Logo

पौष २२ गते बिहिबार – यस्तो छ तपाईको भाग्य  ! आफ्नो राशिफल हेर्नुहोस्



 

मेषः बिहानै उत्साह जगाउने समाचार सुन्न पाइनेछ । समाजमा प्रतिष्ठित काम गरी नाम दाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । खेलकुद तथा पराक्रमी क्रियाकलापमा भाग लिन सकिने तथा देश विदेशको यात्रा गर्न सकिनेछ । दाजुभाई तथा आफन्तसँग मिलेर गरीने व्यापार फस्टाएर जानेछ । स त्रु परास्त हुनेछन् भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउनेछन् । प्रेममा सामिप्यता बढेर जानेछ ।

वृषः आफन्त तथा कुटुम्ब सँगको चिसिएको नातामा सुधार आउनेछ भने मिष्ठान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ । थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ कामको प्रस्ताव आउनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेमील जोडीहरुले रमाईलो ठाउँको यात्रा गरी दिन व्यातित गर्न सक्नेछन् ।

मिथुनः अरुको विश्वास गर्नाले धो का पाईनेछ भने आश्वासन बाड्नेदेखि सजक रहनुहोला । एकपटक हुने काम पुनह अर्कोपटक गर्नुपर्ने अवस्था आउनेछ । व्यापारमा मन्दी आउनाले अर्थ अभावले सताउनेछ । अध्ययनमा समय दिन नसक्दा अरुभन्दा पछी परिनेछ । तरपनि लामो दुरिको यात्राको गतिलो योग रहेकोछ भने विदेशमा बसेर काम गर्नेहरुका लागी समय राम्रो रहेकोछ ।

कर्कटः व्यापारमा मन्दी आउने तथा उधारो लानेहरुको संख्या बढ्नेछ । स्वदेशी सामानको व्यापारमा कमी आएपनि विदेशमा उत्पादन भएका सामानको व्यापार बढ्नेछ । पढाइ लेखाइमा मन जाने छैन भने नतिजा अरु तिरै जानेछ । प्रेममा सुमधुरता तथा विस्वास बढ्ने योग रहेकोछ । काम तथा अवसरको खोजीमा दौडनु पर्नेछ ।

सिंहः अध्ययन तथा अनुशन्धानमा ध्यान केन्द्रित हुँदा उत्कृष्ट नजिता हात पार्न सकिनेछ । प्रविधिको उच्चतम् प्रयोग गरी रचानात्मक कार्य गर्न सकिनेछ । पैत्रिक धनको प्रयोग मार्फत व्यावसाय गरी रोजगारिका अवसर सिर्जना गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ ।

कन्याः आफुलाई मन पर्ने वा रुचिको विषय अध्ययन गरी बौद्धिकताको स्तर फराकिलो बनाउन सकिनेछ । राजनीतिज्ञ तथा बिशिष्ट व्याक्तित्वहरुको संगतले राम्रा काम गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पुरुषार्धि काम गरी लक्ष्य पहिल्याउन सकिनेछ । प्रेममा नजिक हुन सकिनेछ ।

तुलाः समयले साथ दिने हुँदा धर्म तथा अध्यात्म लगायत अन्य वस्तुको व्यापार फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक यात्रा हुने योग रहेकोछ भने पढाइ लेखाइमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना मनका कुरा साटासाट गर्न सकिनेछ । राजनीति तथा सामाजिक काममा रुचि बढ्नेछ ।

वृश्चिकः व्यापारमा लगानी गरेपनि तत्काल फाईदा हुने छैन । आफ्नो काममा भन्दा पनि अरुकै काममा समय व्यातित हुनेछ । महत्वकांक्षी योजनाहरु पुरा गर्न निकै संघर्ष गर्नुपर्नेछ । आफन्त तथा घरपरिवारका सदस्य हरुसँग राय बाजिनेछ । माया प्रेममा धो का तथा विश्वास घात हुनेछ । पढाइ लेखाइमा मन नजादा अरुभन्दा पछी परिनेछ ।

धनुः भौतिक साधन तथा सवारी साधनको प्रयोग गर्दा बिचार पुर्याउनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । अध्ययनमा मन नजाने हुनाले अरुभन्दा पछी परिने चिन्ताले सताउनेछ । आफन्त तथा घर परिवारका सदस्यहरुको पनि सहयोग तथा समर्थन नहुँदा एक्लोपनको महशुष हुनेछ । एकल तथा साझेदारी व्यावसायमा समय दिन नसक्दा आर्थिक व्यावस्थापन गर्न गाह्रो पर्नेछ ।

मकरः न्यायिक निर्णयहरु आफ्नो पक्षमा पार्न सकिनेछ भने स त्रु परास्त हुनेछन् । बिद्या तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ । व्यापारमा लगानी गरी दिगो फाईदा हुने कार्य शुभारम्भ आरम्भ गर्न सकिनेछ । पुराना थाति रहेका कामहरु सम्पादन हुनेछन् ।

कुम्भः आकस्मिक धन, सम्पती लाभ हुने तथा चिठ्ठा, उपहार प्राप्तीको योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी विचको माया सुमधुर भएर जानेछ । सन्तान तथा छोराछोरिले तपाईको काममा भरपुर सहयोग तथा समर्थन गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउँनेछ । बिद्यामा उत्कृष्ट नतिजा हात लाग्ने तथा पुरस्कार तपाईकै पोल्टोमा पर्नेछ ।

मीनः आफन्तहरु टाडिने तथा पति पत्नी बीच सामान्य मन(मुटावको सिर्जना हुनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछी परिनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागी समय मध्ययम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाईनेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकै नै समय खर्चनु पर्नेछ भने कृषी तथा पशुपालन व्यावसाय फस्टाउनेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता