Logo

यस्तो छ तपाईको शनिवारको भाग्य ! पौष १७ गतेको राशिफल हेर्नुहोस्



 

मेषः सुखद समाचार सुन्न पाइने छ । दिन उत्तम रहेको छ । व्यापारमा प्रशस्त फाईदा हुनेछ । थप लगानि गर्ने वातावरण बन्नेछ । स्थाई सम्पति तथा मन परेको सामान उपहारको रुपमा प्राप्त हुनेछ । सन्तान तथा अनुयायिको साथले उपलब्धिमुलक काम गर्न सकिनेछ । छुट्टिएका प्रेम पुनः सुचारु हुनेछ । पढाई लेखाईमा मन जाने हुनाले वौद्धिक क्षेत्र बलियो हुनेछ ।

वृषः राजनीति तथा सामाजिक काममा समय दिएपनि न्यून उपलब्धीमा चित्त बुझाउनु पर्नेछ । व्यापार व्यवसायमा भनेजस्तो नाफा नभएपनि कृषि तथा पशुपालन व्यवसायबाट भने मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाई लेखाईमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । आमा तथा परिवारका सदस्यहरुसँग मन(मुटाव सिर्जना हुनेछ । माया प्रेममा धो का हुनेछ ।

मिथुनः उत्कृष्ट नतिजा हात पार्न थोरै समय लगानी नै काफी हुनेछ । छोटो तथा रमाईलो यात्राको तय गर्न सकिनेछ । विवादित विषयको निर्णय तयाईकै पक्षमा हुनेछन् । दाजुभाई तथा छिमेकीसँग मिलेर गरीने व्यापार व्यवसाय फस्टाएर जानेछ । भौतिक सम्पत्ती तथा नगद जुट्नाले लगानी गर्ने सहज वातावरण बन्नेछ । प्रेममा सामिप्यता बढेर जानेछ ।

कर्कटः व्यापार बढ्नुको साथै आम्दानीमा बढोत्तरिको योग रहेको छ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नुको साथै रमाईलो वातावरण समय व्यतित गर्न सकिनेछ । गायन तथा कलाकारीता क्षेत्रमा समय लगानी गर्नेहरुले नाम तथा दाम दुबै कमाउन सक्नेछन् । साँझपख यात्राको गतिलो योग रहेको छ भने न्यायिक निर्णय तपाईकै पक्षमा हुनेछन् ।

सिंहः भौतिक तथा विलाशी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । ओभर कन्फिडेन्टले नतिजा शुन्य जस्तै हुनेछ । व्यापारमा नाफा कमाउन निकै नै समय खर्चनु पर्नेछ । पढाई लेखाईमा मनग्गे समय खर्चिए पनि न्यून सफलता हात लागि हुनेछ । खानपान तथा स्वास्थ्यमा ध्यान नदिए खर्च बढ्ने योग रहेको छ । तर पनि बिहानको समयमा लामो दुरिको यात्रा हुने योग रहेको छ ।

कन्याः पढाई लेखाईमा मन नजाँदा भनेजस्तो नतिजा हात पर्न सकिने छैन । काम गर्दा वा सवारी चलाउदा ध्यान दिनुहोला द ण्ड तथा जरिवाना हुन सक्छ । स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ । व्यापार व्यवसायमा बढी नै समय दिएमात्र नतिजा हात पार्न सकिनेछ । ता पनी विदेशी सामानको खरिद बिक्रिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने विदेश यात्राको गतिलो योग रहेको छ ।

तुलाः व्यापार व्यवसायबाट मनग्ने आम्दानी हुनेछ भने आम्दानीका नयाँनयाँ स्रोतहरु पहिल्याउन सकिनेछ । विभिन्न अवसरले पछ्याउने तथा रोजगारि पाउने समय रहेको छ । भौतिक तथा भोग(विलासका सामानहरु प्राप्त हुनेछन् । दा म्प त्य अवस्था सुमधुर बन्नेछ भने प्रेमले आगामी दिनहरुमा विवाहरुपी निकास पाउने योग रहेको छ । अध्ययनमा प्रगती हुनेछ भने विद्यार्थी वर्गका लागि आजको दिन फलदायी रहनेछ ।

वृश्चिकः सामाजिक काम गर्ने वाताबरण बन्ने तथा मानसम्मान, ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेको छ । व्यापार व्यवसायमा लगानी गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ । विवादित विषयहरु हल भएर जाने तथा पुराना समस्याअरु केहि भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ ।

धनुः राम्रा तथा परिणाममुखि काम गरी अरुको मन जित्न सकिनेछ । आर्थिक समस्या हल भएर जानेछ भने व्यापारमा वृद्धि हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा समय लगानी गर्नेहरुले सफलता हात लगाउन सकिनेछ । धार्मिक कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहको छ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ ।

मकरः शरीर कमजोर हुनाले दैनिक कामहरु प्रभावित हुनेछन् । व्यावसायमा लगानी गरीहाल्ने समय नरहेकोले केहि समय कुर्नु नै राम्रो होला । सवारी साधन तथा भौतिक सम्पत्तीको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला । बाध्यतामा तथा अरुकै काममा समय व्यतित हुदा मन खिन्न हुनेछ । सानो उपलब्धीमा दिन व्यातित हुने सम्भावना रहेको छ ख्याल गर्नुहोला । तर पनि माया प्रेम राम्रो हुनेछ ।

कुम्भः व्यापार भावमा गोचर गर्ने चन्द्रमाले फेन्सी तथा विलाशी वस्तुको व्यापारबाट मनग्गे आम्दानी हुनेछ । एकल तथा साझेदारी व्यवसायमा लगानी बढाउन सकिनेछ । व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । सागी संगि तथा ईष्ट मित्रबाट उपहार प्राप्त हुनेछ । माया प्रेममा नजिक हुन सकिने तथा पति पत्नीबीच विश्वासको वातावरण बढेर जानेछ । पढाई लेखाईमा मन जाने तथा अरुलाई पछि पार्दै नतिजा आफूतिर ल्याउन सकिनेछ ।

मीनः श त्रु माथि वीजय गर्न सकिनेछ तथा आँट, शाहस, हिम्मतले कामहरु सम्पादन हुनेछन् । अध्ययनमा एक कदम अगाडी बढी नतिजा हात पार्न सकिनेछ । पुराना ऋण तिर्न सकिने तथा रोग केही भए विशेक हुनेछ । मामा मावली पक्षसँग बिग्रेका अवस्था सुधार हुनेछ । पछी सम्म आम्दानी भईरहने व्यवसाय शुरु गर्न सकिनेछ । प्रेम सुमधुर हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता