Logo

श्री पाथिभरा माताको दर्शन गरि फागुन १५ गते आइतबारको , यस्तो छ तपाईको राशिफल



 

 

मेष
तपाईले चिताएको काममा सफलता नमिल्न सक्छ । साथीभाइहरु रुष्ट हुनेछन् । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । चिताएको काम पुरा नहुन सक्छ । काममा कठिनाइ सहनु पर्ला, होसीयारी पूर्वक काम गर्नुहोला । यातायातका साधनबाट पनि जोगिनु होला ।

बृष
आजको दिन तपाइको आयआर्जन सन्तोषजनक रहने छ । पारिवारिक समस्या पनि बढ्ने देखिन्छ । रुचिका विषयमा लगानी बढाउने समय छ । नसोचेको ठाँउबाट आम्दानी हुने दिन छ । सहयोगीहरूले काममा साथ दिनेछन् । अनौठो तरिकाबाट रुपैँया पैसा प्राँप्त हुने दिन रहेको छ ।

मिथुन
काममा जोश जाँगर आउनाले मन प्रफुल्ल होला । सेयर बजारका काममा पनि सफलता मिल्न सक्छ । व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । आर्थिक लाभ हुने दिन छ । मनोरञ्जनात्मक तरिकाबाट काम बनी मन हर्षित हुनेछ । पुराना साथीभाइसँग पनि भेट होला ।

कर्कट
वादविवादमा पर्न सकिन्छ । अनायसै रुपैँया पैसाको पनि क्षती हुने दिन छ । आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला । साथै, मनमा पिडाले पनि सताउने छ । परिवारजनमा असमझदारी बढ्नेछ । मान्यजन वा अभिभावक वर्ग रुष्ट हुन सक्छन्, विचार गर्नुहोला ।

सिंह
काम तथा नोकरीमा झमेलाको सामना गनुपर्ने दिन छ, तर ब्यापारमा भने लाभ मिल्ला । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । मान सम्मान पनि पाइएला । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ ।

कन्या
सोचेको काम बन्नाले मन हर्षित हुनेछ । मान्यजनको आगमन पनि हुन सक्छ । स्वादिष्ट भोजनको आनन्द पाइएला । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । मान सम्मान बढ्नेछ । सुखको अनुभुति हुनेछ । सन्तान पक्षबाट सुखको समाचार सुन्न पाइने छ ।

तुला
नोकरी तथा राजनितीमा गरेका प्रयासहरु फलदाइ रहनेछन् । सामान्यतया दिन ठिकै छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । पारिवारिक सुख सम्मृद्धिमा बृद्धि हुनेछ । कुनै नयाँ कामको स्रोत फेला पर्ने दिन छ । जागिरमा भने समस्या देखा पर्ने देखिन्छ ।

बृश्चिक
स्वास्थ्यमा गडबडीको संकेत गर्दैछ । खानपिनमा सावधान रहनु होला । सानातिना काम र घरेलु समस्यामै अल्झनु पर्ने देखिन्छ । भौतिक साधनको क्षति हुने दिन छ । आज तपाइको सोच्दै नसोचेको ठाँउमा धन जादैछ । सामान्य रोगले पनि सताउने छ, होसियार रहनु होला ।

धनु
काममा सहयोगी साथीभाइहरुले राम्रो साथ दिनेछन् । खेतीपातीको कामबाट राम्रो लाभ लिन सकिन्छ । नयाँ जिम्मेवारी पाइएला । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । साथै, ब्यापार ब्यवसायबाट राम्रो लाभ पनि लिन सकिन्छ ।

मकर
तपाइका प्रशंसा गर्नेहरु बढ्नेछन् । ब्यापार ब्यवसायबाट पनि प्रशस्त फाइदा हुने देखिन्छ । व्यवसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । साथै, धन लाभ पनि हुनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साह बर्द्धक समय छ । आम्दानी बढ्न सक्छ, दिन रमाइलो साथ बित्नेछ ।

कुम्भ
टाढाको यात्राबाट धन प्राप्त हुने दिन छ । आफन्तजनको सहयोग पनि प्राप्त हुनेछ । अवसर आए पनि विचार गरेर मात्र नयाँ काम सुरु गर्नुहोला । कतै टाढाको यात्राको सम्भावना छ । बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने योग छ ।

मीन
भौतिक साधनको क्षतिले गर्दा खर्च हुने दिन छ । शरिरमा सामान्य रोगले पनि सताउन सक्छ । स्वास्थ्यगत कमजोरीले सताउला । मनमा घरायसी पिडाले डेरा जमाउन सक्छ । आज तपाइको अनावश्यक रुपमा पैसा खर्च हुर्दैछ । काम गर्नमा खासै मन नजाला ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता