Logo

३ जना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना, घटनास्थलमै सबैको मृत्यु



 

काठमाडौ । मोटरसाइकल दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । एउटा मोटरसाइकलमा ३ जना सवार थिए । घटना सर्लाहीको ईश्वरपुर नगरपालिका ३ बयलवास भक्तिपुर सडक खण्ड स्थित सागरनाथ जंगलमा भएको हो । तीन जना सवार मोटरसाइकल जंगलको वाटोमा हिड्दा दुर्घटनामा परेको हो ।

सागरनाथबाट बयलवासतर्फ जाँदै गरेको बा।१९प।७१९७ नम्बरको मोटरसाइकल शनिबार राति आफै दुर्घटनामा परेको बताइएको छ । मोटरसाइकल अनियन्त्रित भई सपेताको रुखमा ठ क्क र खाएको हो । मोटलसाइल वाटोभन्दा १० मिटल तल पुगेको थियो । उक्त दुर्घटनामा ईश्वरपुर नगरपालिका १० दशबिगाहा बस्ने २२ वर्षीय अरुण सिंह, २० वर्षीय श्रगम बिक र २२ बर्षीय रोहन सिंहको मृत्यु भएको बुढाथोकीले बताए ।

यो पनि सडक यातायातको पहुँच, व्यवसायिक रुपमा सञ्चालनका लागि योग्य नबन्नु र थप क्षमता विस्तार गर्न थालिएपछि देशभरका २१ वटा विमानस्थलमा अहिले कुनै पनि उडानरअवतरण हुँदैनन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको सार्वजनिक गरेको तथ्यांक अनुसार अहिले नेपालभर निर्माणाधीनसहित ५६ वटा विमानस्थल रहेका छन् । यी विमानस्थलमध्ये २१ वटा तयारी अवस्थाकै विमानस्थलमा समेत अहिले उडानरअवतरण हुन सकेको छैन । विगतमा यातायातको एक मात्र विकल्प रहेका बेला निकै चलेका विमानस्थलहरुसमेत अहिले गौचरणमा परिणत बनेका छन् ।

प्राधिकरणको विवरण अनुसार विगतमा निकै चलेका बागलुङ, रुकुम, ढोरपाटन, चौरजहारी, दार्चुला, पालुङटार ९गोरखा० समेतका विमानस्थल अहिले सञ्चालनमा छैनन् । दुई वर्ष अगाडि नै परीक्षण गरिएको गुल्मीको रेसुंगा विमानस्थल धावनमार्ग कालोपत्रे गर्न लागिएका कारण अहिले सञ्चालनमा छैन । व्यवसायिक रुपमा सञ्चालनका लागि योग्य नभएपछि चितवनको मेघौलीस्थित विमानस्थल समेत बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता