Logo

‘चीनले नेपाली भूमि अतिक्रमण गरेको छ भने संघीय सरकारले सम्वाद गरेर फिर्ता ल्याउनुपर्छ’ : मुख्यमन्त्री शाही



कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले चीनले नेपाली भूभाग मिचेको भन्ने कुरा बाहिर आएको सुनाउँदै यसमा संघीय सरकारले छानबिन गर्नुपर्ने र चीनसँग सम्वाद गरेर यदि मिचिएको छ भने फिर्ता ल्याउनुपर्ने बताएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् ।

उनले भने,‘त्यहाँबाट निर्वाचित प्रदेश सांसद जीवन बहादुर शाहीले धेरै ठाउँमा ईन्टरभ्यु दिएको कुरा मैले सुनेको छु । उहाँ आँफै पनि त्यहाँ गएर भिजिट गरेर आएको फोटो मैले देखेको छु । यसका बारेमा बोल्ने वा नबोल्ने भन्दापनि नेपालको भूमि अतिक्रमण हुन दिनुहुँदैन् । नेपालको एक ईन्च भूमि पनि अतिक्रमण हुन दिनुहुँदैन् । यसमा हाम्रो भूमि कहीँ कतै दायाँ बायाँ भएको छ भने हाम्रो भूमि फिर्ता गर्न हामी लाग्नुपर्छ । कुनै राष्टले हाम्रो भूमि अतिक्रमण गर्छ भने हामी कसैलाई पनि यो स्विकार्य हुँदैन् । आफ्नो भूमि रक्षाको लागि हामीले आवश्यक पहलकदमी चाल्छौं ।’

अन्तर्राष्ट्रिय सिमाको कार्यक्षेत्र संघीय सरकारको भएको उल्लेख गर्दै मुख्यमन्त्री शाहीले भने,‘संघीय सरकराले यसको बारेमा अध्ययन गर्नुपर्छ । अतिक्रमण भएको छ भने दुई पक्षबीच (चीन) सँग सम्वाद अघि बढाउनुपर्छ । नेपाली भूमि फिर्ता ल्याउनुर्पर्छ ।’ उनले आफ्नो दुई वर्षको कार्यकालमा कति सफल वा असफल भन्ने कुरा त्यो जनताले भन्ने हो ।”

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता