Logo

मङ्गलबारको दिन कुन राशि हुनेहरु रहलान् भाग्यशाली ?  भदौ २९ गतेको राशिफल हेर्नुहोस्



 

मेषः आजको दिन अति उत्तम रहेकाले अहिलेसम्मको ऋण, रोग तथा शत्रुलाई बिजय गर्दै अगाडि बढन् सकिनेछ । साथीभाई तथा ईष्टमित्रबाट सहयोग पाईने हुनाले व्यवसायमा लगानी बढाई आम्दानी गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । पढाई लेखाईमा मन जाने तथा थोरै समय दिँदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । मामा तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । यहाँको दिन शुभ रहोस् ।

वृषः दिन उत्तम भएपनि पढाई लेखाईमा आफ्नै कारणले कमजोरि गरेको भान हुनेछ । व्यापारमा प्रशस्त समय दिएमात्र आम्दानी बढाउन सकिनेछ । भौतिक सम्पत्ति तथा उपहार प्राप्तीको योग रहेपनि टरेर जानेछ । तर पनि मिहेनत गर्दा ईज्जत प्रतिष्ठामा वृद्धि गर्न सकिनेछ । सन्तान तथा आफन्तको सहयोग लिएर काम गर्नुहोला गन्तव्य पहिल्याउन सहज हुनेछ । यहाँको दिन शुभ रहोस् ।

मिथुनः एक सुखद समाचारबाट दिनको सुरुवात हुनेछ । घरजग्गा तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । आमा तथा आफन्तसँग मनमुटाव सिर्जना नहोला भन्न सकिन्न । व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोला केहि समय पर्खनु नै राम्रो हुनेछ । माया प्रेममा धो का तथा शंका बढ्नेछ । राजनीति तथा समाजसेवी हरुका लागी समय मध्ययम रहेको छ । बिहानको समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ । यहाँको दिन शुभ रहोस् ।

कर्कटः यहाँको आजको दिन शुभ रहेको छ । आँट शाहस तथा पराक्रममा वृद्धि भएर जाने हुनाले पुरुषार्थि काम गरेर नाम तथा दाम दुबै कमाउन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । उद्योग तथा उत्पादन मुलक क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । लेखन, कला तथा साहित्यको क्षेत्रमा कलम चलाउनेहरुका लागि समय फलदायी रहेको छ । प्रेममा सामिप्यता बढेर जानेछ । यहाँको दिन शुभ रहोस् ।

सिंहः साँझ पख आजको दिन शुभ भएको महसुस हुुनेछ । बोल्ने कुरामा ध्यान नजादा आलोचनाको शि का र होईनेछ । कार्यक्षेत्रका कुरा का ट्ने तथा खुट्टा ता न्नेहरु सक्रिय हुनेछन् । खानपानमा ध्यान दिनुहोला समय मध्यम रहेको छ । कुटुम्ब तथा आफन्तसँग घरायसी कुरामा राय बाजिनेछ । प्रेममा अविस्वास सिर्जना हुनेछ । गीत संगीतको क्षेत्रमा लाग्नेहरुका लागि समयले साथ दिनेछ । बिहानको समय राम्रो रहेकोले व्यापारमा वृद्धि हुने तथा आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ ।

कन्याः एक राम्रो खबरबाट दिनको सुरुवात हुनेछ । विशेष अवसरमा आकर्षक उपहार प्राप्त हुनेछ । व्यापार व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने नयाँ लगानिको अवसर आउनेछ । ईमान्दारिता र मेहनेतले आत्म विश्वासमा वृद्धि हुनेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले ज्ञानको भण्डार बढ्नेछ । प्रेममय वातावरणमा समय व्यातित गर्न पाउदा मन हर्षित हुनेछ । बिहानको समयमा यात्रा हुने योग रहेकोछ । यहाँको दिन शुभ रहोस् ।

तुलाः आजको दिन सुखद रहने छ । बिहानको समय राम्रो रहेकोले नोकरी तथा कार्यक्षेत्रमा तपाईको प्रस्तुती गहन हुनेछ । व्यवसाय फस्टाएर जाने तथा आर्थिक अवस्थामा सुदृढ हुनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैँतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई कामहरु प्रभावित हुनेछन् । तर पनि लामो दुरिको यात्राको प्रशस्त सम्भावना रहेको छ । यहाँको दिन शुभ रहोस् ।

वृश्चिकः बिहानै राम्रो समाचार सुनिनेछ । आम्दानीका बिभिन्न स्रोतहरु फेला पार्न सकिनेछ । सानो पुँजीबाट व्यापार शुरु गरी मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुले नयाँ ठाउँको भ्रमण गरी दिनलाई फलदायी बनाउँनेछन् । अध्ययनमा थोरै मिहेनतले राम्रो सफलता हात पार्न सकिनेछ । अग्रजहरुको धन तथा सम्पत्तिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । यहाँको दिन शुभ रहोस् ।

धनुः दिन अत्यन्तै राम्रो छ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ भने कार्यक्षेत्रमा तारिफ योग्य काम गरी लोकप्रियता कमाउन सकिनेछ । शिक्षामा भनेजस्तो नतिजा हात पार्न सकिने हुनाले प्रतिस्पर्धीहरु किनारा लाग्नेछन् । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ । नयाँ काम पाउने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेको छ । यहाँको दिन शुभ रहोस् ।

मकरः कोरोनाको समयमा आफ्नो काममा अरुले हस्तक्षेप गर्न सक्छन् ध्यान दिनुहोला । जीवनशैली व्यस्त रहेपनि न्यून उपलब्धीमा चित्त बुझाउनु पर्ला । पढाई लेखाईमा ध्यान नजाँदा अरुभन्दा पछि परिनेछ । माया प्रेममा धो का तथा अविश्वास बढ्नेछ । राजनीति तथा समाजसेवामा काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरु वा खुट्टा ता न्नेहरु हाबी हुनेछन् । कष्टकर धार्मिक यात्रा हुनेछ । स्वास्थ्यको ख्याल गर्नुहोला । यहाँको दिन शुभ रहोस् ।

कुम्भः बिहिबारको दिन शुभ रहने छ । ब्यापारमा लगानी गरेपनि तत्काल फाईदा हुनेछैन । आफ्नो काममा भन्दापनि अरुकै काममा समय व्यतित हुनेछ । महत्वकांक्षी योजनाहरु पूरा गर्न निकै संघर्ष गर्नुपर्नेछ । आफन्त तथा घरपरिवारका सदस्यहरुसँग राय बाजिनेछ । माया प्रेममा धो का तथा विस्वास घात हुनेछ । बिहानको समय राम्रो रहेकोले पढाई लेखाईमा मन जानेछ । यहाँको दिन शुभ रहोस् ।

मीनः दिन अत्यन्तै राम्रो छ । व्यापार भावमा गोचर गर्ने चन्द्रमाले व्यवसायमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा राज्यको नजिक बसेर काम गर्नेहरुका लागि समय उत्तम रहेको छ । अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबीच मायाको डो रो क सि ने छ । कृतिमानी काम गरी नाम कमाउन सकिनेछ । यहाँको दिन शुभ रहोस् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता