Logo

यस्तो छ तपाईको सोमबारको भाग्य ? असोज १८ गतेको राशिफल हेर्नुहोस्



 

मेषः सामाजिक काम गरी ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । व्यावसायमा लगानीका प्रस्ताव आउने तथा मनग्गे धन आर्जन गर्न सकिने हुनाले जीवन शैलिमा परिवर्तन हुनेछ । पढाइमा मन जानेछ भने पढाइकै सवालवा लामो दुरीको यात्राको तय हुनेछ । माया प्रेम सही भएर जानेछ । कृषी तथा पशुपालन क्षेत्रमा लगानी बढाई आम्दानी वढाउन सकिनेछ ।

वृषः व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले परिणाममुखी काम गर्न सकिनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा रुची बढ्नेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहानेहरुका लागी समय उत्तम रहेकोछ । आत्मविस्वास बढ्ने हुनाले लक्ष्य पहिल्याउन सकिनेछ ।

मिथुनः खानपान तथा मौसमको ख्याल नगर्नाले स्वास्थ्यमा समस्या आउन सक्छ । कार्यक्षेत्रमा आलोचना गर्नेहरु बढ्ने तथा काम बिग्रने भएले सताउनेछ । व्यापार व्यावसायमा मन्दी आउने तथा आम्दानी घट्नाले दैनिकी प्रभावित हुनेछ । पढाइ लेखाइमा मन नजानाले नतिजा आफुतिर ल्याउन मुस्किल पर्नेछ । प्रेममा धोका हुन सक्छ ध्यान दिनुहोला ।

कर्कटः भौतिक सम्पती तथा ब्राण्डेड बस्तुको व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । शैक्षिक तथा व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । नयाँ काम पाउने तथा गरीरहेको काममा बढुवा हुनेछ । अध्ययनमा सहजै सफलता हात पार्न सकिनेछ । माया प्रेम राम्रै भएर जानेछ भने जीवन साथीको सहयोग पाईनेछ ।

सिंहः प्रियजन भेट हुनुको साथै आथित्यपूर्ण सम्मान पाईनेछ । पढ्ने लेख्ने काममा सफलता हात पार्न सकिनेछ भने अध्ययनकै लागी यात्राको तय गर्न सकिनेछ । वादविवाद तथा न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । नोकरीमा पदोन्नती तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो योग रहेकोछ । खर्च बढे पनि उपलव्धी मुलक कामहरु हुनेछन् ।

कन्या ः राम्रा काम गरी अरुको विस्वास जित्न सकिनेछ भने पुरुषार्थी काम गरी नतिजा आफैतिर पार्न सकिनेछ । नयाँ प्रविधीको प्रयोग मार्फत आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनार लगाउदै विजय भईनेछ । आफन्त तथा मामापक्षबाट भनेजस्तो सहयोग पाईनाले मन प्रशन्न रहनेछ । खर्च बढेपनि राम्रा काम गर्दै अगाडी बढ्न सकिनेछ ।

तुलाः व्यापार व्यावसायमा भनेजस्तो आम्दानी गर्न सकिनेछ । कृषि, सहकारी तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्यको दृष्टिकोणले समय प्रतिकुल रहेपनि राम्रा काम गर्न सकिनेछ । आफन्त तथा आमासँग सामान्य मनमुटाव सिर्जना हुनेछ भने लामो दुरिको यात्राको तय हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा टाडिनु पर्ने बाध्यता हुनेछ ।

वृश्चिकः उद्योग तथा व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । खेदकुद तथा पराक्रमी क्रिर्याकलापमा भाग लिनेहरुका लागी समयले साथ दिनेछ भने चाहेको उपलव्धी हासिल गर्न सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । दाजुभाई तथा छिमेकीको साथ पाईनेछ । लेखन तथा साहित्यमा रुची बड्नेछ ।

धनुः बोलीको प्रभाव बढ्ने तथा बोलेरै धेरै रुपैया पैसा कमाउन सकिनेछ । मेहनेतले प्रतिस्पर्धी हरुलाई जित्न सकिनेछ भने अध्ययनमा सफलता हात पार्न सकिनेछ । सत्रु तथा बैरभाव राख्नेहरु कमजोर हुनेछन् । छोटो दुरिको रमाईलो यात्राको तय गर्न सकिनेछ । लेखन तथा साहित्यको क्षेत्रमा समय लगानी गर्नेहरुका लागी समय फलदायी रहनेछ ।

मकरः समाजसेवा तथा राजनीतिमा समय व्यातित गर्नेहरुका लागी समय मध्ययम रहेकोले समर्थन भन्दा आलोचना सहनु पर्नेछ । व्यापारमा मन्दी आउने तथा खर्च धान्न अलि गाह्रो पर्नेछ । तरपनि सुचना प्रविधिको प्रयोग मार्फत राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । अध्ययनकै शिलशिलामा यात्रा गर्न सकिनेछ तथा अली बढी समय दिए राम्रो नतिजा हात पार्न सकिनेछ ।

कुम्भः महत्वकांक्षी तथा ठुला योजनाहरु तत्काल सुरु नगर्नु नै राम्रो हुनेछ । स्वास्थ्यमा आउने समस्याका कारण काम गर्न असजिलो हुनेछ । अनाबस्यक काम तथा यात्रा नगर्नु नै राम्रो रहेकोछ, नराम्रा घट्नाहरु हुन सक्छन् । नियम तो डे र कुनै पनि काम नगर्नुहोला सजाए भोग्नु पर्नेछ । तरपनि लामो दुरिको बिदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ भने बिदेशमा बसेर पेशा व्यावासाय गर्नेहरुले मनग्गे आम्दानी गर्न सक्नेछन् ।

मीनः ईमान्दार तथा लगनशिल भएर लाग्नाले समाजमा राम्रा काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गरी सबैको ध्यान केन्द्रित गर्न सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ भने शिक्षा क्षेत्र तथा वित्तीय क्षेत्रमा समय लगानी गर्नेहरुका लागी समय फलदायी रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता