Logo

पाथिभरा माताको दर्शन गरी पुष २६ गते सोमवारको राशिफल हेर्नुहोस्



 

मेषः– आय आर्जनका दृष्टिले आजको दिन तपाईको लागि अनुकुल रहेको छ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुने छ । आफन्तजनबाट पनि सहयोग पाईने छ । अवसर नगुमाउनु होला ।

वृषः– काममा देखिएका समस्या समाधान भएर जाने छन् । कुरा काट्नेहरु सहयोगको हात फैलाउन पछि पर्ने छैनन् । सामाजिक क्षेत्र लगाएतका ठाँउबाट मान सम्मान मिल्ने छ । नोकरीमा पनि राम्रै देखिन्छ ।

मिथुनः– आफ्ना काममा भन्दा अरुका काममा समय बढि खर्च हुनेछ । व्यापार व्यवसायमा पनि खासै प्रगति हुने देखिन्न । काम गरेर जश पनि मिल्ने छैन । यात्राको सम्भावनालाई भने नकार्न सकिन्न ।

कर्कटः– अशुभ समाचारले मनलाई दुखित बनाउने छ । काम गर्ने बातावरण मिल्ने छैन । गरेका काम पनि विवाद रहित देखिदैन । अनावस्यक खर्च बढ्ने छ । कुनै नयाँ काममा हात नहाल्नु होला ।

सिंहः– उद्योग,धन्दा बन्द व्यापारमा नयाँ सम्भावना देखा पर्ने छन् । व्यवसायिक लगानी पनि बढ्ने छ । यात्राको सम्भावनालाई नकार्न सकिन्न । जीवन साथिको सहयोगले मनलाई आनन्दित बनाउने छ ।

कन्याः–आज कडा मेहनत गर्नु पर्ला । सामान्य खटाईबाट काम बन्ने देखिदैन । मेहनतपूर्वक गरेका काम सफल हुनेछ र लाभान्वित पनि भईने छ । विरोधीसँगको लडाईमा विजय प्राप्त होला । आम्दानी हुने छ ।

तुलाः– समयको सदुपयोग गर्न पछि नपर्नु होला काममा आलटाल गर्दा अरुले फाइदा लिने छन् । यात्राबाट लाभ लिन सकिने छैन । पढाई लेखाईको चिन्ताले सताउने छ । बाहिरी काम बढि हुने देखिन्छ ।

वृश्चिकः– घरको बातावरण तपाईको लागि अनुकुल नबन्न पनि सक्छ । घरयासी खर्च वृद्धिले आर्थिक स्थिति कमजोर बन्ने छ । काम गर्ने जोश जागर घट्ने छ । मनमा एक प्रकारको चिन्ता रहि रहला ।

धनुः– उद्योग,पराक्रम बढ्ने छ । व्यापार व्यवसायमा पनि नयाँ सम्भावना देखिने छन् । व्यापारबाट आम्दानी पनि राम्रो हुने छ । अरुको सहयोग पनि पाईने छ र आफ्नो काम गर्न आफै पनि सक्षम हुनुहुने छ ।

मकरः– काम गर्दा बढि नवोल्नु होला । आफ्नो काममा नै बढि दत्तचित्त दिनुहोला । मेहनतपूर्वक गरेका काम सफल हुने छन् व्यापार व्यवसायबाट सामान्य लाभ हुने छ । मनमा भ्रम पालेर नबस्नु होला ।

कुम्भः– काममा देखिएका समस्या कम भएर जाने छन् । अनावस्यक खर्चमा पनि कमी आउने छ । व्यापार व्यवसायमा पनि सुधार आउने छ । काम गर्ने जोश जागर बढ्ने छ । आम्दानी बढ्ने छ ।

मिनः– तपाईको लागि आजको दिन त्यति अनुकुल छैन । काम गर्दा विचार पु¥याउनु होला । व्यापार व्यवसायमा गिरावट आउने छ । काम गर्दा विभिन्न समस्या आउन सक्छन् । अनावस्यक खर्च बढ्ने छ । विवाद बढ्ला ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता