Logo

के तपाईको जीवनमा साढे सातको सनि दशा छरु यस्तो गर्नुहोस् उपाय, तत्काल मिल्नेछ लाभ



 

साढे सातको दशा भन्ने वित्तिकै हाम्रो मनमा भयको अनुभव हुन्छ । तर यसको निवारण गर्ने उपाय पनि छ । शनिको साढे सातको दशा कसैमा एक पटक देखा परेमा यसले निकै ठुलो क्षति पुर्‍याउने ज्योतिषशास्त्रीहरु बताउँछन् । बिरलैलाई मात्र यसले लाभ गर्छ । त्यसैले शनिको साढे सात दशाको दोष निवारण गर्न विभिन्न शास्त्रीय विधि अपनाउनुपर्छ । यदि तपाईमा पनि साढे सातको दशा चलेको छ भने त्यसको दोष देखिने ज्योतिष शास्त्रीहरु बताउँछन् ।

ज्योतिषका अनुसार हरेक व्यक्तिको जीवनलाई सौर प्रणालीको विभिन्न ग्रहले प्रभावित गर्छन्। यी ग्रहको कारणले मानिसको जीवनमा राम्रो समय नि आउन सक्छ नराम्रो समयनि आउन सक्छ। यदि खाटमुनि केहि बिशेष चिज राखियो भने जसको पनि नरम्रो समय टाढा हुनसक्छ । आज हामी तपाइलाई यस्तै केहि उपाय बताउन जाँदै छौ। यदि कुण्डलीमा सुर्यको नराम्रो प्रभाब छ भने खाटमुनी तामाको भाँडोमा पानि राख्नुस वा सिरानीमुनि रातो चन्दन राख्नुस। चन्द्रको कारणले जीवनमा समस्या आइरहेको छ भने खाटमुनी चाँदीको भाँडोमा पानि वा चाँदीको गहना राख्नुस। मंगलले गर्दा समस्या भैरहेको छ ।

भने सिसाको भाँडोमा खाटमुनी पानि राख्नुस् वा सुन चाँदीको गहना सिरानी मुनि राख्नुस् । बुधको कारणले तपाइको जीवनमा समस्या आइरहेको छ भने सिरानीमुनि सुनका गहना राखेर सुत्नुस। गुरुको कारणले कुनै काममा बाधा आइरहेको छ भने बेसारको केहि गाँठा पहेलो कपडामा बाँधेर सिरानी मुनि राख्नुस। शुक्रको शान्तिको लागी चाँदीको माछा बनाएर सिरानी मुनि राख्नुस वा चाँदीको भाँडोमा पानि हालेर खाटमुनी राख्नुस। यदि शनिको कारणले जीवनमा समस्या आइरहेको छ भने फालामको भाँडोमा पानि हालेर खाटमुनी राख्नुस।

शनिवार शनिग्रहको रूप मानिने शनि देवताको वार हो । । हिन्दु धर्म अनुसार शनिबारकी माता कालीमाता हुन् । अझ शनिदेवलाई न्यायको देवता मानिन्छ । धर्मशास्त्र अनुसार, यदि कुनै व्यक्तिको कुण्डलीमा शनिदोष छ भने त्यस्ता व्यक्तिले शनिबारको दिन भोजन गर्दा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । के छ त शनिवारको विशेषतारु

शनिवार दूध अथवा दही सेवन गर्दै हुनुहुन्छ भने खाली दुध अथवा दहीमात्र सेवन नगर्नुहोस् । त्यसमा थोरै गुड अथवा चिनि मिसाएर खानुहोला । धर्मशास्त्र अनुसार, शनि देवलेसादा दूध र दही फिटिक्कै मन पराउँदैनन् । रातो खुर्सानी पनि शनिदेवलाई मन पर्दैन त्यसैले शनिवारको दिन रातो खुर्सानी प्रयोग नगर्नुहोस् । शनिवारको मुसुरोको दाल खानबाट पनि बच्नुहोस् । सनिवारको दिन आँपको अचार खाने त के सम्झदा पनि नसम्झनुहोस् । किनकी आँपको सेवन शनिदेवलाई मन पर्दैन ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता