Logo

पौष ११ गते आइतबार – यस्तो छ तपाईको भाग्य !  आफ्नो राशिफल हेर्नुहोस्



 

मेषः सुभ समाचार सुने बिहानको सुरुवात हुनेछ । तपाईको समय राम्रो रहेकोले विद्या तथा खोजमुलक क्षेत्रमा चासो बढ्ने छ । तपाईले भनेजस्तो नतिजा प्राप्त गर्न सकिनेछ । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाइकै पक्षमा हुनेछन् । आफन्त तथा मामा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले भौतिक सम्पत्तीको प्रयोग गर्दा ख्याल गर्नुहोला । यात्रा गर्दा ध्यान दिनुहोला कष्टकर यात्रा नहोला भन्न सकिन्न ।

वृषः बिहानको समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा नतिजा आफूतिरनै ल्याउन सकिनेछ । शेयर बजार तथा सट्टाको व्यवसायबाट मनग्गे आम्दानी हुनेछ । प्रेममा रमाउँन चाहनेहरुको लागि समय उत्तम रहेको छ । मध्यान्हबाट समय मध्ययम रहेकोले व्यापार व्यावसायमा मन्दी आउने समय रहेको छ । अवसरवादीहरुको चं गु ल मा परिनेछ ध्यान दिनुहोला । न्यायालयबाट न्याय पाउन कठिन रहेको छ ।

मिथुनः राम्रा काम गरी अरुको विस्वास जित्न सकिनेछ भने पुरुषार्थी काम गरी नतिजा आफैँतिर पार्न सकिनेछ । नयाँ प्रविधीको प्रयोग मार्फत आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनार लगाउँदै विजय भईनेछ । आफन्त तथा मामापक्षबाट भनेजस्तो सहयोग पाईनाले मन प्रशन्न रहनेछ । खर्च बढेपनि राम्रा काम गर्दै अगाडि बढ्न सकिनेछ ।

कर्कटः घर परिवार तथा आफन्तका बीच देखिने तित्तता हल गर्दै राम्रा काम गर्न सकिनेछ । विलाशी तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । बढि नै रमाईलो गर्न खोज्दा शुभचिन्तकहरु रिसाउनेछन् । हतारमा गरीने निर्णय घा त क हुनेछ । मध्यान्हबाट पढाई लेखाईमा मन जानेछ । उपहार तथा भौतिक सम्पत्ती प्राप्तीको योग रहेको छ ।

सिंहः प्रतिस्पर्धामा सहभागि हुनु परेपनि प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ । पराक्रमी क्रिर्याकलापमा भाग लिई नाम तथा दाम दुबै कमाउन सकिनेछ । लेखन,कला तथा साहित्यमा रुचि बढ्नेछ । प्रेमील जोडीहरुका लागि समय उत्तम रहेको छ । मध्यान्हबाट मसय मध्यम रहेकोले खानपानमा ध्यान दिनुहोला । अनावश्यक यात्रा नगर्नु नै राम्रो रहनेछ ।

कन्याः व्यापार बढ्नुको साथै आम्दानीमा बढोत्तरिको योग रहेकोछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नुको साथै रमाईलो वातावरण समय व्यतित गर्न सकिनेछ । गाएन तथा कलाकारीता क्षेत्रमा समय लगानी गर्नेहरुले नाम तथा दाम दुबै कमाउन सक्नेछन् । साँझपख यात्राको गतिलो योग रहेको छ भने न्यायिक निर्णय तपाईकै पक्षमा हुनेछन् ।

तुलाः टाडिएका मित्र तथा आफन्तसँगको भेटले मन प्रशन्न हुनेछ । पुराना कमिकमजोरी हरुलाई सच्याउँदै रचनात्मक काम गर्न सकिनेछ । विलाशी वस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ । नयाँ कामको अवसर आउने तथा गरीरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

वृश्चिकः बिहानको समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ । अध्ययनमा मन जाने छैन । मध्यान्हबाट समय राम्रो रहेकोले प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । ब्यवसाय गर्नेहरुका लागि राम्रो समय छ भने सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ । अन्य कारोबार गर्नेहरुको हकमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

धनुः अध्ययन तथा अनुसन्धानमा ध्यान केन्द्रित हुँदा उत्कृष्ट नजिता हात पार्न सकिनेछ । प्रविधिको उच्चतम् प्रयोग गरी रचानात्मक कार्य गर्न सकिनेछ । पैत्रिक धनको प्रयोग मार्फत व्यवसाय गरी रोजगारिका अवसर सिर्जना गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ । मध्यान्हबाट यात्रा गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेको छ ।

मकरः राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ भने कार्यक्षेत्रमा तारिफ योग्य काम गरी लोकप्रियता कमाउन सकिनेछ । शिक्षामा प्रविधिको प्रयोग गरि भनेजस्तो नतिजा हात पार्न सकिने हुनाले प्रतिस्पर्धीहरु किनारा लाग्नेछन् । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ । नयाँ काम पाउने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेको छ ।

कुम्भः लामो दुरीको धार्मिक प्रतिष्ठान तथा मन्दीर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारी तथा प्रशासनिक काममा सम्मानजनक उपस्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगती भएर जानेछ । धार्मिक यात्राको तय गर्न सकिनेछ । प्रेम तथा मित्रताको गाँठो कसिलो भएर जानेछ ।

मीनः भौतिक वस्तु तथा सवारी साधनको कारोवार गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । आफन्त तथा साथी भाईसँग मनमुटाव सिर्जना हुने योग रहेको छ । व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोले गरीरहेको कामलाई निरन्तरता दिनुहोला । मध्यान्हबाट समय राम्रो रहेकोले दैनिक उपभोग्य सामानको कारोवारमा वृद्धि हुनेछ भने अन्य व्यवसायमा मन्दि आउनेछ । कहि कतैको यात्रा नगर्नु नै राम्रो हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता