मीन
पेशागत रुपमा समस्या देखिन सक्छ । केहि सुख केहि दुख हुनेछ । नोकरीमा झमेला ब्यहोर्नु पर्ला । जागिरको काममा डर हुनेछ । सामाजिक काममा नाम रहने छ, जागिरमा भने सजक रहनु होला ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता