Logo

यो साता यी राशि हुनेहरु हुँदैछन् मालामालरु मंसिर २६ गतेदेखि पौष ३ गतेसम्मको राशिफल हेर्नुहोस्



 

मेषः साताको धेरैजसो समय अनुकूल देखिएको छ । कर्मक्षेत्रबाट लाभ र सफता प्राप्त हुनेछ । विशेष प्रस्ताव पनि आउनसक्ने छ भने व्यवसायिक मानसम्मानमा बृद्धि हुनेछ । निमन्त्रणा, स्वागत सत्कार एवं कोशेली उपहार मिल्नेछ । मङ्गलवार साँझदेखि र बिहीवारसम्म सामाजिक कार्यमा समय दिनपर्न सक्नेछ । भलै सञ्चित धनको खर्चपनि हुनसक्ने छ रपनि व्यवसायिक कामकार्यबाट केही हद्सम्म धन वृद्धि पनि हुनेछ । बोलीवचनको प्रभाव पार्न अल्लि बुद्धिपुर्याउनु पर्ने देखिन्छ । शुक्र र शनिवार शरीरमा जोश जाँगर बढ्ने छ, थाति रहेका कामकार्यहरु पूरा गर्न सकिने छ । पौरख गरेर अरुको मन जित्नसकिने छ । यो साता तपाईको लागि भगवान भैरवदेवको स्तुति आराधना गर्नु हितकर हुनेछ ।

वृषः साताको शुरुमा केही अबरोध एवं संघर्ष र अभावको स्थितिको सामना गर्नपर्ने हुनसक्ने छ । धेरै फुर्ति नगरेको राम्रो हुनेछ । संयमता पूर्वक कार्यक्षेत्रमा तल्लिन रहनुले भने केही उपलब्धि हासिल गर्न सकिनेछ । खर्चको मात्रा पनि बढेर जाने देखिएको छ । मङ्गलवार साँझपछि कामकार्यमा सफलता मिल्नेछ । मानसम्मान एवं समर्थक बढ्ने, सांसारिक रमाइलो मनोरञ्जन आदिको अवसर मिल्नसक्ने छ । मनमा शान्ति एवं सुखको अनुभूति हुनेछ । व्यवसायिक लगानीको अवसर प्राप्त हुनसक्ने छ । शुक्र र शनिवार बोलिवचनको व्यवहार गर्दा ख्याल पुर्याउनु होला । सञ्चित धनको खर्च हुनसक्ने छ । यो साता तपाईले ग्रहको भाव निवृतिको लागि इष्टदेवको स्तुति आराधना बढाउनु हितकर हुनेछ ।

मिथुनः साताको शुरुमा केही अबरोधको बाबजुत व्यवसायिक लाभ एवम् सफलता प्राप्त गर्नसकिने छ । विशेष ठानिएको काम पूरा गर्न कठिन देखिएको छ उपाय अवलम्बन गर्नुपर्ला । प्रशंसकहरु बढ्ने छन्, सहयोगी मिल्ने र आँट साहसमा प्रचुरमात्रामा बृद्धि हुनेछ । कुनै विशेष कार्यको बारेमा चिन्तन मनन् हुने तथा योजना बन्नसक्नेछ । मङ्गलवार साँझपछि भने सामान्यतया संघर्षकर छ । खर्चको मात्रा बढ्ने र कामकार्यमा पनि बाधाको सामना गर्नपर्नसक्ने देखिन्छ । रपनि आकस्मिक उपलब्धि भने हुनसक्ने छ । शुक्र र शनिवारको गोचर सामान्यतया अनुकूल रहनेछ । मुख्य कार्यमा बाधा आएपनि ससाना कामकार्यमा सफलता मिल्ने र उपलब्धि हासिल गर्न सकिनेछ । व्यवहारिक वातावरण अनुकूल हुनेछ । यो साता तपाईले भगवान भैरवदेव, महावीर हनुमान र रिद्धि(सिद्धिपते श्री गणेशको आराधना तथा स्तुति उपाशना गर्नाले अबरोधलाई कम गर्न मद्दत मिल्ने छ ।

कर्कटः सफलता उन्मुख साता छ । शुरुमा मानप्रतिष्ठा बढ्ने र राजनीति एवं समाजसेवा एवं जागिर आदि क्षेत्रमा अनुकूल स्थिति सृजना हुनेछ । विशेष कामकार्यको बारेमा गम्भीर चिन्तनमनन् हुनसक्ने छ भने उच्चपदस्थ व्यक्तित्त्वसँग अवस्था राम्रो हुनेछ । केही महत्त्वाकाँक्षा पनि बढ्नसक्ने छ । बुध र बिहीवार व्यापार एवं व्यवसाय आदिबाट लाभ गर्न सकिनेछ । समयको दुपयोग गर्दै स्वकर्म एवं क्षेत्रमा बढी समय दिनु बुद्धिमानी हुनेछ । शुक्र र शनिवार केही प्रतिकूलता सृजना हुने र खर्चको भारपनि थपिने, काममा अबरोध आइपर्नसक्ने सम्भावना छ आवश्यक सावधानी अप्नाउनु होला । यो साता तपाईको लागि भगवान महावीर हनुमान एवं भैरवदेवको स्तुति आराधना गर्नु फापप्रद हुनेछ ।

सिंहः साता सामान्यतया अनुकूल देखिएको छ । रपनि शुरुका दिनमा केही दबाबको सामना गर्नपर्ने सम्भावना छ । केही संकोच एवं कान्तिमा मलिनताको बाबजुत धार्मिक कामकार्यमा सरिक हुन पाइनेछ । विद्वान ज्ञानीजनहरुसँगको संसर्गले पुण्योदय हुनेछ । क्रमशः व्यवसाय आदिमा उन्नति प्रगति हुनगई आकस्मिक लाभको सम्भावना छ । मानसम्मान तथा अधिकार प्राप्तिको सम्भावना देखिन्छ । राजनीति, समाजसेवा तथा सांगठानिक कामकार्यमा पदीय हैसियत मिल्नसक्ने छ भने जागिर आदिमा रहेकाहरुको लागि पदोन्नतिको सम्भावना छ । विशेष साथसहयोग तथा समर्थक जुटाउन सकनुहुनेछ । यो साता तपाईले भगवान श्री लक्ष्मीनारायणको श्रद्धाभक्ति र स्तुति गर्नुले थप राम्रो उपलब्धि हातपार्न मद्दत हुनेछ ।

कन्याः शुरुमा गोचर त्यति अनुकूल देखिएको छैन । अल्लि सावधानी अप्नाउनु बुद्धिमानी हुनेछ । स्वास्थ्यमा समस्या पर्नसक्ने छ रोगीले आहार विहारमा ध्यान दिन जरुरी छ । भने सबैले सावधानी अप्नाउनु बुद्धिमानी हुनेछ । मङ्गलवार साँझबाट स्थितिमा केही सुधार आउने छ । रपनि मुख्यमुख्य काम प्रभावित हुनसक्ने गोचर छ । मानसिक द बा ब पनि नपर्ला भन्न सकिन्न । शुक्र र शनिवार मानप्रतिष्ठा प्राप्त हुने तथा उच्च अधिकारीसँग सम्पर्क बढाउन सकिनेछ । कार्यक्षेत्र, समाजसेवा तथा राजनीतिमासफलता मिल्नेछ । यो साता तपाईले भगवान हनुमान, गुरु गणपतिको साथमा भैरवदेवको उपाशना गर्नुले अनिष्टकर ग्रहफललाई कम गर्न मद्दत हुनेछ ।

तुलाः साताको शुरुमा रङ्गराग बढ्ने तथा दाम्पत्य धर्म एवं प्रेममा तर्फ आकर्षण बढ्ने छ । यात्रा, व्यपार एवं जनसंपर्कका कार्यमा सफलता मिल्नेछ । व्यवसायिक कार्यादि पेशाकर्मबाट लाभ एवं उपलब्धि हातपार्न सकिने छ । बुध र बिहीवारसम्म भने स्वास्थ्यमा प्रतिकूलता बढ्नसक्ने तथा कामकार्यमा पनि परिशानी हुनसक्ने छ । र पनि आकस्मिक लाभ एवं उपलब्धि पनि हुनेछ । शुक्र र शनिवार स्वास्थ्यमा सुधार आउने र अपेक्षित कार्यमा केही सफलता मिल्नेछ । यो साता तपाईको लागि भगवान भैरवदेवको साथमा आफ्नो इष्टदेवको स्तुति आराधना बढाउनु शुभकर हुनेछ ।

वृश्चिकः शुरुका दिनमा केही अबरोधको बाबजुतपनि काम अघि बढ्ने एवं स्फुर्ति पनि बढ्नेछ । कामकार्यमा सफलता एवं लाभ मिल्नेछ । प्रतिस्पर्धामा सफल भइने र मान्छेहरुले प्रसंशा गर्नेछन् । मङ्गल पछि प्रेम एवं दाम्पत्य सुधार एवं समझदारी कायम हुने र विपरित लि ङ्गी को साथसहयोगले कुनै विशेष कार्य सम्पादन हुनसक्ने छ । व्यापार व्यवसायकमा व्यवहारिक कुसलतालाई ध्यान दिनाले राम्रो लाभ गर्नसकिने छ । यात्राको अवसर मिल्नेछ । शुक्र र शनिवार स्वास्थ्यमा प्रतिकूलता सृजना हुनसक्ने छ, आहार(विहारमा सावधानी अप्नाउनु पर्ला । कार्यव्यवहारमा पनि संयमित भएको राम्रो हुनेछ । यो साता तपाईले भगवान भैरवदेवको साथमा महावीर हनुमान र गुरुगणपतिदेवको दर्शनभक्ति स्तुति आराधना गर्नु लाभप्रद हुनेछ ।

धनुः शुरुमा समयको सदुपयोग गर्न खोज्ने विद्यार्थीहरुको लागि लेखन एवं अध्ययनमा सफलता प्राप्त हुनेछ । ज्ञान, बुद्धिविवेक एवं तर्कशक्तिको सदुपयोग गर्न पाइनेछ । अन्यथा अभिमान बढ्ने र सैद्धान्तिक विचलन आउने सम्भावना छ । सन्तानको क्षेत्रबाट भने केहीहद्सम्म सन्तोष जनक व्यवहार मिल्नसक्ने छ । बुधवारबाट आफन्तिजनको शुभ समचार प्राप्त गर्न सकिनेछ । पुरुषार्थ बढ्नेछ, थातिरहेका केही काम बन्नेछन् । क्रमशः दाम्पत्य तथा प्रेममा प्रगाढता आउनेछ । विपरित लि ङ्गी को साथसहयोग मिल्ने देखिएको छ । व्यवसायिक ध न्दा आदिबाट केही उपलब्धि हुनेछ । यो साता तपाईको लागि माँ इन्द्रायणी, महावीर हनुमान र बिघ्नविनाशक श्री गणेशको स्तुति एवं उपाशना गर्नु शुभप्रद हुनेछ ।

मकरः साताको शुरुमा अल्लि संयमित भएर जनव्यवहार तथा आफ्नो कामकार्य सम्पादन गर्नु उचित हुनेछ । बोलीव्यवहार आदिमा सजग हुन जरुरी हुनेछ । अनपेक्षित लाभ एवं उपलब्धि हुनसक्ने कुरालाई भने नकार्न सकिन्न । मङ्गलवार साँझबाट बुद्धिमतापूर्वक अघि बढ्नेहरुको लागि समय उपलब्धिमूलक नै हुनेछ । विद्यार्थीले अध्ययनको क्षेत्रमा सफलता प्राप्त गर्नसकिनेछ । बोली(बाठो हुनखोज्दा गो प नी यता खुस्कन सक्ने तर्फ चनाखो हुन जरुरी देखिन्छ । कसैकसैलाई अर्काको चियो(चर्चोमा भुल्दा आफ्नो मुख्यकाम थाति रहनसक्ने पनि सम्भावना रहन्छ । शुक्र र शनिवार स्वास्थ्यमा आरोग्यलाभ हुने, प्रतिस्पर्धिका विरुद्ध खरो उत्रनसकिने र कार्यक्षेत्रमा पनि सफलता मिल्ने छ । स्वास्थ्यमा रोगको सामना गर्न भने पर्नसक्ने छ । यो साता तपाईले माँ बगलामुखी वा सरस्वती र भैरवदेवको स्तुति आराधना एवं उपाशना गर्नु शुभप्रद रहने देखिन्छ ।

कुम्भः साताको शुरुमा अपेक्षित विशेष काममा अबरोधको सामना गर्नपरे पनि अन्य दैनिकी कार्यबाट आयआम्दानी बढ्नुको साथै शारीरिक पराक्रम बढ्ने छ । प्रतिस्पर्धामा विजयी उन्मुख हुनसकिनेछ छ भने स्वास्थ्यमा अनुकूलता आउनेछ । मङ्गलवार साँझबाट बोलीचालीमा संयम अप्नाउनु पर्ला, कसैकसैलाई झ ग डा हुने, आफन्तिजन टाढिने, लहैलहैमा कसैसँग नराम्रो हुनसक्ने जस्तो गोचर देखिएको छ । मातृशक्तिको सेवा तथा आर्शिवाद ग्रहण गर्नाले प्रतिकूलता टर्नसक्ने छ । शुक्र र शनिवार स्थितिमा सुधार आउने छ । संयमित ढंगले व्यवहार गर्नेलाई केही उपलब्धि पनि मिल्नेछ । अध्ययनमा सफलता मिल्नेछ । रपनि अर्काको चियोचर्चोतिर लाग्दा आफ्नो काम थाति रहने र पछि पछुतो हुनसक्ने छ । यो साता आउने अबरोधलाई कम गर्न तपाईले भगवान भैरवदेव र महावीर हनुमानको स्तुति आराधना गर्नु उचित हुनेछ ।

मीनः साता धेरैजसो पक्षमा सामान्य अनुकूल देखिएको छ । विशेष प्रयत्न गरेको काममा वा पाएको आश्वासन पूरारुपमा उपलब्धि प्राप्त गर्न भने कठिन देखिन्छ । मानसिक एवं शारी(रिक उमङ्ग बढ्ने छ । रपनि केहीहद्सम्म व्यवहारिक कर्माभ्यासले सुख समृद्धि एवम् शान्ति मिल्ने तथा व्यवसाय आदिबाट आर्थिक लाभगर्न सकिने छ । नाता कुटुम्बिक अवस्था बलियो हुनेछ । पशुचौपाय एवं कृषि आदिबाट उपलब्धि तथा लाभ प्राप्त गर्नसकिने छ । पौरख गर्नसकिने छ र रोकिएर रहेका केही कामहरु बन्नेछन् । शुक्र र शनिवार भने अल्लिक ख्याल गर्नुपर्ने र जनव्यवहारमा संयमता अप्नाउनु पर्ने देखिएको छ । विवादको सम्भावना छ होसियारी अप्नाउनु होला । आकस्मिक लाभ हुनेछ भने मातृशक्तिको आर्शिवाद फापकर हुनेछ । यो साता तपाईले भगवान महावीर हनुमान र वि घ्न हर्ता श्रीगणेशको स्तुति आराधना तथा उपाशना गर्नु हितप्रद हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता