Logo

मंसिर २७ गते सोमबार – यस्तो छ तपाईको भाग्य !आफ्नो राशिफल हेर्नुहोस्



 

मेषः तपाईको सोमबार धेरै राम्रो छ । सुखद खबर सुन्न पाइने छ । सामाजिक कार्यबाट प्रसिद्धि कमाइने छ । शत्रु परास्त हुनेछन् । श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ । धन सिञ्चित हुनेछ । बोलीको प्रभाव बढ्ला । जागिरमा पदोन्नतिको हुने सम्भावना छ । पारिवारिक समस्या हट्नेछ ।

बृषः राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मन अस्थिर रहनेछ । पराक्रम घट्नेछ । धार्मिक आस्था घट्नेछ । यात्रामा बाधा पर्न सक्छ । आफन्तबाट साथ सहयोग मिल्नेछ । मिष्ठान्न भोजन हुनेछ । अध्ययनमा बाधा आउँला । शत्रुहरुसँग टाढै रहनु उत्तम देखिन्छ ।

मिथुनः खर्च बढ्नेछ । सामाजिक कामको जिम्मेवारी बढ्नेछ। पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । अध्ययनमा बाधा आउला। धन आर्जन गर्न कडा मेहनत गर्नु पर्ने हुन सक्छ । प्रेममा सफलता मिल्नेछ । आकस्मिक धन प्राप्तिको योग छ । मु द्दा मामिला तपाईको पक्षमा हुनेछन् । स्वास्थ्यमा समस्या देखिनेछ ।

कर्कटः परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। गोपनीयता बाहिरिनाले समस्या पर्नेछ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। अध्ययनमा रुची बढ्ला । बौद्धिकताको प्रसंशा हुनेछ । आकस्मिक लाभको सम्भावना । अनावश्यक झमेलामा फसिने सम्भावना छ । मानसिक त ना व बढ्ने छ । पारिवारिक कलहको सम्भावना, पति–पत्नीबीच विवाद होला ।

सिंहः मान सम्मान मिल्नेछ । व्यवसायमा लाभ । अध्ययनमा सफलता मिल्नेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रता सुमधुर हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ।व्यावसायिक सफलता । आफन्तबाट जोगिनुहोला । धार्मिक कार्यमा मन लाग्नेछ । लामो दूरीको यात्रा नगर्नुहोला ।

कन्याः नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। प्रेममा सफलता मिल्नेछ । नयाँ कामको अवसर मिल्नेछ । व्यापारमा हानी हुने योग छ । राजनीतिमा शुभ देखिन्छ । सामाजिक कार्यबाट लाभ मिल्नेछ ।

तुलाः सहयोगी प्रशस्त हुनेछन् । घरमा कलह बढ्ला । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। कामको मेसो नमिल्दा पछि परिनेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्।निर्णय लिन द्विविधा होला । प्रेममा बाधा आउने छ । अध्ययनमा सुधार, आर्थिक लाभको सम्भावना । मानसिक चिन्ताले सताउला । काममा अवरोध हुन सक्ला ।

बृश्चिकः सोमबार सुखद बित्नेछ । पारिवारिक साथ सहयोग मिल्नेछ । आर्थिक लाभको सम्भावना छ । मिष्ठान्न भोजन हुनेछ । वैदेशिक यात्राको सम्भावना देखिन्छ । आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् । हल्लाको भरमा अरूको विश्वास गर्दा धोका पाइनेछ ।

धनुः नयाँ व्यापार व्यवसाय गर्दा उत्तम देखिन्छ । नोकरीमा प्रशंसा हुनेछ । पारिवारिक सुख प्राप्ति पाइनेछ । मन प्रफूल्लित रहनेछ । शत्रु सक्रिय हुनेछन्, आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ । अध्ययनमा रुची बढ्ला । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् ।

मकरः शुभ समाचार सुनेर दिनको सुरुवात हुनेछ । हर्षित पार्ने खबर सुन्न पाइने छ । तपाईको काममा धेरै प्रशंशा हुनेछ । रोकिएका काममा सफलता मिल्नेछ । मिष्ठान्न भोजन । आर्थिक क्षेत्रमा विवाद बढ्ला । चोटपटक लाग्न सक्छ । वादविवाद हुने सम्भवान छ । आलोचना गर्नेहरु प्रशस्त हुनेछन् । मनमा अशान्ति छाउन सक्छ । यात्रा सुखद हुनेछ ।

कुम्भः वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन् । आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। आफन्तबाट धोका हुन सक्ला । जागिरमा पदोन्नतति होला । विलासिताका सामान प्राप्त हुने योग छ । सन्तानबाट चिन्ता थपिनेछ । व्यापारमा फाइदा हुने देखिन्छ । प्रेम सफल हुनेछ । आफन्तहरुसँगको भेटघाटले मन प्रफूल्लित होला ।

मीनः काममा प्रशंसा हुनेछ । अध्ययनमा सफलता मिल्नेछ । आकस्मिक धन लाभको सम्भावना छ। करकापमा परी काममा जुट्नुपर्ने वा विशेष निर्णय लिनुपर्ने परिस्थिति आउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । पारिवारिक कलहको सम्भावना छ । स्वास्थयमा समस्या देखिन सक्छ । वैदेशिक यात्राको योग छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता