Logo

यो साता यी राशिहरुको हुँदैछ भाग्योदय !  कार्तिक २८ गते देखि मंसिर ४ गतेसम्मको राशिफल हेर्नुहोस्



 

मेषः ब्यापार ब्यवसायमा नाफाको सम्भाबना रहेकोले यो साता उत्तम देखिएको छ । अध्ययन अध्यापनमा समय मध्यम रहनेछ । साताको अन्त्यतिर भने सभासम्मेलनमा सरीकहुने अवसर प्राप्त रहनेछ । कला कौलशताको प्रयोगमा समय ब्यतित रहनेछ । योसाता आर्थिक क्षेत्रमा राम्रो प्रगति होला । साताको प्रारम्भमा आर्थिक क्षेत्रमा सामान्य समस्या आईपर्नेछ । देश परदेशको यात्राको सम्भाबना रहनेछ । गरीरहेको कार्यमा सामान्य समस्या उत्पन्न हुनाले कार्य ढिलाईको सम्भाबना रहनेछ । स्वास्थका क्षेत्रमा सामान्य खर्चको सम्भाबना रहेकोछ । नयाँ लगानि गर्नका निम्ती बिशेष राम्रो समय रहेकोछ ।

बृषः यो साताको प्रारम्भमा पुरानो लगानि उठाउन समय उत्तम रहनेछ साथै नयाँ कार्यको थालनिले मन प्रशन्न रहला । बिद्यार्थी बर्गका निम्ती समय राम्रो रहेकोछ । रचनात्मक कार्यमा जुट्नाले मानसम्मान प्राप्ती समेत रहनेछ । साजेदारीकार्यमा भने साबधानि अपनाउनु पर्नेछ । मंगलबार पश्चात भने पारीवारिक स्वास्थमा खर्च बढ्नाले आर्थिक स ङ्क टको सामनाको गर्नु पर्नेछ । गरीरहेको कार्यमा समेत समस्या उत्पन्न हुनाले मनमा खि न्न ता बोध हुनेछ । मित्रजनहरु सगँ सामान्य समस्या उत्पन्नहुन सक्नेछ । यात्राका क्रममा सामान्य चो ट पटकको सम्भाबना रहेकोले सजग रहनु होला ।

मिथुनः साताको प्रारम्भमा सामान्य अप्रिय खबरले मन चिन्तीत तुल्याउनेछ । गरीरहेको कार्य सम्पादनमा अधिक समय ब्यतति रहनेछ साथै कार्य सम्पादनको श्रेय समेत अन्य ब्यतिहरुले प्राप्त गर्नेछन् । भौतिक श्रोतसाधनको प्रयोग तथा खरिदको योग रहेकोछ । मान्यजनहरु पक्षमा देखापर्ने सम्भाबना रहेकोछ । मगंलबार पश्चातभने नयाँकार्यको थालनिले मन हर्षित रहेनछ । पुराना मित्रजनहरुको सहयोगमा आर्थिक क्षेत्र दरीलो बनाउन मद्दत पूग्नेछ । पठनपाठनमा लगाईएको समय महत्वपुर्ण रहनेछ । बिद्धान बर्गहरुसग समय बिताउने अवसर प्राप्त रहनेछ ।

कर्कटः यात्राकारक समय रहेकोछ । मित्रजनहरुको प्रशन्नताका निम्ती अधिक समय ब्यतित रहनेछ । कामकाजका क्षेत्रमा सामान्य सङ्घर्षका बावजुद पदोन्नतीको सम्भाबना रहनेछ । मु द्दा मामिलामा फ स्नु परेता पनि विजय आफ्नै हुनेछ । पुरानो लगानि उठाउन भने समय मध्यम रहनेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । भुमि तथा बाहान शुख प्राप्त रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ ।

सिंहः यो साताको प्रारम्भमा स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नजिकका मित्रजनहरु बाट धो का हुन सक्ने सम्भाबना रहेकोछ । गरीरहेको कार्य परीर्वतनको योग रहेकोछ साथै संचित रकम खर्चहुने सम्भाबना रहेकोछ । मान्यजनहरुको मार्गदर्शन अबलम्बन नगर्नाले सम्पादित कार्यहरु अपूर्ण रहनेछन ।मित्रजनहरुको अधिक सामीप्यता अहित साबित हुनेछ । तपाई द्वारा सम्पादित कार्यको श्रेय गैर ब्यतिहरुले सहजता पूर्णढंगमा प्राप्त गर्नाले कार्य प्रति शारिरीक आलस्यता छाउनेछ । मनोरञ्जनपुर्ण यात्राको समय रहेकोछ ।

कन्याः ब्यापार ब्यवसायमा समय उत्तम रहनेछ । नयाँकार्यको थालनिका निम्ती पारीवारिक साथसहयोग उत्तम रहेनेछ । दाम्पत्य जीवन भने सामान्य विवादीत हुन सक्नेछ । अल्छिका कारण गरीरहेको कार्यमा ढिलाईको योग रहेनछ । स्थान परिर्वतनको सम्भाबना समेत रहेकोछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । हरकसैको पुर्ण बिश्वास गर्नाले कार्य सम्पादनमा सामान्य समस्या देखा पर्नेछ । बाणीका कारण आफन्तजनहरु सग सामान्य समस्या देखा पर्नेछ ।

तुलाः साताको प्रारम्भमा रोकिएर रहेको कार्यहरु सुचारु गर्नाले उत्तम प्रतिफल प्राप्त रहनेछ । सामाजिक कार्यको क्षेत्रमा जुट्नाले उत्तम प्रतिफल प्राप्त रहनेछ । प्रतिश्पर्दाजन्य कार्यमा अब्बल स्थान प्राप्त रहेन योग रहेकोछ । देश प्रदेशको यात्राको योग रहनेछ । ब्यापार ब्यवसायमा नयाँ लगानि उत्तम रहनेछ । सभासम्मेलनमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । दाम्पत्य जीवनमा रहेको उतार चढाब कम भई सुधार रहनेछ । पारीवारिक साथ सहयोग द्वारा अधुराकार्यहरु सम्पादित गर्न समय उत्तम रहेनछ ।

बृश्चिकः अध्ययन अध्यापनका निम्ती उत्तम समय रहेकोछ । रचनात्मक कार्यको क्षेत्रबाट बौद्धिक ब्यत्तित्वहरुको मन जित्न सफल रहिनेछ । आफुभन्दा साना हरुसगँ मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नाले मन हर्षित रहनेछ । शुभचिन्तकहरुको साथसहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । परीवारका सदस्यहरुबाट टाढा भएको महसुस रहनेछ । पुरानो लगानि उठाउन समयले साथ दिनेछ । ब्यापार ब्यवसायमा भने सामान्य घाटाको सामना गर्नुपर्ने समय रहेकोछ ।

धनुः पारीवारिक मनोरञ्जनका निम्ती समय ब्यतित रहनेछ । भौतिक श्रोतसाधन खरिद गर्ने बिशेष समय रहेकोछ । सभासम्मेलन जन्यकार्यमा सहभागीताको योग बन्नेछ । मान्यजनहरुको स्वास्थका क्षेत्रमा भने सामान्य समस्या देखापर्ने सम्भाबना रहेकोछ । कला कौशलको प्रयोगमा आम्दानिका श्रोतहरु सबल तुल्याउन सकिने योग रहेकोछ । अध्ययन अध्यापनका निम्ती निकै राम्रो समय रहेकोछ । नयाँकार्यको थालनि पछिको आम्दानिको श्रोत बन्नेछ । पुराना मित्रजनहरुसगँको भेटघाटले मन प्रशन्न रहनेछ ।

मकरः साताको प्रारम्भ उत्तम रहनेछ मित्रजनहरुको साथसहयोग मनग्य प्राप्त रहनेछ । अधुराकार्यहरु सहजतापूर्ण ढगंमा सम्पादित रहनेछन । मनोरञ्जनमुलक यात्राको योग रहेनछ । बलतथा पराक्रममा बृद्धिहुनेछ । सामान्य अहमताले कार्य क्षेत्रमा एक्लोपन तुल्याउनेछ । पारीवारिक झोर झमेलाको सामना गर्नुपर्ने समय रहेकोछ । सवारी साधनको प्रयोगमा साबधानि अपनाउनु होला । स्थीर क्षेत्रमा लगानि लगाउने समय रहकोछ । कार्यक्षेत्रमा लगन शिलताका कारण मान्यजनहरुलाइ प्रशन्न बनाउन सकिनेछ ।

कुम्भः बाणीका कारण आफन्तजनहरु सग सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँ क्षेत्रमा लगाईएको लगानिको प्रतिफल प्राप्त गर्न केहि समय पर्खनु पर्नेछ । भोज भतेर जन्यकार्यहरुमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । मित्रजनहरुको साथ सहयोगमा जटिलकार्यहरु सम्पादित रहनेछन । मनोरञ्जनमुलक यात्राको योग रहनेछ । मान्यजनहरुको मार्गदर्शन अबलम्बन गर्नाले दिर्घकालिन आम्दानीका श्रोतहरु फेला पर्नेछन् । कार्य सम्पादनको श्रेय अन्यब्यतिहरुले प्राप्त गर्नाले अल्छी उत्पन्न हुनेछ ।

मीनः पारिवारीक साथ सहयोगद्वारा अधुरा कार्यहरु सम्पादित रहनेछन । ब्यापार ब्यवसायका क्षेत्रमा उत्तम समय रहेकोछ । कार्यक्षेत्रमा लगाईएको लगनशिलताका कारण आफन्तजनहरुको मनजित्न सकिनेछ । अध्ययन अध्यापनमा रुचि बढ्नेछ । प्रेममा प्रगाढता छाउने समय रहेकोछ । मगंलबार पश्चातभने स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । आफन्तजनहरु तपाईको निर्णयसँग सहमत नहुने सम्भावना रहेको छ । अरुको बिश्वासमा कुनैपनिकार्य नसुम्पिनु होला अन्यथा ब्यबाहारीक समस्या आउने सम्भाबना रहेकोछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता