Logo

यस्तो छ तपाईको सोमबारको भाग्य ! पौष १२ गतेको राशिफल हेर्नुहोस्



 

मेष – पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । प्रतिष्ठित कामले आत्म–विश्वास बढाउनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । सहयोगीहरूले सकेको सहयोग गर्नेछन् । शुभचिन्तकको दृष्टि पर्नाले ताकेको काममा सफलता आर्जन हुनेछ । विभिन्न अवसरले पछ्याउने छन् । उचित काममा सही निर्णय लिन सकिने छ । शुभचिन्तकहरूले आफ्ना कमीरकमजोरी औंल्याएर सुध्रने मौका प्रदान गर्नेछन् । स्वास्थ्य सबल रहने छ । तर खानपानमा सचेत रहनुहोला । रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ । हौसला र हिम्मतका साथमा काम गर्ने दिन छ । छात्रछात्राले हरेक क्रियाकलापमा राम्रो नतिजा हात पार्ने समय देखिन्छ ।

बृष – मौकालाई चिन्नु आवश्यक छ, यद्यपि समय उत्साहप्रर्धक नै रहेको देखिन्छ । ठूलाबडाको सहयोग प्राप्त हुनेछ । सरकारी वा प्रशासनिक काममा सफलता मिल्नेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् भने गरेका कामबाट प्रशस्त लाभ हुनेछ । व्यापारमा प्रशस्त फाइदा हुने योग छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पितृधनलाई उपयोग गर्न सकिने छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । दाम, नाम, इनाम हात पर्ने बेला छ । दिगो फाइदा हुने काम प्राप्त हुनसक्छ । परिवारजनमा आत्मीयता बढ्ने छ ।

मिथुन – रोजगारी र व्यापारको क्षेत्रबाट प्रशस्त फाइदा हुने योग छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । व्यापारमा फाइदा हुनेछ । कीर्तिमानी कार्य सम्पादन गर्ने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिने छ । कर्मको प्रतिफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । परिश्रम र मिहिनेतका बलमा प्रशस्त लाभ उठाउन सकिने छ । प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुनसक्छ ।

कर्कट – मनमा डर र त्रा सको निवास भएकाले दिक्क लाग्नसक्छ, तर परिश्रम र मिहिनेतको प्रयोग गरेमा अन्त्यमा खुसीको वातावरण बन्नसक्छ । भाग्यको चन्द्रमा कमजोर छ, व्यस्त दिनचर्यामा सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने समय छ । सामाजिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ, यद्यपि नयाँ जिम्मेवारीले दूरगामी भविष्यमा सकारात्मक परिणाम प्राप्त हुनेछ, तर कुनै किसिमको नेतृत्व वहन नगरेको जाति हुन्छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट चाहिं प्रतिष्ठा मिल्न सक्छ । अनावश्यक र बकमफुसे कुराकानीमा समय बिताउनु राम्रो हुँदैन ।

सिंह – राशिस्वामी सूर्यको प्रभावले नकारात्मक ऊर्जा वहन गर्ने समय छ । काम बिग्रने भयले सताउला । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिने छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन् । गोपनीयतामा ध्यान पुर्याउनुहोला । सवारीमा सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पार्न सक्छ । स्वास्थ्य कमजोर रहनेछ । हुलमुलमा धनमाल हराउन सक्छ ।

कन्या – मन कल्पना र भावनामा रुमल्लिने दिन छ, यद्यपि हाँके ताकेका काममा सफलता मिल्नेछ । विभिन्न अवसरको प्राप्ति हुनाले मन प्रसन्न रहनेछ । सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिने छ । परिवारजनको साथले उत्साहित भइनेछ । प्रेम वा मित्रता सुमधुर हुने समय छ । आफन्त र साथीभाइको सहयोग तथा हौसला प्राप्त हुनेछ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । मनग्ये धनलाभ हुनेछ । व्यवसायको सिलसिलामा रमाइलो यात्रा हुनसक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिने छ । कामबाट फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ ।

तुला – यात्राको योग छ, यात्राबाट विशेष लाभ होला । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । आर्थिक क्रियाकलापमा सोचेअनुरूप फाइदा उठाउन सकिन्छ । रोग र झ मे ला हुनसक्ने छ, अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन् । तर्क र बहसमा पकड भएकै दिन छ, त्यसैले मान–सम्मानको रक्षा हुनेछ । गरेका काममा देखिएका बाधा हटाउन सकिने छ । व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिने छ । अधिकारका लागि भने अलि संघर्ष गर्नुपर्ला । प्रतिस्पर्धीले प्रयास गरेपनि सफल हुने छैन ।

बृश्चिक – आज पठनपाठन र ज्ञानका क्षेत्रमा तल्लीनता दिने समय हो, तर शरीरमा ऊर्जाको कमी हुने समय छ । त्यसैले लगनशील भएमा मात्र सोचेको उपलब्धि प्राप्त हुनसक्छ । प्रयत्न गरेका काम बिस्तारै भए पनि सम्पादन हुनेछन । सेवामूलक कामबाट धनलाभ हुनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट सामान्य लाभ मिल्नेछ । बौद्धिक प्रतिस्पर्धामा धेरै आशावादी हुनु हुँदैन । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ, तर जस पाउन गाह्रो छ । सन्ततिका समस्यामा ध्यान केन्द्रित हुनसक्छ । उपहार वा पुरस्कारको पर्खाइमा हुनुहुन्छ भने निराशा हात पर्नेछ । आफ्नै बाध्यताले सहयोगीहरूले साथ दिन सक्दैन । खेलमा रुचि जाग्न सक्छ ।

धनु – अरूको फाइदाका लागि खट्नु पर्ने दिन छ, त्यस्तै व्यक्तिगत उन्नति र प्रगतिका लागि परिस्थिति अलि प्रतिकूल रहने देखिन्छ । आत्मबल दह्रो बनाउनु पर्छ, सोचेको काममा विजय प्राप्त हुनेछ । विगतमा दिएको वचन पूरा गरिने छ । कुनै महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्न गो प नी य बाटोमा हिंड्नु राम्रो हुनेछ । पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ । आमाको माध्यमबाट काम बन्न सक्छ । टाढिएका साथीभाइ नजिकिने छन । पारिवारिक भेटघाटको समय छ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिने छ । आत्मीयजनसँग भेटघाट होला । सजावट काममा आकर्षित भइनेछ ।

मकर – दाजुभाइ र बन्धु बान्धवको काममा सहयोग लिन र दिन सकिने दिन छ । उद्योग तथा बन्दव्यापारमा प्रशस्त फाइदा मिल्ने समय छ । कमाएको धन सञ्चित हुनेछ वा पारमार्थिक काममा लगानी गरिने छ । पुरानो समस्यालाई निराकरण गर्ने उपाय सुझ्ने छ । घरायसी र दाम्पत्य अवस्था अनुकूल रहने छ । कृषि तथा पशुपालनको क्षेत्रमा राम्रो मुनाफा आर्जन गर्न सकिने छ । काममा सामान्य चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ । इष्टमित्र र सहयोगीहरूको साथ पाइने छ । आफ्नो आत्मबल र निर्णयमा गरिएका कामबाट फाइदा लिन सकिने छ । छात्रछात्राले परीक्षाप्रतियोगितामा विजय हासिल गर्नेछन् ।

कुम्भ – प्रेम र मित्रताका लागि उचित भूमिका निर्वाह गर्न नसक्नाले तीतोपन बढ्ने सम्भावना छ । सद्विचार लिनेहरूका लागि मात्र समय उत्साहजनक रहनेछ । धैर्यताका साथमा प्रयत्न गर्दा मनग्ये फाइदा उठाउन सकिने दिन पनि हो । मनमा आलस्य र अल्छीपनको निवास हुनाले अवसरले पछ्याउँदा पनि तिनलाई उपयोग गर्न सकिंदैन । मनपर्ने भौतिक साधन जोड्न मन लालायित हुनेछ, तर धनको अभाव खट्किने छ । धनको चन्द्रमा कमजोर भएकाले जि द्दीपन र घमण्ड त्याग्नु राम्रो हुन्छ, नत्र हठ गर्ने बानीले दुःख पाइएला । मानसम्मान र प्रतिष्ठामा आघात पुग्नसक्छ, सचेत हुनुपर्छ ।

मीन – अप्रिय समाचारले दुःखी तुल्याउने छ । पढाइलेखाइमा बाधा पुग्नेछ, त्यस्तै व्यापार र रोजगारीका क्षेत्रमा पनि सोचेको फाइदा उठ्ने सम्भावना छैन । नयाँ योजना कार्यान्वयनमा कठिनाइ हुनेछ । समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । प्रलोभन देखाउनेहरूले फ सा उन सक्छन । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । परिवारजनबाट टाढिनु पर्ला । आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । टाढाको यात्रा गर्ने अवसर त प्राप्त हुनेछ, धनमाल हराउने र झ मे ला आउने सम्भावना पनि छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता