Logo

पुष महिना यी राशिका लागि रहनेछ शुभ !  आफ्नो भाग्य थाहा पाउन पुषको मासिक राशिफल हेर्नुहोस्



 

मेषः यो महिना अत्यन्तै लाभदायक रहेको छ । उत्साह बढ्नेछ । मित्रवर्गसित भेटघाट गर्ने अवसर प्राप्त हुनेछ । परिवारका सदस्यहरूसित वैचारिक मतभेद हुुनसक्छ । अपजस आइलाग्ने सम्भावना छ । कतिपय कुुरामा छोराछोरीसँग पनि विवाद सिर्जना हुनेछ । १५ गतेपछिको समय अनुकूल रहनेछ । महिनाको अन्त्यमा परिवारका सदस्यहरू सहयोग गर्न प्रयत्नशील रहनेछन् ।

वृषः प्रसन्नता छाउनेछ । शरीर स्वस्थ रहनेछ । आर्थिक पक्ष सबल हुनेछ । आफन्त एवं इष्टमित्रसित भेटघाट हुुनसक्छ । पारिवारिक खुुसी बढ्नेछ । केही समयका लागि परिवारसँग कतै घुम्न जाने अवसर प्राप्त होला । नवविवाहितहरूले पनि घुमफिरका साथै माइतीमा समय बिताउने अवसर पाउनेछन् ।

मिथुनः टाउको एवं आँखा दुुख्ने समस्या देखा पर्नसक्छ । दाम्पत्य जीवन सुखमय रहनेछ । जीवनसाथीबाट अपेक्षित सहयोग प्राप्त हुनेछ । छोराछोरीबाट पनि सुख एवं सन्तोष मिल्नेछ । अनावश्यक खर्च हुुने तथा माल–सामान हराउने योग भएकाले सतर्क रहनुहोला ।

कर्कटः कामकाजमा व्यस्त हुनुपर्ला । कुनै कामविशेषले यात्रा गर्नुुपर्नेछ । मौसम परिवर्तनका कारण स्वास्थ्यमा समस्या देखापर्नसक्छ । दाम्पत्य जीवन सुखमय रहनेछ । पारिवारिक सुख मिल्नेछ । छोराछोरीको खुसीका निम्ति केही अतिरिक्त खर्च हुनसक्छ । दम्पतिमा इच्छा एवं आवश्यकता बुझी कार्य गर्ने प्रयास हुनेछ ।

सिंहः व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । सहयोगी हातहरू पछि हट्न सक्छन् । कुुनै–कुुनै कार्यमा भने अपेक्षाअनुुरूप सफलता नमिल्नसक्छ । महिनाको सुरुमा दाम्पत्य जीवनमा खट पट परे पनि पछि भने अवस्था राम्रो रहनेछ । विशेष सामग्री किनमेल हुनेछ । कहीँकतैबाट आकस्मिक उपहार प्राप्त हुनसक्छ । पारिवारिक सुख मिल्नेछ ।

कन्याः समय अनुकूल छ । विभिन्न ठाउँ घुम्ने अवसर प्राप्त हुनेछ । सबैले तपाईंको बोली एवं कार्यदक्षताको प्रशंसा गर्नेछन् । काममा विशेष सफलता मिल्नेछ । यात्रामा कठिनाइको सामना गर्नुपर्ला । किनमेल गर्दा पनि सजग रहनुपर्ने समय छ । आफन्त तथा इष्टमित्र सबैबाट उचित मान–सम्मान मिल्नेछ । दाम्पत्य जीवनमा सामान्य विवाद उत्पन्न हुनसक्छ ।

तुलाः विशेष कार्यमा सफलता मिल्नेछ । विभिन्न माध्यमबाट सहयोग प्राप्त होला । घरमा कुुनै सामग्रीमा हेरफेर हुुनसक्छ । माइती पक्षसँग भेटघाट गर्ने मौका मिल्नेछ । जीवनसाथीबाट अपेक्षित सहयोग एवं सद्भाव पाइनेछ । आकस्मिक उपहार प्राप्त हुने सम्भावना पनि छ । महिनाको सुरुमा अनपेक्षित विवादको योग छ ।

वृश्चिकः आकस्मिक स्वास्थ्य समस्या देखा पर्नेछ । सबै कुरा यथास्थितिमा चल्दै जानेछन् । ११ गतेपछि अनुकूल समय आउनेछ । आफ्नो इच्छानुुसार समय बिताउने अवसर मिल्नेछ । महिलाहरुको माइती पक्षसँग भेटघाट हुनेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । अनपेक्षित विवादको योग भएकाले कसैसित कुरा गर्दा आफ्नो अहंको प्रदर्शन नगर्नुहोला ।

धनुः धार्मिक कार्यमा मन जानेछ । कुनै कुराले मनमा एक प्रकारको डर उत्पन्न हुुनसक्छ । आर्थिक कारोबार गर्दा सजग रहनुहोला । व्यावसायिक क्षेत्रमा बाधा उत्पन्न भए पनि आर्थिक पक्ष सबल रहनेछ । पारिवारिक, सन्तान, दाम्पत्य एवं मित्र सुख प्राप्त हुनेछ । आफ्नो जोडीको मुडलाई ख्याल गरे सम्भावित विवादबाट जोगिन सकिन्छ ।

मकरः यात्रा हुुने योग छ । स्वास्थ्य स्थिर रहनेछ । परिवारका सदस्यहरूको स्वास्थ्यमा समस्या देखापर्नसक्छ । महिनाको सुरुमा कुनै कुराले मन चञ्चल बनाउने छ भने कसैसँग भना भन पनि हुनसक्छ । १५ गतेपछि सबै कुरा सामान्य हुनेछन् । मनमा भएको बोझ हट्नेछ । पारिवारिक सुख मिल्नेछ ।

कुम्भः स्वास्थ्यस्थिति राम्रो रहनुका साथै शरीर पनि फुर्तिलो हुनेछ । आफ्नो इच्छानुरूप काम गर्ने मौका मिल्नेछ । कसैले औंला ठड्याउने प्रयास गरे पनि त्यस्ता व्यक्ति असफल नै हुनेछन् । सबै बोझ हटेर मन चङ्गा रहनेछ । वादविवाद हुने योग भएकाले सतर्क रहनुहोला । बोली एवं व्यवहारमा ध्यान पुर्‍याउनुपर्ने समय छ ।

मीनः अपेक्षाअनुरूप सफलता मिल्नेछ । व्यावसायिक क्षेत्रबाट राम्रो फाइदा हुनेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । जीवनसाथीबाट सहयोग पाइनेछ । छोराछोरीको कुुरालाई लिएर परिवारमा वैचारिक मतभेद उत्पन्न होला । छोराछोरी काबु बाहिर जानसक्छन् । इष्टमित्र एवं साथीभाइसँग भेटघाट गर्ने अवसर प्राप्त होला । सामान्य स्वास्थ्य समस्या देखापर्नसक्छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता