Logo

श्री पाथिभरा माताको दर्शन गरि माघ ७ गते शुक्रवारको तपाईको भाग्य यस्तो छ हेर्नुहोला



 

मेषः समय राम्रो रहेकोले आम्दानीको तुलनामा खर्च कम हुँदा रुपैया पैसाको वचत हुनेछ । विदेशी सामानको व्यापार व्यावासय फस्टाएर जानेछ भने एनजिीओ आईएनजीओ जस्ता सस्थामा काम पाउने तथा बढुवा हुने योग रहेकोले । अध्ययन तथा कामको शिलशिलामा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

वृषः व्यापार व्यावसायबाट मनग्ने आम्दानी हुनेछ भने आम्दानीका नयाँ स्रोतहरु पहिल्याउन सकिनेछ । विभिन्न अवसरले पछ्याउने तथा रोजगारी पाउने समय रहेकोछ । भौतिक तथा भोगविलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्वन्ध सुमधुर बन्नेछ भने प्रेम सम्वन्धले आगामी दिनहरुमा विवाहरुपी निकास पाउने योग रहेकोछ । अध्ययनमा प्रगती हुनेछ तथा राम्रै नतिजा ल्याउन सकिनेछ ।

मिथुनः सामाजिक काम गर्ने वातावरण बन्ने तथा मानसम्मान,ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेकोछ । व्यापार व्यावसायमा लगानि गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ । विवादित विषयहरु ह्ल भएर जाने तथा पुराना समस्याहरु केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ ।

कर्कटः पढाइ लेखाइमा राम्रो प्रगती गर्न सकिनेछ भने पढाइकै शवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा रुची बढ्नेछ । सानो पैसाबाट सुरु गरीएको लगानी फस्टाएर जाने तथा मनग्गे फाईदा कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । धर्म सस्कृती तथा रितिरिवाज जर्गेना गर्ने काममा तपाईँको सहभागिता हुनेछ ।

सिंहः अध्ययनकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ भने खोज तथा अनुशन्धानको क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । व्यापारमा अलि बढि समय लगानी गर्दा आम्दानीमा बृद्धि भएर जानेछ । आफन्त तथा दिदि बहिनी तथा कुटुम्वको सहयोगले राम्रा काम गर्न सकिनेछ । तरपनि भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला ।

कन्याः व्यापारको शिलशिलामा लामो दुरीको यात्राको अधिक सम्भावना रहेकोछ भने व्यावसायमा लगानी गरी प्रशस्त नाँफा कमाउन सकिनेछ । अध्ययन,लेखन,कलासाहित्य तथा गित संगितमा चासो बढ्नेछ भने तपाईको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्वन्धमा विस्वासको वातावरण बढ्नेछ । भौतिक साधनहरु जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ ।

तुलाः न्यायिक निर्णयहरु आफ्नो पक्षमा पार्न सकिनेछ भने सत्रु परास्त हुनेछन् । बिद्या तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ । व्यापारमा लगानी गरी दिगो फाईदा हुने कार्य शुभारम्भ आरम्भ गर्न सकिनेछ । पुराना थाति रहेका कामहरु सम्पादन हुनेछन् ।

वृश्चिक स् राम्रा काम गरी अरुको विस्वास जित्न सकिनेछ । धैर्यधारण गरी काम गर्नाले कामहरु समयमा नै सम्पन्न हुनेछन् । नयाँ प्रविधिको प्रयोग मार्फत आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनार लगाउदै विजय भईनेछ । बैक तथा बित्तिय क्षेत्रको लगानी अथवा त्यो सँग सम्वन्धीत कामहरुबाट सन्तुष्टी हुन सकिनेछ ।

धनु स् भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । आफन्त तथा आमाको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । पढाइ लेखाइ तथा खोजमुलक काममा आन्तरिक यात्रा हुनेछ । माया गर्ने मान्छे पाईने तथा प्रेममा नजिक हुन सकिनेछ । समाजमा सबैलाई चित्तबुझ्दो काम गरी नाम कमाउन सकिनेछ । कृषि तथा शहकारी पेशा व्यावसाय गर्नेहरुका लागी समयले साथ दिनेछ । राजनीतिकर्मिका लागी आजको दिन उत्तम रहेकोछ ।

मकर ः व्यापार व्यावसायमा थोरै समय दिएपनि मनग्गे आम्दानी गर्न सकिनेछ । विवादित विषयहरु हल भएर जानेछन् भने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले अरुभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ । मन परेको मानिससँग छोटो तथा रमाईलो यात्राको तय गर्न सकिने तथा स्वादिष्ट भोजनमा रमाउन सकिनेछ ।

कुम्भः रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा साथिभाईका साथमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाईलो गर्दा गर्दै पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछी परिन सकिन्छ ध्यान दिनुहोला । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । व्यापार व्यावसायमा समय दिन सके मनग्गे आम्दानी हुनेछ ।

मीनः पढाइ लेखाइमा मन जाने तथा भनेजस्तो सफलता हात पार्न सकिनेछ । भौतिक सम्पती तथा शुन्दर पहिरनले व्याक्तित्वमा निखारता ल्याउन सकिनेछ । राजनीतिमा लाग्नेहरुका लागी समय उत्तम रहेकोले नाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पुराना कमी कमजोरीहरु सुधार्दै जीवन शैलिमा परिवर्तन गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता